माघ १२ २०७७   |  2021 Jan 25    


नेपालमा कोरोना संक्रमणबाट १८ सय १६ जनाको मृत्यु


news

नेपालमा पछिल्लो २४ घन्टामा ६ सय ८ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार १ सय ४२ जनाको पिसिआर परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।

शुक्रवार आठ जना संक्रमितको मृत्यु भएको छ । यो सँगै कोरोनाबाट मृत्यु हुनेको कूल संख्या १ हजार ८ सय १६ पुगेको छ ।

हालसम्म नेपालमा कूल संक्रमित संख्या २ लाख ५७ हजार २ सय पुगेको छ । हाल देशभर ७ हजार ९२ जना संक्रिय संक्रमित रहेका छन् ।

यस्तै शुक्रबार ८ सय ९२ जनाले कोरोना जितेका छन् । यो सँगै नेपालमा कोरोना मुक्त हुनेको कूल संख्या २ लाख ४८ हजार २ सय ९२ रहेको छ ।

यो कूल संक्रमित मध्ये निको हुने ९६.५ प्रतिशत हो । सार्क राष्ट्रमा कोरोना मुक्त हुने दरमा नेपाल पहिलो स्थानमा छ ।

हाल ३ सय ६९ जना क्वारेन्टाइनमा रहेका छन् ।

अपडेट : 2020-12-25 17:44:58




your-image

Leave a Comment