आषाढ ७ २०७८   |  2021 Jun 21    


बुटवलका कुशल मल्ल टी–१० लिगका लागि छनोट


news

नेपाली राष्ट्रिय टोलीका तीन खेलाडी टी–१० लिगका लागि छनोट भएका छन्।

युएईमा जनवरी २८ देखि सुरु हुने टी–१० लिगको चौथो संस्करणका लागि सोमपाल कामी, करन केसी र कुशल मल्ल छनोट भएका हुन्।

एउटै विदेशी लिगमा तीन नेपाली खेलाडी छनोट भएको यो पहिलो पटक हो। यसअघि गतसंस्करणको ग्लोबल टी–२० लिग क्यानडामा सोमपाल कामी र सन्दीप लामिछाने र गतसंस्करणको टी–१० लिगमा पारस खड्का र लामिछाने छनोट भएका थिए।

सोमपाललाई मराठा अरबियन्सले, करन केसीलाई पुने डेभिल्स र कुशल मल्ललाई अबुधाबीले आफ्नो टोलीमा अनुबन्ध गरेका छन्।

कुशल र करन विदेशी लिग खेल्न छनोट भएको यो पहिलो पटक हो। मल्ल बुटवल देवीनगरका हुन् । 

सन्दीप बीबीएलमा व्यस्त हुने भएकाले उनी अनुबन्ध भएका छैनन् ।

पारसलाई भने अबुधाबीले खेलाडीको रुपमा नभइ मेन्टरका रुपमा अनुबन्ध गरेको छ।

 

अपडेट : 2020-12-24 11:17:34




your-image

Leave a Comment