आश्विन ७ २०७८   |  2021 Sep 23    


८० लाखमा एकता सहकारीको भवन बन्दै


news

बुटवलमा रहेको एकता वचत तथा ऋण सहकारी संस्थाको नयाँ भवन बन्ने भएको छ । सहकारीले बुटवल ६ बुद्धपथमा रहेको आफनो पुरानो भवन भत्काइ नयाँ भवन बनाउन लागेको हो ।
एक कार्यक्रमका बीच सहकारीका अध्यक्ष शुक्र बस्याल र उपाध्यक्ष लिलाधर लुइटेलले शहकारी भवनको शिलान्यास गरेका छन् । छ महिनामा सक्ने गरी भवन निर्माणको काम शुरु भएको सहकारीका अध्यक्ष बस्यालले बताए । उनका अनुसार सहकारीले बुटवल उपमहानगरपालिकाबाट नक्शा पास गराई भवन निर्माणको प्रक्रिया अगाडी बढाएको हो ।


८० लाख लागतमा बन्ने भवन दुइ तलाको हुने सस्थाका सचिव विष्णुप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार सहकारीको २८ करोडको कारोबार रहेको र शेयर पुजी ३ करोड रहेको छ । २०५४ सालमा स्थापना भएको उक्त सहकारीमा १ हजार १ सय शेयर सदस्य रहेका छन् ।

अपडेट : 2020-12-04 17:18:37




your-image

Leave a Comment