चैत्र २९ २०७७   |  2021 Apr 11    


बोयर बोकाबाट क्रस गराएर उन्नत जातको बोका–बाख्रा


news

रूपन्देहीको तिलोतमा नगरपालिका बडा नम्बर ६ हरपुरका खरेल परीवारले आधुनिक उन्नत जातको बोयर बाख्रा पालन शुरू गकेका छन् ।

कुखुरा माछाको ब्यवसायिक रूपमा उत्पादन तथा बिक्री गर्दै आएका खरेल परिवारले पछिल्लो २ बष देखि बाख्रा पालन शुरू गरेका हुन् । आधुनिक बाख्रापालनबाट आम्दानी गर्न सकिने सम्भावना देखिएपछि उन्नतजातको बाख्रा पालन शुरू गरेको उनीहरूको भनाई छ ।

बिदेशबाट उन्नत जातको बोयर बोका मगाएर नेपालमा नै क्रस गराएर धेरै भन्दा धेरै उत्पादन गन सकिने भन्दै बोयर जातको केही बोका र ब्राखा खरीद गरेर ब्यबसायी रूपमा बाख्रा पालन सुरू गरेको सन्चालक नेत्र खरेलले बताए । नेपालमा उत्पादन हुने बोका बाख्रा भन्दा धेरै तौल हुने र हुकाउन धेरै समय नलाग्ने हुदा बोयर जातको बाख्रा पालन शुरू रहेको खरेलले बताए ।

नेपाली बाख्रा धेरै पाल्नु भन्दा यो उनतजातको थोरै पाल्दा समेत धेरै आमदानी गन सकिने सम्भावना देखिएकोे उनको भनाई छ । खरेल कृर्षि फमका सन्चालकहरू यतिवेला विदेशी बोकाबाट नेपाली बाख्राहरूलाई क्रस गराएर उन्नतजातको खसी बोका बाख्रा उत्पादन गरिरहेका छन् । उनले ३ लाख बराबरका ३ अ‍ोटा बोयर बोका खरीद गरेका छन् ।

क्रस प्रबिधी सफल भए नेपालमा खसी बोकाको उत्पादन ह्वात्तै बढने उनले बताए । नेपाली बाख्रा भने उनले कपिलवस्तुबाट खरिद गरि ल्याएका छन् । करीब २ विगाहा क्षेत्रफल रहेको जग्गामा आधुनिक खोरमा १५० बाख्रा छन् । बाख्रा पालनका लागि करिब एक करोड़ २० लाख गरेको उनले बताए ।

अपडेट : 2020-11-24 11:31:27




your-image

Leave a Comment