मंसिर १८ २०७७   |  2020 Dec 03    


राजधानीमा जे भोगियो


news

यसपटक (०७७) को हाम्रो तिहारको टिका लुम्बिनी प्रदेशको राजधानी जिल्लाको तुलसीपुर उपमहानगरपालिकामा सम्पन्न भयो । हामी दुई भाइ बुटवलमा खाना खाएर उता लाग्यौँ टिकाको अघिल्लो दिन । लोकराजको बुढो कारले हामीलाई दौडाइरहेको थियो । कपिलबस्तुको सीमानासम्म बाटो खासै खराव थिएन । जब त्यहाँबाट पश्चिमतर्फ लागियो तुलनात्मक रुपमा बाटोको दुर्दशा हेर्र्ने लायकको थियो । कालाकाटे क्षेत्रको बाटो त यस्तो थियो कि गाडी तर्काउँदै लगिएन र त्यसमा सुत्केरी हुने महिला यात्री छन् भने उनीहरुको प्रशब गाडी भित्रै हुन सक्छ ।


राप्ती पुल देखि पश्चिम लमहीसम्म बाटो सन्तोषजनक छ । त्यहाँबाट दांगतिर छिरियो भने बाटोको दुर्दशा उस्तै छ । मुसोटको उकालोमा निकै पाउडर सेवन गरियो । धुलो नाक, आँखा कानले भुतुक्कै सेवन गर्यो । चौघेरा देखि फेरि सुरु भयो धुलाम्मे यात्रा । कटुवा खोलाको पुल अलपत्र छ । नापेर गाडी चलाउनु पर्छ । त्यसपछि तुलसीपुरसम्मै बाटो यति गए गुज्रेको छ कि पुरै त नभनौँ, ९० प्रतिशत सडकमा कालोपत्रे नै छैन । धन्न हाम्रो गाडीको टायर ट्युव पड्किएन । यहि (तुलसीपुर) उपमहानगरपालिका हाम्रा जेहेन्दार लुम्बिनी प्रदेशको मुख्य मन्त्रीको गृह जिल्ला पनि हो । निर्वाचन क्षेत्र हो । निर्वाचन घोषणापत्रमा सुमधुर आश्वासन दिइएको हो । आवागमनको कुनै असुुबिधा हुनेछैन भनेर त्यहाँ लेखिएको थियो । जनताले खोई कस्तो आशिष दिएहोलान् तिहार र दशैंमा उहाँलाई ?


तुलसीपुर पुग्दा हाम्रो शरीर यसरी थाकेको थियो कि कपडा फेर्ने जाँगर पनि हरायो । धारामा गएर दलीदली हात मुख धोएपछि बल्ल केही हलुका भयो । खाना खाइयो । त्यसपछि यस्तो निद्रा आयो कि मोवाइलको चार बजेको अलार्म पनि सुन्न सकिएनछ । भोलिपल्ट विहान जब मुख धुन लाग्दा नाक ठेँ.. गरियो त्यहाँबाट सिंगानको लेग्रा झर्न थाले । घोराही देखि तुलसीपुरसम्मको आरामदायी यात्राको उपहार थियो त्यो । सुविधाको यात्रालाई तीर्थ भनिँदैन भन्ने पुरानो मान्यता तुलसीपुरको यात्रामा भोगियो । त्यहि उपहार साथमा ल्याइएको छ । टाउको दुख्छ । खोकी लाग्छ । शरीर गहु््रंगो भएको छ । यी कुराहरु लेखिरहँदा पनि शरीरले अफ्ठेरो अनुभूति गरिरहेको छ ।


यत्ति कुरालाई अस्पतालमा जँचाउन जाने हो भने लौ कोराना पोजेटिभ देखियो, एकान्त बास बस्नुस्, कसैसँग छोइछिटो नगर्नुस् भनिदिन्छन् स्वस्थ्यकर्मीहरुले । अहिले त यो फेसनै भएको छ ।


दांग हाम्रो गृहजिल्ला त होइन, तर, हाम्रा दुइओटी चेलीको दांगमा घरबार बसेको छ । कान्छी दिदीको घर तुलसीपुरको खर्चवामा पर्छ । दिबंगत ठूली दिदीको घर सुनपुरमा पर्छ । आएको बेला भान्जाहरुको घरमा पसौँ भन्ने मन्सायले अचानक छिरियो । तर, दईओटा भान्जालाई मात्र भेट्न पाइयो । दांगकै तुलसीपुरदेखि केही पूर्व हेमन्तपुरमा बस्दै आएका सहपाठी भेषराज गौतमलाई पनि भेट्न पाइयो ।


हामीलाई भेट्ने साह्रै रहर थियो देउखुरी छोट्की सिसनिया बस्दै आएका प्युठानका छिमेकी दाजु डम्बरबहादुर बिष्टसँग । उहाँको र मेरो घरको दुरी एक हात पनि थिएन । हाम्रा हरेक सुखदुखमा सहभागी हुने ती दाजुलाई त्यहाँ पुगेर नभेटीकनै जानु हामीले अपराध गरेको ठहथ्र्यो । दाजु भाउजुको दर्शन गरेर खाना खान हामी बुटवल आइपुग्यौँ पौने ११ बजेतिर । घरमा आउँदा भान्जाले फलाएको एक थान बडेमानको फर्सी र सिसनियाबाट ल्याएको एकथान लौका (मेरो भागमा परेको) को यतिबेला तरकारी खाने काम भइरहेको छ ।


तुलसीपुर घोराही सडक खण्ड अहिलेको लागि त्यस्तो पाइएको हो । बाटो चौडा बनाउन फराकिलो बनाइँदै छ । केही बर्षमा त्यसले अब्बल रुप लिन सकोस् र भोलिका दिनमा सलल्ल गाडी बगाउन पाइयोस् । मुख्य मन्त्रीलाई यहि आग्रह गर्दछु ।

अपडेट : 2020-11-21 07:05:49




your-image

Leave a Comment