मंसिर १८ २०७७   |  2020 Dec 03    


राजधानीमा छैन, स्वास्थ्य सेवा


news

राप्ति गाँउपालिका १ भालुवाङका स्थानीयवासी स्वास्थ्य सेवावाट बञ्चित छन् । भालुवाङमा एउटा स्वास्थ्य चौकी र केही औषधी पसल वाहेक अस्पतालहरु छैनन् । स्वास्थ्य चौकीमा सामान्य रोगको उपचार हुनेगरेपनि अन्य उपचारका लागी बुटवल जानुपर्ने बाध्यता भालुवाङवासीलाई छ ।


विगत २० वर्षदेखी भालुवाङमा होटेल व्यवसाय गर्दै आउनुभएका तुईनारायण खनालका अनुसार स्थानीयहरु अहिले सम्म उपचारका लागी बुटवल जानेगरेका छन् । घोराही र तुलसीपुरमा ठुला अस्पतालहरु भएपनि भालुवाङवासी बुटवल नै जाने गरेको उनले बताए । “घोराही जादापनि ५० किलोमिटर जानुपर्छ, त्यहाँ उपचार सम्भव नभए फेरी नेपालगञ्ज जानुपर्ने भएकोले बुटवल नै जानेगरेका हौ” खनालले भने । बुटवलमा उपचारका लागी सजिलो भने नरहेको उनले बताए । “पैसा धेरै लाग्छ, जोहो गर्न गाह्रो हुन्छ, टाढा लैजादा बाटोमा नै ज्यान जान सक्छ, अव राजधानी भएपछि बन्छ की भन्ने आशा छ” खनालले भने । बस्ती बसेको लामो समय हुँदा पनि यहाँका स्थानीयले स्वास्थ्य सेवा नपाउदा दुखलागेको उनले बताए । २०५७ सालमा अर्घाखाँचीको ढाकावाङवाट वसाईसराई गरेर दाङको भालुवाङ आएका खानालले उपचारका लागी कयौपटक बुटवल गएको बताए । रोल्पा र प्युठानको प्रवेशद्धार र महेन्द्र राजमार्गको छेवैमा रहेको भालुवाङमा स्वास्थ्यसेवा नहुँदा एक सय १० किलोमिटरको दुरी पारगरेर बुटवलमा उपचार गर्न जानुपर्ने बाध्यता उनीहरुलाई छ ।


२०७५ सालदेखी स्थानीय सरकारले भालुवाङमा रहेको लालमटिया स्वास्थ्य चौकीको स्तर बृद्धि गरेर एमविविएस डाक्टरको व्यवस्था गरेपछि केही राहत महशुस गरेको स्थानिय शारदा गुरुङले बताईन् । सानो रोग लागेपनि बुटवल जानुपर्ने भालुवाङवासीलाई अहिले स्वास्थ्य चौकीमा डाक्टर भएपछि केही सजिलो भएको उनले बताईन् । “स्थानीय सरकार आएपछि नहुनुभन्दा त धेरै भएको छ तर, सानो भएपनि अस्पताल नै भईदिए राम्रो हुन्थ्यो” गुरुङले भनिन् । स्वास्थ्य क्षेत्रको लागी गाँउपालिकाको वजेटले गर्नसकेको स्तरोन्नती गरीरहेको वडा नं १ का अध्यक्ष ताराबहादुर डिसीले बताए । अहेव र अनमीको भरमा रहेको स्वास्थ्यचौकीलाई अहिले डाक्टरको व्यवस्था गरेको उनले बताए । “ल्याव र भिडियो एक्सरे सेवा पनि भर्खरै थपेका छौ, यो भन्दा धेरै गर्न त प्रदेश र संघिय सरकारले बजेटको व्यवस्था गर्नुपर्छ” अध्यक्ष डिसीले भने । सवैको नजर परेरपनि उपेक्षामा रहेको भालुवाङमा प्रदेशको राजधानी घोषणाले न्यायगरेको उनको भनाई छ । दाङको उपनिवेशको रुपमा रहेको भालुवाङमा राजधानीका संरचना बन्दा विकाशले गति लिनेमा स्थानीयको अपेक्षा रहेको छ ।


राप्ति गाँउपालिकामा मात्रै ४० हजार जनसंख्या छ । त्यस्तै नजिकको शितगंगा नगरपालिकाको वडा नं ८, ९, गढवा गाँउपालीकाको १, २ र प्युठानको सरुमारानी गाँउपालिकाको मुख्य बजारको रुपमा भालुवाङ रहेको छ । लुम्विनी प्रदेश सरकारले दाङको भालुवाङ राजधानी घोषणा गरेपछि विकाशले फड्को मार्ने आशामा स्थानीयहरु रहेका छन् । भालुवाङमै नभएपनि २७ किलोमिटरमा रहेको लमहीमा भर्खरै प्रदेश सरकारले ट्रमा सेन्टर खोल्न टेन्डर खोलेको छ ।

अपडेट : 2020-11-10 17:45:57




your-image

Leave a Comment