मंसिर १८ २०७७   |  2020 Dec 03    


बा, यसपालिको दसैँ स्मृतिमा बित्ने भो !


news

आदरणीय बा, ढोग टक्राए ।

आमालाई प्रणाम ।

यहाँ हामी आराम छौ । देवतासँग हजुरहरुको सुस्वास्थ्यको कामना गरी बसेका छौँ ।

आज पत्र कोर्न मन लाग्यो ।

प्रसङ्ग दसैँ रहेको छ ।

असोज महिना लागेदेखि नै दसैँको स्मरण मानसपटलमा आइरहेको छ ।

असोज महिनामा प्रायः दसैँ पर्ने हो ।यसपाली मलमासले कात्तिकमा पुराएको छ । जहिले परे पनि खुसी लिएर आउने दसैँ यस वर्ष त्यसो हुन सकेन । दसैँले परम्परागत रुपमा सबैलाई जुट्ने अवसर सिर्जना गथ्र्यो । तर यसपाली छुटाउने निश्चित छ । जोजहाँ छ त्यही दसैँ मनाउनुपर्ने हुनसक्छ । विश्वव्यापी रुपमा फैलीएको काभिड–१९को संक्रमणको त्रासले यस्तो नियती सिर्जना गरेको हो ।


यदि सामान्य अवस्था हुन्थ्यो भने यति बेला देश विदेशबाट नेपालीहरु आफ्नो जन्मघर फर्कने क्रम शुरु भइसक्थ्यो । गाउँतिरको रौनक नै भिन्दै हुन्थ्यो । त्यसैगरी घरहरु सजावट गर्न, गोरेटा बाटाहरु सरसफाइ गर्न, दाउराको चिरपट बनाउने कामचलेको हुन्थ्यो ।सबैले आफ्नो औकात अनुसार दसैँको लागि सरदम जोड दाम गर्न यताउता दौडधुप गरेकाहुन्थे । बालबच्चालाई लत्ताकपडा किनिदिन शुरु हुन्थ्यो । पीङ्हरु तयार पार्ने सरदम जुटाउने काम शुरु भइसकेको हुन्थ्यो ।


बा, दसैँ त आयो । तर यसपाली कोरोनाका कारण हाम्रो भेट होला जस्तो छैन । त्यसैले दसैँ नजिकिए सँगै चाड भन्दा पनि तपाईँ र आमाको सम्झना धेरै आएको छ । यसैबेलाको आसपास प्रत्येक वर्ष कार्यस्थलबाट घर गएको स्मरण झल्झली आएको छ । राजमार्ग छाडेर कच्चि बाटो हुदैँ खचाखच यात्रुभरीएको बसमा कोचिएर घर जानुपथ्र्यो । खचाखच यात्रुहरु भरीएर सास फर्ने अप्ठ्यारो भएपनि घर जाने भनेपछि त्यो यात्राको कहर बिर्सन्थ्यो । अझताजा स्मरण त हामीपुग्नु अगाडिनै त्यहा हाम्रो प्रतिक्षामा तपाईँ र आमा समेत आएर बाटो हेर्दै बसेको आएको छ । हामी बसबाट ओर्लर्दै गर्दा लामो खल्ति बाला जाँगे लगाएर हजुर फिस्स हासेको झझल्को दसैँको आगमनले दिएको छ । हामी नौजवान हुँदा समेत हामीलाई पन्छाउदै बलजफ्ती दुइ तीन वटा झोला भिरेर घरतर्फ उकालो लागेको स्मृतिआएको छ । त्यसैगरी घर पुग्ना साथ आमाले उज्यालो अनुहार बनाउदै पस्केको भात, तिहुन, गोरस खाएको मानसपटलमा रहिरहेको छ ।


बा, दसैँमा घर आउन नपाइने होकीभन्ने पिरले बाल्यकालको दसैँ स्मृतिमा ल्याइदियो । बिगतकादसैँ त झन् अहिलेको तुलनामा झनै खुसीप्रद हुन्थे । बुबाहजुरलाई सम्झना छ, छैन हामी दाजुभाइलाई उस्तै रङ्गका टिसर्ट र पाइन्ट किनिदिएको ? हामीलाई पधेरामा लगेर लाइन लगाएर साबुनले माडीमाडी नुहाइदिएको, लुगाहरु धोइदिएको भर्खरै भैmँ लाग्छ । दसैँमा घरमा लिपपोत गर्ने माटो लिन आमाले हामीलाई सँगै लगेको हिजो झैँ लाग्छ । त्यसैगरी आमाले पसिनै पसिनाहुँदै दसैँका नवमी देखि पुर्णीमा सम्म अगयलाई पुग्ने गरी घास काटेर थुपरेको भर्खरै जस्तो लाग्छ । बाध्यता थिएन तथापि हामीले सकेको सघाउथ्यौ । आमाले पकाएका घुमाउने रोटी, चिनी रोटी र सानीमाले बनाएको वतासा रोटीको स्वाद त अहिले पनि जिब्रोमै टासीए झै लाग्छ । मिठा चामल, रोटी हाल्ने चामल, रोटीहरुमा राख्ने भेली, तेल, चिनी लगाएतका मरमसला किन्न बजार गएको आजै जस्तो लाग्छ । त्यसैगरी सप्तमी, अष्टमीमा खसी काट्दा गाउँका बाआमा, दाजुभाईहरु लगाएत धेरैजना जम्मा भएर भुटुवा खाएको झल्झलीयाद आएको छ ।यसपालीको दसैँमा सारै स्मरणीय यस्ता धेरै क्षणहरु गुम्ने खतरा बढेको छ ।


बाहजुरहरुले हामीलाई जन्माएर हुर्काएकोमा सारै खुसीअनुभुती गर्नुभएको छ । तर कतिकहरपूर्ण थिए तिदिनहरु मलाई पनिथोरैधेरै स्मरण छ । आमाका शरिर पसिनाले निथ्रुकै हुन्थे घरायसी काम गर्दा । हजुरको शरिर थकित देखिन्थ्यो बाहिर फेरका कामहरु सम्पन्न गर्दा । तथापि हाम्रो खुसीका लागि चाडबाडमा सकेको जोडदाम गर्नुहुन्थ्यो नै । परिवारमा काम गर्न सक्ने हजुरहरु दुइ जना मात्रै भएकाले हजुरहरुले कडा परिश्रम गर्नुको विकल्पथिएन । आफूले सकेसम्म हामीलाई स्याहार सुसार गर्नु देखि मध्ययवर्गीय परिवारले भ्याएसम्म खुसी दिने प्रयासमा गर्नुहुन्थ्यो ।


बुबा, अर्को कहिल्यै नबिर्सने कुरा हो पीङ् । हामी साना छँदा हजुरले पीङ बनाइ दिनुहुन्थ्यो ।कहिले रुखका हाँगामा कहिले दुइतिर काठ गाडी बाँस तेर्साएर पिङ बनाइ दिनुहुन्थ्यो । पिङमा खेल्ने पालो धेरै मेरो आउथ्यो हामी चार जनामा । किनकि दाइले माया गरेर खेल्नदिने त बैनी र भाइलाई मैले फकाएर चान्स लिइहाल्थे । बिचमा जन्मनुको हुनुका केही नराम्रा पक्ष भएपनि धेरै फाइदा जनक हुन्थे सानोछँदा । जे होस परिवारकाहामीर छिमेकी दिदी बहिनी, दाजुभाइहरु सँगै रमाइलो गरिन्थ्यो । टहटह लागेको जुनसँगै भित्र सेलरोटी पाकेको हुन्थ्यो । बाहिर हामीराती सम्मत्यो सानो पीङमासेलरोटी खाँदै झुण्डीएर मज्जालिन्थ्यौ ।


बाल्यकालको स्मरणको गहिराइमै पुगेछु म । ल अबफर्के हाम्रा गन्थन मन्थनमा । केहीदिनपहिलाभैसी बियाएको छ भनेर भन्नुभाथ्यो । दुध राम्रोसँग दिएहोला । तर के गर्नु घर आउन सम्भवहुन्नहोला । घरमा आमाको हातबाट गोरस खान यसपालीन पाइने जस्तो छ । मुख नै रसायर आएको छ अहिले घरको मिठो दुध, दही, मही, घिउ आदि सम्झदा । दुःखसुख गरेर तपाईँहरुले हुर्काएको घार्लेे खसी यसपाली स्मरणमा मात्रै रहला जस्तो छ ।आमाबा, परिवार, इष्टमित्र, साथिभाइ सँगै बस्न र दसैँ मनाउन चाहना यसपाली सम्भव होला जस्तो छैन । आमाले अगेनामा पकाएको खस्रो खानाखान तथा ठुस्स गन्हाएका लुगामा लुटुपुटु भएर सुत्नसारै रहर छ । तथापि खै यससाल सबै रहरहरु कोरोनाका कारण खेर जाने जस्तो छ ।


प्रायः दसैँ खुसी लिएर आउथ्यो भने यस पालीदशा । यसपाली दसैँ इज अ ट्रेजिडी भनेझैँ भएको छ । गरिबी, अभाव, पारिवारिक विछोडका बीच लगभग आधा नेपालीहरुले मनाउने गरेको दसैँ यसपाली मनाउनै असम्भवझैँ देखिएको छ । परिवारमा मिलन नै हुन नसकेपछि दसैँ कसरी खुसियालिपूर्ण बन्न सक्छ? चाडवाडका बखत औषत नेपालीहरुले आर्थिक कष्ट त खेपेकै थिएझन् त्यो भन्दा बढी सबै भेटघाट हुन नपाउँदा खिन्नता छाएको छ ।


बा, दसैँमा हामीसँग भेट हुन नपाउदा तपाईँहरु हामीभन्दा बढी चिन्तित हुनुहुन्छ । आमाले त पुरा पत्र सुन्न सक्नुहुन्न होला । हामी पनि यत्रो चाडमा टुहुरा भैmँ शहरका कुनामा एक्लै रहदा सारै अभितापभएको छ । तथापि मन नमाने पनिमान्नै परेको छ एक वर्षकालािग। अटेरी गर्दै हामी सबै गाउँघरमा जम्मा भएमा त्यसले विश्वव्यापी रुपमा फैलीएको कोरोना रोग फैलने सम्भावना उच्च रहन्छ । हामी देश विदेशका बिभिन्न ठाउँबाट गाउँ आएमा हजुरहरु जस्ता साठी नाघेकाहरुलाई अझ बढी खतरा हुन्छ । जति कम मानिस जम्मा भयो वा जति सामाजिक दुरी कायम गर्यो त्यती रोग सर्ने सम्भावना कम हुन्छ ।


रोग सरेमा त्यसले दिने पीडा भेट नभएको भन्दा भयानक हुन्छ । हाल देशमा कोरोना संक्रमितको संख्या उच्च रहेको छ । दैनिक तिब्र गतिमा बढीरहेको छ । अब त रोग लागेमा उपचार नपाइने अवस्था सिर्जना भएको छ । सरकारले जिम्मेवारी लिन नसक्ने संकेत गरिसकेको छ । त्यसैले हामी सावधानी हुनुको विकल्प छैन ।आज एक वर्ष सँगै दसैँ नमनाएर रोग सर्न सक्ने डर कम हुन्छ भने स्वास्थ्य सुरक्षाका खातिर त्यसलाई हामी स्वीकार गरौँ । आमा बढी विरक्त हुनुहुन्छ । उहाँलाई सम्झाउनु होला। रोगबाट बच्न सके यस्ता दसैँ वर्षैनी आउछन् । त्यसैले हामीले तपार्इँहरुका हातका टिका जमरा र आशिर्वाद थाप्नन पाए पनि हजुरहरुका मनबाट ति सब कुरा पाउने छौँ । सधैँ पाइरहेका छौँ । अन्त्यमा, दुर्गामाताले विश्व नै कोरोना मुक्तहुने आशिर्वाद दिउन् भन्ने कामना । हस्त बा, कलम यही रोक्छु । उही छोरा ।

अपडेट : 2020-10-25 18:07:02




your-image

Leave a Comment