मंसिर १८ २०७७   |  2020 Dec 03    


सरावलका किसानले मागे धानबालीको क्षतिपूर्ती


news

बर्षाका कारण जिल्लाको सरावल गाउँपालिकाको दक्षिणी भेगमा डुबान भई करोडौको बालीनाली क्षति भएको भन्दै राहत उपलब्ध गराउन स्थानियले माग गरेका छन् । बर्षायाममा आएको लगातारको बाढीले एक हजार भन्दा बढि बघामा लगाएको धालबाली नष्ट भएको उनिहरुको भनाई छ ।


धानबाली नष्ट भएपछि खाद्यानका साथै हिँउदेबालीका लागि राहत प्याकेज ल्याउनु पर्ने स्थानिय कृषक बालचन्द हरिजनले माग गरेका थिए । बाढी पिडित किसानलाई निःशुल्क मलखाद र विउ विजनमा सहयोग पुर्याउनु पर्छ, उनले भने, स्थानिय, प्रदेश र संघिय सरकारले समेतको ध्यानाकर्षण गराएका छौ, यसमा तिनै तहका सरकारले ध्याना दिनु पर्छ । सरावल गाउँपालिकाको वार्ड नं.५,६ र ७ पुर्ण रुपमा डुबान भएको थियो । बाँकी वार्डमा आंशिक मात्र डुबान भएको थियो । गाउँपालिकाका अनुसार पुर्ण डुबानमा परेका तिन वटै वार्डमा घरधुरी अनुसार नै लगत संकलन गरि प्रदेश सरकार र संघिय सरकारमा पठाएको छ । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलका अनुसार ति तिन वटा वार्डमा १ हजार ३ सय ४० घुरधुरीका १ हजार १९ विघा ७ कट्ठा जग्गामा रहेको धानबाली नष्ट भएको तथ्याँक छ । सो तथ्याँक सबै सरोकारवाला निकायमा पुर्याई सकिएको छ ।


बाढी पिडित कृषकको समस्या प्रति हामी गम्भिर छौ, उनले भने गाउपालिकाले आफ्नो क्षमताले भ्याएसम्म बाढी पिडित किसानलाई विउँमा अनुदान उपलब्ध गराएको छ । उनका अनुसार करिब ४३ लाख बराबरको विउमा अनुदान उपलब्ध गराउदै छ । विभिन्न सहकारी मार्फत मल र विँउमा अनुदान उपलब्ध गराउने गाउपालिकाले कार्यविधि कानुन नै बनाएर वितरण गरिरहेको छ । तर गाउपालिकाको मात्र सहयोग बाढीपिडित किसानलाई प्रयाप्त  छैन् ।


त्यो भएर प्रदेश सरकार र संघिय सरकारले पनि सहयोग गर्नु पर्ने उनको भनाई थियो । यस क्षेत्रका राजनीतिक नेतृत्वले पनि पहल गर्नु पर्ने उनले आवश्यकता औल्याएका थिए । गाउपालिकाको क्षतिविवरण आए पछि प्रदेश सरकारमा पनि राहतका लागि पहल हुने जिल्ला स्थित कृषि ज्ञान केन्द्रका प्रमुख देवेश कुमार मिश्रले बताए ।

अपडेट : 2020-10-22 11:55:09




your-image

Leave a Comment