मंसिर १८ २०७७   |  2020 Dec 03    


खस्यौली स्नुकर क्लब शुभारम्भ


news

बुटवल नगरीमा स्थित ब्यवसायिक भवन सिह कम्प्लेक्स भवनमा खस्यौली स्नुकर क्लब शुभारम्भ भएको छ । स्नुकर खेलको विकास गर्दै युवा खेलाडी उत्पादन गर्ने लक्ष्यसहित बुटवलका ७ जना युवा खेलाडी तथा ब्यवसायीहरुले क्लब संचालनमा ल्याएका हुन ।

बुटवलमा लामो सयमदेखि खेलकुद गतिविधिमा लागेका युवाहरु सुजन पुन, सुनिल क्षेत्री, प्रदिप बिक, ईशार अहमद रजाक, गणेश घिमिरे, रमेश न्यौपाने, विजय थापाले लगानी गरेका हुन । क्लबका संचालक सुजन पुनले करीब ९० लाख लगानीमा ६ वटा अन्तराष्ट्रिय स्नुकर बोर्ड सहित सेवा शुरु गरेको बताए । एक समारोहका बिच हिमालयन रोडिज सिजन ३ का च्याम्पियन सुजन सुवेदी, नेपालका रेकिङ खेलाडी रेगन श्रेष्ठले क्लबको उद्घाटन गरेका छन ।

कार्यक्रममा नेपाल स्नुकर, पुल एण्ड विलियार्ड संघका केन्द्रीय सदस्य भुपेन्द्र क्षेत्री (हरि), रुपन्देही स्नुकर तथा पुल संघका उपाध्यक्ष बबिन थापा, टेबुलटेनिस संघका जिल्ला अध्यक्ष सुरेन्द्र शाक्य, संघका सल्लाहकार सन्जय बज्राचार्य, नेविसंघका केन्द्रीय उपाध्यक्ष मुक्तिराज पौडेल, बुटवल उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष महेशमान सिंह, कोषाध्यक्ष विमल राज भट्टराई, टेवलटेनिस संघ रुपन्देहीका अध्यक्ष सुरेन्द्र शाक्य, तिलोत्तमा जेसीजका पूर्व अध्यक्ष जय प्रकाश भट्रराईले वोल्दै टिन र खरको छानावाट शुरु भएको स्नुकर खेल अहिले वातानुकुलित रुपमा सुविधासम्पन्न भवनमा संचालन हुनुले यस खेलमा थप आकर्षण बढेको दाबी गरे ।

स्नुकर खेललाई ब्यवस्थित गर्दै युवा खेलाडी उत्पादन गर्ने लक्ष्यसहित जिल्ला संघ संस्थागत रुपमा आचारसंहिता, नियमहरु बनाएर अघि बढेको छ । स्नुकर अन्तराष्ट्रिय नाम कमाएको भएपनि नेपालमा भने खेलले गतिलिने चरणमै रहेको छ । रुपन्देहीबाट आधा दर्जन बढी नेपालका रेकिङ खेलाडीहरु उत्पादन भएका छन। जिल्ला संघमा आवद्घ ३ दर्जन स्नुकर हाउसहरु छन ।

अपडेट : 2020-10-20 06:48:53




your-image

Leave a Comment