मंसिर १८ २०७७   |  2020 Dec 03    


राजधानीको विषयलाई लिएर नेकपा सांसद् श्रेष्ठले दिए राजीनामा


news

प्रदेश ५ को कानुन मस्यौदा समितिको सभापतिबाट रुपन्देहीका सांसद् भोजप्रसाद श्रेष्ठले राजीनामा दिएको घोषणा गरेका छन् । उनले सभामुखलाई राजीनामा पत्र बुझाउने तयारी गरेको बताए ।

पदसँग राजधानी साटेको आरोप लागेको हुँदा उक्त पदबाट राजीनामा दिएको श्रेष्ठले बताएका छन् । केही समय अघि सांसद् श्रेष्ठलाई प्रदेश सरकारले प्रदेशसभा संचालन नियमावली मस्यौदा संशोधन समितिको सभापतिमा नियूक्ती गरेको थियो ।

सोमवार विहान ७ बजे नेकपा संसदीय दलको बैठक बोलाइएको थियो । तर, उक्त बैठकमा सांसद् श्रेष्ठ सहभागी भएका भएनन् ।

अपडेट : 2020-10-05 04:07:13




your-image

Leave a Comment