मंसिर १८ २०७७   |  2020 Dec 03    


सोमबार बिहान ७ बजे नेकपाका सांसद संसदीय दलको कार्यालय पुग्ने


news

नेकपा प्रदेश ५ को संसदीय दलले आफ्ना प्रदेश सभा सदस्यहरुलाई विहान ७ बजे संसदीय दलको कार्यालयमा उपस्थित हुन सूचना गरेको छ ।
संसदीय दलको कार्यालय बुटवलको इटाभट्टीको प्रदेश सभा भवन नजिकै रहेको छ ।


काठमाण्डौंबाट मुख्यमन्त्री गौतमबुद्ध बिमानस्थलमा ओर्लिएसँगै सभासदहरुलाई खबर गरिएको नेकपाका एक प्रदेश सभा सदस्यले जानकारी दिए ।
विहान ७ बजे नेकपा संसदीय दलको बैठक डाकिएको नेकपाका प्रमुख सचेतक भूमिश्वर ढकालले जानकारी दिए । उनले शनिबार सबै माननीयको कुरा सुन्न नसकिएको हुँदा अझै केही कुराहरु छन् कि भनेर बिहानै बैठक डाँकिएको बताए ।

उनका अनुसार सोमबार बिहान ८ बजे सर्वदलिय बैठक बस्ने कार्यक्रम तय गरिएको छ ।

अपडेट : 2020-10-04 15:28:31




your-image

Leave a Comment