मंसिर १८ २०७७   |  2020 Dec 03    


बुटवलमा मुख्यमन्त्री सवार गाडीमा ढुंगा प्रहार, गाडीको शिसा फुट्यो


news


कडा सुरक्षाकाबीच बुटवल फकिएका मुख्यमन्त्री शंकर पोखरेल सवार गाडीलाई लक्षित गरी आन्दोलनकारीले ढुंगा प्रहार गरेका छन् ।


बुटवलको मिलनचोक नजिक आन्दोलनकारीले प्रहार गरेको ढुंगाले मुख्यमन्त्रीको स्कटिङमा रहेका प्रहरीका दुइ गाडीमा क्षति पुगेको छ । प्रहरीको गाडीको शिशा फुटेको प्रहरीले जनाएको छ ।


मुख्यमन्त्रीको गाडीमा ढुंगा लागेर क्षति भएको बताइन्छ । यद्यपी प्रहरीलाई उक्त जानकारी नदिनका लागि भनिएको स्रोतले बताएको छ ।
शनिबार काठमाण्डौं गएका मुख्यमन्त्री पोखरेल आइतवार गौतमबुद्ध विमानस्थल भैरहवाबाट बुटवल फर्किदै थिए ।


ढुंगा प्रहारपछि प्रहरीले बुटवलको मिलनचोकबाट केही आन्दोलनकारीलाई प्रक्राउ गरेको छ ।

अपडेट : 2020-10-04 14:00:45




your-image

Leave a Comment