कार्तिक ११ २०७७   |  2020 Oct 27    


बुटवलमा थप एक कोरोना संक्रमितको मृत्यु


news

बुटवल कोरोना विशेष अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

अस्पतालका अनुसार मृतक महिलामा दम, मिर्गौला र रगतमा खराबी थियो ।
कपिलवस्तु ११ बनगाईकी ७० वर्षीया महिलाको बिहीबार साँझ मृत्यु भएको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिए । आजै बिहान कपिलवस्तु र नवलपरासीका दुइ कोरोना संक्रमितको मृत्यु भएको थियो ।
असोज ३ गते अस्पताल आएकी ती महिलाको पीसीआर रिपोर्ट पोजिटिभ आएपछि कोरोना विशेष अस्पतालमा उपचारमा राखिएको थियो । स्थिति जटिल बनेपछि बिहीबार बिहान ती महिलालाई भेन्टिलेटरमा सारिएकोमा साँझ साढे ५ बजे मृत्यु भएको हो ।
त्यसैगरी भदौ २७ गते अस्पताल भर्ना भएका नवलपरासी पश्चिमको रामग्राम नगरपालिका ३ का ४९ वर्षीय पुरुषको बिहीबार बिहान ४ बजे मृत्यु भएको थियो ।
त्यसैगरी असोज १ गते अस्पताल भर्ना भएका कपिलवस्तुको बुद्धभूमि नगरपालिका–६ का ५० वर्षीय पुरुषको बिहान ७ बजे मृत्यु भएको थियो । कपिलवस्तुका मृतक मधुमेह र मिर्गौलाका दीर्घ रोगी थिए भने नवलपरासीका मृतकमा पनि उनी कलेजो र मिर्गौलाका दीर्घ रोगको समस्या थियो ।

अपडेट : 2020-09-24 15:17:51




your-image

Leave a Comment