कार्तिक ११ २०७७   |  2020 Oct 27    


पहिरोको कारण सिद्धार्थ राजमार्ग अझै खुलेन


news

सिद्धार्थ राजमार्गको बुटवल पाल्पा सडक खण्ड अवरुद्ध भएको छ ।

निरन्तरको वर्षाले बुटवल पाल्पा सडक खण्डको कालिमाटी र गौडे पुल नजिकको स्थानमा पहिरोले सडक अवरुद्ध भएको हो । पहिरो हटाउनको लागि डिभिजन सडक कार्यालयसँग समन्वय भईरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।


मंगलबार बेलुका ५ बजेदेखि राजमार्ग अवरुद्ध भएको थियो । ढुङगा सहितको पहिरो झरी रहेकोले पहिरो हटाउन समस्या भईरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका डिएसपी मदन गिरीले जानकारी दिनुभयो । बुटवल पाल्पा सडक खण्ड अहिले विस्तारको क्रममा रहेको ठाउँ ठाउँमा पहिरोको उच्च जोखिम रहेको छ । यसैगरी जिल्ला भित्रका ग्रामिण सडकहरु समेत अवरुद्ध भएका छन् ।

अपडेट : 2020-09-24 05:12:12




your-image

Leave a Comment