कार्तिक ११ २०७७   |  2020 Oct 27    


बुटवल कोरोना अस्पतालमा दुई जनाको मृत्यु, उनिहरुमा दीर्घ रोग थियो


news

बुटवलको कोरोना अस्पतालमा दुइ जना कोरोना संंक्रमितको मृत्यु भएको छ । उनीहरु दुवैजना सात दिनदेखिभेन्टिलेटरमा उपचाररत थिए ।


भदौ २७ गते अस्पताल भर्ना भएका नवलपरासी पश्चिमको रामग्राम नगरपालिका ३ का ४९ वर्षीय पुरुषको बिहीबार बिहान ४ बजे मृत्यु भएको हो ।
त्यसैगरी असोज १ गते अस्पताल भर्ना भएका कपिलवस्तुको बुद्धभूमि नगरपालिका–६ का ५० वर्षीय पुरुषको बिहान ७ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।


डा. गौतमका अनुसार कपिलवस्तुका मृतक मधुमेह र मिर्गौलाका दीर्घ रोगी थिए भने नवलपरासीका मृतकमा पनि उनी कलेजो र मिर्गौलाका दीर्घ रोगको समस्या थियो ।

अपडेट : 2020-09-24 04:54:35




your-image

Leave a Comment