कार्तिक ११ २०७७   |  2020 Oct 27    


३७ केजी चरेस सहित दुई महिला नियन्त्रणमा


news

कपिलवस्तु प्रहरीले ३७ केजी चरेस सहित कपिलवस्तुको कृष्णनगरमा दुई जना महिलालाई नियन्त्रणमा लिएको छ ।

बुधबार दिउसो कृष्णनगर नगरपालिकाको वडा २ स्थित कृष्णनगर बस पार्कबाट शंकास्पद रुपमा भारत तर्फ जादै गरेका अवस्थामा सो परिमाणको चरेस सहित दुई महिलालाई प्रहरीले नियन्त्रणमा लिएको बुटवल टुडेलाई जानकारी दिएको छ ।

प्रहरीको टोलीले शंका लागी निगरानी गर्दै गर्दा कृष्णनगरको भारतको सिमा क्षेत्रमा पुग्न थालेका मकवानपुर जिल्ला मनोहरी गाँउपालिका ९ कि ४० बर्षिय शान्ति तामाङ्ग र साबिक रोल्पा उवा गाबिस ५ घर भई हाल कपिलवस्तु जिल्ला शिवराज नगरपालिका ५ बनियाभार बस्ने ३५ बर्षिय बसन्ती घर्तिलाई प्रहरीले चरेस सहित नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिएका महिलाले भारत तर्फ लैजादै गरेको हातले गुडाउने लगेज र ग्यास सिलिण्डरमा चेकजाँच गर्दा तल पिधमा प्वाल पारी लुकाएको सो परिमाणको चरेस बरामद भएको हो । चरेस सहित सहित नियन्त्रणमा लिईएका महिलालाई ईलाका प्रहरी कार्यालय कृष्णनगरमा राखी अन्य थप अनुसन्धान अघि बढाईएको कपिलवस्तुका प्रहरी उपरिक्षक नवराज अधिकारीले बुटवल टुडेलाई बताए ।

अपडेट : 2020-09-23 11:32:07




your-image

Leave a Comment