कार्तिक ११ २०७७   |  2020 Oct 27    


गुल्मीमा चल्यो लामो तथा छोटो दुरीका सवारी साधन


news

गुल्मी जिल्लामा आईतबारदेखि यातायात सेवा सुचारु गरिएको छ । कोभिड–१९ का कारण लकडाउन शुरु भएसँगै लामो समयसम्म बन्द रहेका लामो तथा छोटो दुरीका यातायात सेवा सुचारु गरिएको गुल्मी यातायात प्रालीका महासचिव हिमाल कुँवरले बताए ।


नेपाल सरकारकारको मन्त्री परिषदको निर्णय वमोजिम स्वास्थ्य मन्त्रालयको सम्पूर्ण मापदण्डलाई पालना गर्नेगरि जिल्लामा यात्रुहरुलाई सेवा प्रदान गर्न लागिएको व्यवसायीहरुले बताएका छन् । जिल्लामा संचालनमा आएका पश्चिम नेपाल वस व्यवसायी संघ प्राली, गुल्मी यातायात प्राली, रेसुंगा यातायात प्राली लगायतका व्यवसायीक संस्थाहरुले विगतमा तोकेको भाडादरमा पचास प्रतिशत वृद्धि गरि नयाँ भाडादर अनुसार यात्रुहरुलाई सेवा दिन शुरु गरेका हुन् ।
व्यवसायीहरुले सवारी साधनहरु संचालन गर्दा यातायातको सिट क्षमतामा कटौटी गरि आधा यात्रुहरु मात्र राखेर कोरोनाको संक्रमणवाट जोगिनका लागि पूर्ण रुपमा सुरक्षाको मापदण्डलाई पालना गरि लामो समयपछि सेवा सुचारु गरेका हुन् ।

यातायात व्यवसायीहरुले आईतवार सदरमुकाम तम्घासवाट बुटवल र काठमाण्डौंका लागि सवारी साधनहरु छुटाएपनि यात्रुहरुको उपस्थीति भने अत्यन्तै न्यून रहेको पश्चिम नेपाल वस व्यवसायी संघ प्राली गुल्मी शाखा प्रमुख महेश काउछाले बताएका छन् ।


कोरोना संक्रमणको त्रासले अत्यावश्यक काम बाहेक अन्य मानिसहरु गन्तव्यमा ननिस्केका कारण पनि सवारी साधनहरुमा केही समय यात्रुहरुको चाँप कम हुने व्यवसायीहरुले बताएका छन् । अत्यावश्यक काममा यात्रा गर्दा निकै महंगो मुल्यमा प्राईभेट सवारी साधनहरु भाडामा लिएर यात्रा गर्न वाध्य बनेका गुल्मेलीहरुका लागि सरकारले सार्वजनिक यातायातका साधनहरु संचालन गर्न अनुमति दिएपछि सर्वसाधारणहरुले ठूलो राहतको अनुभूति गरेका छन् ।

अपडेट : 2020-09-20 12:24:37




your-image

Leave a Comment