कार्तिक ११ २०७७   |  2020 Oct 27    


तानसेनका मेयर सहित ३ सय जना १० दिनदेखि होम क्वारेन्टाइनमा, नगरपालिका र वडा कार्यालय ठप्प


news

स्वाब रिर्पोट नआउँदा तानसेन नगरपालिकाका मेयर सहित ३ सय जना १० दिनदेखि होम क्वारेन्टाइनमा छन् । तानसेन नगरपालिका र वडा कार्यालय भदौ २८ गते आइतवारदेखि ठप्प छ । एक वडा अध्यक्ष र कार्यपालिका सदस्यलाई कोरोना पुष्टि भएपछि संकलन गरिएको स्वावको रिर्पोट नआउदा नगरपालिकाका कार्यालयहरु ठप्प भएका हुन् ।


तानसेन नगरपालिका स्वास्थ्य संयोजक झविन्द्र न्यौपाने गत भाद्र २६ गते शुक्रवार २०९ जना, आइतवार १४७ जना र मंगलवार ८६ जना गरी ४४२ जनाको स्वाव नमूना पठाएको जानकारी दिए । स्वाब प्रदेश ५ को जनस्वास्थ्य प्रयोगशाला, भैरहवामा पठाइएको थियो । त्यसमध्ये १४२ जनाको रिर्पोट मात्रै आएका नगरपालिकाका स्वास्थय शाखाका स्वास्थ्य अधिकृत सिरबहादुर रानाले जानकारी दिए । उनका अनुुसार स्वाबको रिर्पोट नआउनेमा नगरपालिकाको मेयर अशोक शाही सहित उपप्रमुख, नगरपालिकाका शाखाका कर्मचारीहरु, १२ वटा वडाका वडाध्यक्षहरु, र त्यहाँ कार्यरत कर्मचारीहरु सहित केही समुदायका व्यक्तिहरु समेत छन् ।


भदौ २५ गते बिहीबारको कार्यापालिकाको बैठकमा सहभागी एक वडाध्यक्ष र एक कार्यपालिका सदस्यमा कोरोना संक्रमण देखिएपछि बैठकमा सहभागीहरुको कन्ट्याक टे्सिङ गरिएको थियो ।
तानसेन नगरपालिकाका मेयर अशोक शाहीले स्वावको रिर्पोट नआउँदा नगरपालिका र वडा कार्यालय खोल्न नसकिएको बताए । उनले गत आइतवारदेखि सेवाग्राही मर्कामा परेको र नगरपालिकाको फोहर समेत उठन नसकेको जानकारी दिए । कार्यालय खुलेको छैन मेयर शाहीले भने, फोहर नउँठदा अर्को महामारी फैलिने हो कि भन्ने डर भयो । नगरपालिकाको २० जना सरसफाईकर्मीको स्वाब लिइएको उनले बताए । ति सरसफाईकर्मी समेत होम क्वारेन्टाइनमा छन् ।


प्रदेश ५ को प्रोदेशिक जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. राजेन्द्र गिरीले तानसेन नगरपालिका सहित पाल्पाबाट निकै ठूलो मात्रामा स्वावको नमूना आएको हुँदा परिक्षणमा ढिलाइ भएको बताए । शुक्रबार उनले ति नमूनाहरु केही लुम्विनी प्रादेशिक अस्पताल, बुटवल, केही प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, भैरहवा र केही राष्ट्यि जनस्वास्थ्य प्रयोगशाला, टेकुमा पठाएको बताए ।

अपडेट : 2020-09-20 05:49:10




your-image

Leave a Comment