आश्विन ९ २०७७   |  2020 Sep 25    


तिलोत्तमामा ‘अनलाइन कक्षा’को शुल्क तोकियो ? बढी शुल्क उठाए कार्वाही गरिने


news

तिलोत्तमा नगरपालिकाले विद्यार्थी सिकाइ सहजीकरणको शुल्क निर्धारण गरेको छ । गत शैक्षिक शत्रमा गरिएको शुल्कलाई आधार मानेर नगरपालिकाको नगर शिक्षा समितीले शुल्क निर्धारण गरेको हो । केही दिन अघि पत्राचार गरी नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालयले स्थानीय तहलाई शुल्क निर्धारण गर्ने जिम्मा दिएको थियो ।
तिलोत्तमा नगरपालिकाका नीजि स्कुलले मासिक शिक्षण शुल्कलाई आधार मानी ७५ प्रतिशत मात्रे शुल्क उठाउन स्वीकृती दिएको छ । तिलोत्तमा नगरपालिकामा ३९ वटा संस्थागत विद्यालय छन् । ति विद्यालयमा करिब २४ हजार विद्यार्थी छन् ।

विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ को दफा ३० मा भएको व्यवस्था अनुसार नगर शिक्षा समितिको बैठकले विद्यार्थीबाट उठाइने शुल्कको निर्धारण गरेको नगरपालिकाले जनाएको छ । नगरपालिकाका शिक्षा प्रमुख गंगाराम आचार्यले नगरपालिकाले निर्धारण गरेको शुल्क आषाढ महिनादेखि मात्रै विद्यालयहरुले लिन पाउने जानकारी दिए । उनका अनुसार बैकल्पिक सिकाइ क्रियाकलापमा सहभागी हुने विद्यार्थीबाट मात्रै विद्यालयले शुल्क लिन पाउनेछन् । त्यसमा अनलाइन कक्षाका साथै निर्देशिकामा उल्लेख भएका थप सहजीकरणका ४ वटा माध्यमहरु रहेका छन् ।

मासिक शिक्षण शुल्क बाहेकका अतिरिक्त क्रियाकलाप शुल्क, यातायात शुल्क, विज्ञान शुल्क, कम्प्युटर शुल्क, पुस्तकालय शुल्क लगायतका शुल्कहरु सहज रुपमा विद्यालयमा विद्यार्थीहरु भौतिक रुपमा उपस्थित नभएसम्म लिन नपाइने आचार्यले बताए । तोकिएको भन्दा बढी शुल्क लिए र तोकिएको भन्दा अरु शिर्षकमा शुल्क उठाए त्यस्ता विद्यालयलाई कार्वाहीको दायरमा ल्याउने शिक्षा प्रमुख आचार्यले बताए ।

अपडेट : 2020-09-15 17:22:14




your-image

Leave a Comment