आश्विन ९ २०७७   |  2020 Sep 25    


भुक्तानी नपाएपछि बुटवलको टेनिस कम्पलेक्समा ताला


news

बुटबलको देबिनगरमा रहेको टेनिस कम्पलेक्स बिवादमा परेको छ । नेपाल सरकार खेलकुद मन्त्रालय, राखेपको सहयोगमा निर्माण सम्पन भएको टेनिस कम्पलेक्स निमाणको क्रम्मा कामगरेका मजदुरको पैसा र सामानको भुक्तानी नदिएको भन्दै सोमबार टेनिस खेल मैदान देबिनगरमा पिडीतहरूले तालाबन्दी गरिदिएका छन् ।

उनिहरुले १० दिने अल्टीमेटम दिदै खेल मैदानमा ताला बन्दी तगरेका हुन । निर्माण सम्पन भएको २ बर्ष बितीसक्दा समेत काम गरेबापदको पाउनुपने रकम नपाएको उनिहरुमे भनाइ छ । भुक्तानीबारे कुरा गर्दा हालको समितीले गैरजिम्मेदारपूर्वक जवाफ दिने गरेकाले दबावको रूपमा खेल मैदानमा तालाबन्दी गनुपरेको पिडीत राजकुमार भट्टराईले बताए ।

हामीले पुरानो समीतीलाई भुक्तानीबारे कुरा गर्दा नयाँसँग जाउ भन्ने, नयाँसंँग जादा पुरानोसँग लिनु भन्ने कुराले अन्यायमा परेको भट्टराईले बताए । १८ बटा सप्लायर्स तथा मजदुर पारिश्रमिक पाउनबाट बन्चित भएका छौ उनले भने, २ बर्ष बितीसक्दा समेत विभिन्न बहाना बनाएर भुक्तानी रोकियो । हामीले पाउनुपने १७ लाख बराबरको रकम अबपनि समयमा भुक्तानी सामान उखलेर लैजानु बाहेक बिकल्प नरहेको उनको भनाई छ ।

रूपन्देही टेनिस संघका निबतमान अध्यक्ष अशोक गुरूडले केही रकम भुक्तानी दिन बाँकी रहेको बताए । उक्त कम्पलेक्स १ करोड़ १२ लाखको लागत लागेको भनिएपनि उपभोक्ता समितीले ९६ लाख २४ हजार ५ सच ९९ मा निर्माणको जिम्मा लिएर निर्माण सम्पन्न भएको बताइन्छ । जसमा ७३ लाख सरकारको र उपभोक्ता समितीको ६ लाख गरी ७९ लाख ३ हजार ५ सय २६ खर्च भएको छ भने १७ लाख बराबर रकम तिर्न बाँकी रहेको गुरूडले बताए । पुरानो समिती नभएकाले निर्वाचित नयाँ समितीले हिसाब किताब मिलाउनुपने उनको भनाई छ छानबिन समिती समेत गठन गरेर रकम दिनुपने देखिँदा समेत नदिदा यो अवस्था आईपकेको गुरूडको भनाई छ ।

यता लङ टेनिस संघ रूपन्देहीका अध्यक्ष संन्जय श्रेष्ठले सरकारको लगानीमा निर्माण भएको र जिल्ला खेलकुद बिकास समितीले उपभोक्ता समिती मार्फत काम भएकाले केही समस्या भएको बताए । नयाँ समिती आएपछी कति रकम सरकारबाट आयो किन रकम तिर्न बाँकी रह्यो भन्नेबारे बुझन खोजीरहेका थियौ तर अहिलेको यो अवस्थाले समयमा काम गनए नसकिएको बताए ।

उपभोक्ता समिती अध्यक्ष केशब थापाले निमार्ण सम्पन्न गरेर सम्पुर्ण हिसाब किताब समितीलाई बुझाएको बताए । तिनुपने रकमको नाम सहित दिएको छौ खै के गरीरहेको छ समितिले उनले भने, रकम मिलाउनुपनेए तर आफै आफै लडेर बिवाद भैरहेको हो ।

 

अपडेट : 2020-09-14 15:45:27




your-image

Leave a Comment