आश्विन ९ २०७७   |  2020 Sep 25    


रुपन्देहीका दुई अस्पतालमा उपचाररत थप २ जना संक्रमितको मृत्यु


news

भैरहवा र बुटवलमा गराइरहेका २ जना कोरोना भाइरसका संक्रमितको मृत्यु भएको छ। लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पताल बुटवल र भीम अस्पताल भैरहवामा उपचार गराइरहेका कपिलवस्तु शिवराज नगरपालिका ५ का २ जनाको मृत्यु भएको हो।

भीम अस्पतालमा उपचाररत शिवराज ५ का ५८ वर्षीय पुरुष हुन् भने बुटवलमा उपचार गराइरहेकी शिवराज ५ कै ४७ वर्षीया महिला हुन्।

भीम अस्पतालमा उपचार गराइरहेका पुरुष बुटवलको बेलवासमा बस्दै आएका थिए। यही भदौ २३ गते स्वास्थ्यमा समस्या देखिएर भीम अस्पतालको आइसोलेशनमा उपचारका लागि भर्ना भएका उनको स्वास्थ्य गम्भीर बन्दै गएपछि उनलाई ३ दिनअघि आइसीयूमा राखेर उपचार जारी थियो।

दमको समस्या देखिएका उनको गए राती मृत्यु भएको भीम अस्पतालका सूचना अधिकारी डा नारायण पोख्रेलले जानकारी दिए।

यसैगरी कपिलवस्तु शिवराज नगरपालिका वडा नं ५ की ४७ वर्षीया महिलाको उपचारका क्रममा सोमबार बिहान साढे ४ बजे मृत्यु भएको अस्पतालका कोरोनाका फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिए।

भदौ २१ गते कोरोना संक्रमण पुष्टि भएर अस्पतालमा उपचाररत उनमा मिर्गौलाको समस्या थियो। उनले डायालिसिस् गराउँदै आएकी थिइन्। उनको आइसीयूमा उपचार जारी रहेकोमा रातीदेखि अवस्था गम्भीर भएको र बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए।

 

अपडेट : 2020-09-14 11:35:28




your-image

Leave a Comment