आश्विन ९ २०७७   |  2020 Sep 25    


बदेल थाप्ने पासोमा आफ्नै साथी परेछी, लास गाडेर साथीहरु फरार


news

नवलपरासी जिल्लाको रामग्राम नगरपालिकामा एउटा नसोचेको घटना घटेको छ ।

जंगलबाट आउने बँदेल मारेर खाने योजना सहित पासो बनाएका ५ जनाको समुहले आफ्नै साथी नै पासोमा परेर मरेपछि समुहका ४ जना को भागाभाग भएको छ ।


घटना शुक्रबारको हो । जिल्लाको रामग्राम नगरपालिका ५ जना साथीहरु मिलेर बदेल मार्ने र खाने योजना बनाए । उनीहरुले प्रसावल गाउँकै नजिक जगलमा बँदेलको लागि पासो समेत थापे ।

तर पासोमा बँदेलको सट्टा आफ्नै साथी परेर मोरेपछि उनीहरुलाई आपत भयो । प्रहरीका अनुसार उनीहरुले जगलमा गहिरो पानी जम्ने खाल्डो खोजेर उक्त लास त्यहि गाडेर उनीहरु भागे । घरमा मानिसहरु नआएपछि खोजविन हुदै गर्दा उनीहरुले मरेको साथीलाई गाडेर भागेका हुन । मृतक रामग्राम नगरपालिका–१४ प्रसावल का बर्ष ४५ का ओमनारायण यादव हुन ।


लास गाडीएको स्थान गहिरो खाल्डो र बाढी पस्ने स्थान भएको कारण हाल सम्म पनि प्रहरीले निकाल्न सकेको छैन । प्रहरीले घटनामा संलग्न २ जना लाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडी बढाएको छ । यद्यपी उनीहरुको नाम र विवरण खुलाइएको छैन । अन्य फरार व्याक्तिको खोजी कार्य जारी रहेको प्रहरीले स्रोतले जनाएको छ ।


इलाका प्रहरी कार्याल सुनवल प्रमुख प्रहरी निरिक्षक बलराम गिरीले घटनाको थप अनुसन्धान जारी रहेको जानकारी दिए । उनले भने–२ जना घटनामा आशंका भएका व्याक्ति पक्राउ परेका छन, अन्यको खोजी कार्य जारी छ ।

अपडेट : 2020-09-13 11:05:42




your-image

Leave a Comment