आश्विन ९ २०७७   |  2020 Sep 25    


स्वाव दिनेहरु: तनाब खेप्दै रिर्पोट पर्खिदै


news

कपिलवस्तु नगरपालिकाको वडा नम्बर १ का ६० बर्षिय सञ्चारकर्मीको भदौ २२ गते निधन भयो । मृगौला रोग, उच्च रक्तचाप र मधुमेहको बिरामी रहेका उनलाई स्वास्थ्यमा समस्या आए पछि तौलिहवा अस्पतालमा पुर्याउदाँ पुर्याउदै उनको ज्यान गयो । अस्पतालमा पुग्दा पुग्दै निधन भएका उनको शव दाह संस्कारका लागी परिवारलाई जिम्मा लगाईयो । तर ९ दिन अघि (भदौ १३ गते) मात्रै तौलिहवाको बुद्धपद्धम माबिमा कोरोना संक्रमण परिक्षणका लागी स्वाब संकलन गरिए पनि उनको नतिजा आएको थिएन ।

स्वाब संकलनको ९ दिन बित्दा समेत उनको रिपार्ट नआए पछि स्वास्थ्य कार्यालयको पहलमा लुम्बिनी प्रादेशिक अस्पतालमा एक्सपर्ट एक्सप्रेस बिधीको परिक्षणमा उनमा कोरोनाको संक्रमण देखियो । यस अघि उनका छोरामा भदौ ९ गते संक्रमण पुष्टी भए पछि उनी सहित परिवारका अन्य सदस्य कन्ट्रयाक्ट ट्रेसिङ्गमा परेका थिए । मृतक सञ्चारकर्मीको मृत्युको तिन दिन पछि पुनः उनका परिवारका थप ७ जना सदस्यमा संक्रमण पुष्टी भयो । भदौ १३ गते नै स्वाब दिएका परिवारका सदस्य काजक्रियामा बसेका बेला संक्रमण पुष्टी भएको हो । संक्रमण पुष्टी भएका कसैमा कुनै लक्षणहरु देखिएन । लक्षण नभएको अवस्थामा स्वाब दिएको दिन देखी १४ दिनको आईशोलेशन अबधी रिपोर्ट आउदा आउदै पुरा भयो ।

कपिलवस्तु नगरपालिका वडा नम्बर १ कि ५२ बर्षिय महिला अधिकारकर्मीको पनि स्वाब दिएको १२ दिन पछि कोरोना पोजेटिभ भएको रिपोर्ट आयो । उनले भदौ २५ गते १३ औं दिनमा संक्रमण भएको बारे जानकारी पाईन । अधिकारकर्मी र उनका श्रीमान तथा भतिजीमा संक्रमण देखियो । रिपोर्ट बारे जानकारी पाए पछि आफुहरु कति दिन आईशोलेशनमा बस्नु पर्ने भन्ने बिषयमा उनको परिवार अन्योलमा प¥यो । प्रयोगशाला परिक्षणमा गरिएको ढिलाईले स्वाब परिक्षण गर्न दिनेहरुमा मानसिक तनाव लिई डिप्रेशनको अवस्था सम्म पुग्न सक्ने स्थिती श्रृजना हुने गरेको तिनै अधिकारकर्मी बताउछिन । “प्रयोगशाला परिक्षणका क्रममा लापरवाही भएको छ । रिपोर्ट समयमै नआउदाँ काम गरेर खानेहरुले अरुलाई संक्रमण फैलाउने र आफै पनि मानसिक तनावमा जान सक्ने अवस्था आउन सक्छ ।” उनले भनिन । स्वाब दिए पछि आफुहरु संक्रमण बारे सचेत भएकाले कहि नगई घरमै बसेको भए पनि रिपोर्टमा ढिलाईका कारण अन्य व्यक्तिहरु भने समुदायमा जादा जोखिम बढेको उनको बुझाई छ । “हामी सगै स्वाब दिएकाहरु यतिका दिन रिपार्ट नआउदाँ तनावमा थिए । कतिपय समुदायमा घुलमिल पनि भए ।” उनले थपिन । स्वाबको नतिजा समयमै नआउदाँ जोखिमको दायरा बढेको उनले स्पष्ट पारिन ।

उनी जस्तै स्वाब दिएको १३ दिन सम्म रिपोर्ट नआउदाँ मन भरि तनाव लिएको यशोधरा गाँउपालिका वडा नम्बर ४ अमलोनहाका सञ्चारकर्मी अनिल मालीको अनुभव छ । “ स्वाब दिएको १३ दिन पछि रिपोर्ट नेगेटिभ आयो । रिपोर्ट नआउदाँ सम्म के रिपोर्ट आउने हो भन्ने तनाव रहिरह्यो ।” उनले भने । कोरोना संक्रमण नियन्त्रणका लागी गरिएको स्वाब संकलनको समयमै रिपोर्ट नआउदाँ जोखिमको दायरा बढ्नुका साथै परिक्षणको औचित्य माथीनै प्रश्न उठ्न थालेका नगर चेम्बर अफ कमर्सका अध्यक्ष गोपीकृष्ण शर्मा बताउछन । प्रयोगशालाको दायरा बढाएर भए पनि पिसिआर परिक्षणको नतिजा चाडै दिन सकिए संक्रमण नियन्त्रणमा सहयोग पुग्ने उनी बताउछन ।

भदौ १३ गते तौलिहवा स्थित बुद्धपद्धम माबिमा ७९ जनाको स्वाब संकलन गरिएको थियो । जस्मा ७ जनाको मात्र भदौ २० गते र अन्यको भदौ २४ गते स्वाब परिक्षण रिपोर्ट आएको स्वास्थ्य कार्यालय कपिलवस्तुको तथ्याङ्क छ । कोरोना संक्रमण पुष्टी भएका लक्षण नभएका व्यक्ति स्वाब संकलन गरिएको दिन देखी १४ दिन सम्म र लक्षण भएका व्यक्ति २० दिन सम्म आईशोलेशनमा बस्नु पर्ने प्राबधान रहेको स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकलपर्सन कुमार थापा बताउछन । स्वाब संकलन गरि परिक्षणका लागी पठाईएको प्रयोगशालामा नमुना बढि भै कार्य व्यस्तता हुदाँ नतिजा आउन समय लाग्ने गरेको थापाले प्रष्ट पारे । स्वाबको नतिजा समयमै नआउदाँ कन्ट्रयाक्ट ट्रेसिङ्गमा ढिलाई, संक्रमितको व्यवस्थापनमा समस्या र नमुना दिनेहरु आईशोलेशनमा नबस्दाँ जोखिमको दायरा बढेको उनले बताए ।

अपडेट : 2020-09-12 18:52:32




your-image

Leave a Comment