आश्विन ९ २०७७   |  2020 Sep 25    


रोलान्डोको १०० गोल


news

पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा १०० गोल पूरा गरेका छन् ।

उनी आफ्नो देशका लागि १०० गोल गर्ने पहिलो युरोपेली खेलाडी भएका छन् ।


रोनाल्डोको पछाडि रहेका भारतका सुनिल क्षेत्रीले ७२ र अर्जेन्टिनाका लिओनल मेसीले ७० गोल गरेका छन् ।

रोनाल्डोकै दुई गोल मद्दतमा पोर्चुगलले युइएफए नेशन्स कप अन्तर्गत लिग ए को समूह ३ को खेलमा स्वीडेनलाई २-० ले पराजित गरेको हो ।

३५ वर्षीय युभेन्ट्सका फरवार्ड रोनाल्डोले ४५औं मिनेटमा पहिलो गोल गर्दै १०० गोल पूरा गरे । ८१ मिनेट मैदानमा रहेका उनले ७२औं मिनेटमा दोस्रो गोल गरे ।

अब उनी सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने इरानका अली दाइको नाममा रहेको कीर्तिमानबाट ८ गोल मात्र टाढा छन् ।

अलीले सन् १९९३-२००६ बीच १०९ गोल गरेका थिए । एजेन्सी

अपडेट : 2020-09-09 09:17:31




your-image

Leave a Comment