आश्विन ९ २०७७   |  2020 Sep 25    


बोकाको तौल १ सय ७८ किलो, मन्त्री पनि पुगे बोका हेर्न !


news

एउटा बोकाको तौल किलोसम्मको हुन्छ ?

३०, ४० र बढीमा ५० ।

तर, सन्धिखर्क नगरपालिका–१२ डिभर्ना गाउँमा गोपाल बस्यालले पालेको बोयर जातको बोका १ सय ७८ किलोको छ ।

अष्ट्रियाबाट अढाई वर्ष अघि ल्याइएको वर्णशंकर जातको उक्त बोका स्थानीय जातका बाख्रामा सन्तान उत्पादन गर्न पालिएको छ । त्यही बोका हेर्नेको दैनिक भीड हुन्छ । कृषि मन्त्री छदा चक्रपाणी खनाल पनि बस्यालको घरमा पुगेका थिए ।

बोकाको विर्यबाट हालसम्म सयौं स्थानीय बाख्राले नयाँ सन्तान उत्पादन गरेका छन् । जिल्लाका छ वटै पालिका सहित गुल्मी, प्युठान, स्याङजा, दाङ, रुकुम, सल्यान, पाल्पा लगायत थुप्रै जिल्लाका कृषक र जनप्रतिनिधिले पाठापाठी किनेर लैजाने गरेका छन् । जन्मिदै पाठापाठीको तौल ५ किलो हुने र छ महिना पाल्दा ३० किलो तौल हुन्छ ।

वर्षौदेखि स्थानीय जातको बाख्रा पालेर आम्दानी गर्न नसकेका कृषकले बोयर जातको बोकाबाट जन्मिएका पाठापाठी पाल्न खोसाखोस नै छ । जिउँदो पाठाको एक किलोको एक हजार र पाठीको छ सय रुपैयाँमा बिक्री हुन्छ । डिभर्नाका १ सय ५३ किसानले जालकाँडा बाख्रापालन समुह गठन गरेर १५ सय भन्दा बढी बाख्रापाल्दै आएका छन् । समुहका अध्यक्ष बस्यालले २५ वटा बाख्रा पालेका छन् । बोयर जातको बाख्रा पाल्न थालेपछि गाउँमा वर्षमा एक करोड रुपैया“ बोका, बाख्रा र पाठापाठी बिक्री गरेर दुईवर्षयता भित्रिएको बस्यालले बताए । बोयर बाख्रा वर्षमा दुई पटक ब्याउने र धेरैले दुई÷तीन वटासम्म पठापाठी जन्माउँछ, वर्षदिन पाल्दा बोका ६०÷७० किलोको तौल हुन्छ, जति किलो भयो त्यती हजारको भैहाल्छ, उनले भने ।

स्थानीय जातको बोका एकवर्ष पाल्दा बढीमा ३५ किलोसम्मको तौल हुन्छ । छोटो समयमै तौल धेरै भएपछि गाउ“का सबैका घरमा बोयर बाख्रा पाल्नेको होडबाजी नै चलेको उनले बताए । एक कृषकले वर्षमा एक लाख देखि पाँच लाख रुपैयाँ आम्दानी गरेपछि वैदेशिक रोजगारमा जाने युवा समेत भिसा रद्द गरेर बाख्रापालनमा लागेका छन्, बस्यालले भने । बोयरको सन्तानले गाउँको आर्थिक स्थिति सुधारिदिएको उनले बताए । उनले वर्षमा आठ लाख रुपैयाँसम्म बाख्रापालनबाट आम्दानी गर्दै आएका छन् ।

समुहकी सदस्य गिता भुसालको घरमा वर्षौदेखि दुई÷चारवटा बाख्रा खोरमा हुन्थे । तर, धेरै आम्दानी थिएन । स्थानीय बाख्रामा बोयर जातको बोका लगाइदिन । जन्मिएका पाठापाठी छिटै हुर्के । ‘पहिला खसीबोका बेचेर वर्षमा बीस÷तीस हजार रुपैयाँ मात्रै आम्दानी थियो,’ उनले भनिन, ‘दस महिनामा बोयरको विर्यबाट जन्मेका पा“च वटा बोका बेच्दा एक लाख ९६ हजार सात सय रुपैयाँ कमाई भयो । अब मेरो मुख्य पेशा नै यही ।’ यो उनको जेठ देखि फागुनसम्मको आम्दानी हो । अहिले माउ बाख्रा दुई, पाठा दुई र पाठी दुई वटा छन । पैसा चाहिने छोराछोरी पढाउन र घरखर्च गुजारा गर्न हो, यो सबै खर्च दुई चारवटा बाख्रा राम्ररी पालेपछि आम्दानी हुनेभयो अब श्रीमानलाई खाडीमुलुक पठाउन छाडें, उनले भनिन । बाख्रा खेतबारीमा मल (जुत्तो) राख्न पालिन्थ्यो । बाख्राको मल खेतबारीमा राख्दा तेब्बर उब्जनी हुन्छ । तर, यति धेरै आम्दानी हुदैनथ्यो, अघिल्लो वर्ष दुई लाख आम्दानी भएको थियो, उनले भनिन । छोराछोरीको पढाई खर्च, घरमा लत्ताकपडा, मरमसला खर्चबाट वर्षमा एक लाख बैंक बचत भएकोमा उदी दंग छिन् ।

रोमाखर नेपाली गाउँमा सिकर्मी र डकर्मी काममा हिड्दा कमाएको पैसा बैंक बचत थिएन । घरखर्च धान्न धै धै हुन्थ्यो । बाख्राबाट खासै आम्दानी थिएन । दुई वर्षमा तीन वटा बाख्राबाट उनले दुई लाख ७० हजार रुपैयाँ आम्दानी गरे । बोका बेचेर यति धेरै आम्दानी गर्न पाँच वर्ष लाग्थ्यो, कति छिटै तौल बढ्दा म अचम्मै परेको छु, उनले भने । धेरै कमाई भएपछि डेढ वर्षदेखि सिकर्मी काम छाडेका छन् । तौल धेरै हुने, छिटो हुर्कन्छन भनेर धेरै पटक उन्नत जात, लामाकाने बोका लगायौं, खासै परिवर्तन देखिएन, रोग लाग्ने पाल्नै गाह्रो थियो । बोयर बाख्रालाई खासै रोग लाग्दैन, हरियो, सुकेको जे घाँस पनि खान्छ, छिटै तौल बढ्छ पाल्नलाई साह्रै सजिलो भएको उनले बताए ।

माउ, बोका र पाठापाठी बस्ने छुट्टाछुटै खोर छन् । दैनिक खोर सफा गर्छन । जमिन देखि अग्लो खोर बनाएका छन् । दिनभर बाहिर राख्छन् । रातभर खोरमा हुन्छन् । खोरमा दिसापिसाबको गन्ध नआउने गरी सफा राख्छन् । विहानै बोका, बाख्रा र पाठापाठीलाई मनतातो पानी, हरियो घाँस, त्यसपछि अन्न पकाएर खुवाउँछन् । दिउँसो सुकेको घाँस, पानी र बेलुका मिठो हरियो घाँस खुवाएर राम्ररी स्याहार सुसार गर्छु, जति मेहनत ग¥र्याे त्यति छिटो पाठापाठी हुर्कन्छन्, म धेरै खुसी र दंग छु, उनले भने । यसभन्दा अघि खरी, जमुनावारी सहित उन्नत जातका बोका र बाख्रा भित्रिएका थिए । त्यति फस्टाएनन । पशुपती नेपालीले बाख्रापालनबाट वर्षमा दुई लाख कमाई भएपछि घर निर्माणका काम छाडेका छन् । उनका अनुसार दुई वर्षमा गाउ“का छ जना युवा भिसा रद्द गरेर बाख्रापाल्न थालेका छन् ।

समुहका अध्यक्ष बस्यालले बोयर सन्तानका पाठापाठी, बोका र बाख्रा गरेर ११ सय भन्दा बढी छ वटा पालिका र जिल्ला बाहिर गएको बताए । जनप्रतिनिधिले डिभर्नामा जस्तै आफ्नो पालिकामा बोयर बाख्राबाटै गाउँलाई स्वरोजगार उन्मुख पार्न यहा“बाट पाठापाठी, बोका र बाख्रा खरिद गरेर लैजाने गरेका छन् । डिभर्नामा बाख्रापालन उदाहरणीय छ, हामीले पनि दुई सय बोयर बोका वितरण गरेका छौं, पाणिनि गाउँपालिका अध्यक्ष अच्युत गौतमले भने ।

छत्रदेवमा एक सय, मालारानीमा डेढ सय, शीतगंगामा एक सय, भूमिकास्थानमा एक सय र सन्धिखर्कमा दुई सय बोयर बोका स्थानीय तहले बजेट छुट्टाएर वितरण गरेका छन् । डिभर्ना र तनहुको बन्दीपुरबाट ल्याएर वितरण गरेका छन् । डिभर्ना त बोयर बाख्रापालनको हब नै बनेको छ, पालिकाभरका सबै किसानको घरमा डिभर्ना जस्तै आम्दानी गराउन सक्ने हो भने खाडीमुलुक जान पर्दैन, मालारानी गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्यले भने । तयार भएका खसीबोका बिक्री नहोला भन्नै छैन । पहाडको हावापानीको हुर्केको बोकाको मासु खानलाई स्वादिलो र मिठो मान्दै काठमाडौ, बुटवल लगायतका शहरबाट व्यापारीले फोन गरेर अर्डर गर्छन । गाउ“बाट कृषकले गाडीमा बोका पठाइदिन्छन् । बोयर जातको पाठा जन्मिएपछि सन्तानवृद्धि गर्नकै लागि पालिएको छ ।

अपडेट : 2020-09-08 17:48:05




your-image

Leave a Comment