आश्विन ९ २०७७   |  2020 Sep 25    


शिक्षकको जन्मदिनमा विद्यार्थीलाई सामग्री


news

रुपन्देहीको सैनामैनामा रहेको रामापुर माविकी शिक्षक कमला भण्डारी न्यौपानेले विद्यार्थीलाई सामग्री प्रदान गरेकी छिन् ।

आफ्नो जन्मदिनको अवसरमा उनले राहत सामग्री र नगद रकम वितरण गरेकी हुन् । विद्यालयमा सामाजिक दुरी र स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर उनले विद्यार्थीहरुलाई सामग्री प्रदान गरेको विद्यालयका प्रधानाध्यापक कृष्ण पौडेलले जानकारी दिए ।

विद्यालयका २५ जना विद्यार्थीलाई शैक्षिक सामग्रीका साथै मास्क, सेनिटाइजर, साबुन, खाद्यवस्तु र नगर वितरण गरेकी हुन् । करिब ८० हजार बराबरको सामग्री र नगद वितरण गरेको शिक्षक भण्डारीले जानकारी दिइन । आफ्नै स्कुलका बालबालिकालाई सहयोग गर्ने मन थियो भण्डारीले भनिन्, जन्म दिनको अवसर पारेर सहयोग गरे ।

सैनामैना नगरपालिका वडा नं. ६ निवासी कमला भण्डारी रामापुर माविकै प्रावि तहको शिक्षक हुन् ।

अपडेट : 2020-09-06 10:55:40




your-image

Leave a Comment