चैत्र २९ २०७७   |  2021 Apr 11    


बिहीबार थपिए १ हजार १११ संक्रमित


news

पछिल्लो २४ घण्टामा १ हजार १११ कोरोना भाइरसका संक्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा १२ हजार ६२९ नमुना परीक्षण गर्दा ३३४ महिला र ७७७ पुरुष गरी १११ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यसरी थपिनेमा काठमाडौं उपत्यकामा मात्र ३७७ संक्रमित छन् । त्यसमध्ये काठमाडौंमा मात्र २७०, ललितपुरमा ६६ र भक्तपुरमा ४१ जना रहेका छन् ।


यससँगै कुल संक्रमितको संख्या ३५ हजार ५२९ पुगेको छ । उनीहरुमध्ये १८३ जनाको मृत्यु भएको छ भने २० हजार ७३ जना कोरोनामुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ५६९ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अपडेट : 2020-08-27 10:57:57




your-image

Leave a Comment