आश्विन ६ २०७७   |  2020 Sep 22    


कपिलवस्तुका २ जनाको कोरोना अस्पतालमा मृत्यु


news

कपिलवस्तुका दुई जनाको बुटवलको कोरोना अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा कपिलवस्तु नगरपालिका वडा नं. २ का ४२ बर्षका कृष्ण कुमार गुप्ता हुन् । अर्का कृष्ण नगरका प्रदीप तेली भएको बताइएको छ ।


उनीहरुको बुटवल धागो कारखानामा रहेको कोरोना बिशेष अस्थायी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । कपिलवस्तु नगरपालिका २ का गुप्ता २५ गते भर्ना भएका थिए । उनको विहान ४ः३० बजे मृत्यु भएको हो । उनि कोरोना संक्रमित हुन् । तर तेली भने गए राती १२ बजे भर्ना भएकोमा विहान २ बजे मृत्यु भएको हो । उनको पिसिआर टेष्ट भइसकेको छैन् । एक जना संक्रमित र अर्का शंकास्पद विरामी भएको लुम्विनी प्रादेशिक अस्पतालका मेसु राजेन्द्र खनालले जानकारी दिए । शंका गरिएका व्यक्तिको स्वाव लिइ परिक्षण गरिने उनले बताए ।

अपडेट : 2020-08-12 08:45:45




your-image

Leave a Comment