आश्विन ६ २०७७   |  2020 Sep 22    


शसस्त्र प्रहरीद्वारा साढे २४ लाख भारु बरामद


news

शसस्त्र प्रहरी बलले कपिलवस्तुको कृष्णनगरमा भारतबाट अबैध रुपमा भित्राईएको साढे २४ लाख भारतिय रकम बरामद गरेको छ । कृष्णनगर नगरपालिका वडा नम्बर १ को लिंकगेट भन्दा ४ सय मिटर पुर्व पालमा ड्युटीमा रहेको शसस्त्र प्रहरी बल नंम्बर ३९ राजश्व भंसार सुरक्षा गुल्मको टोलीले बुधबार बिहान पौने ५ बजे सो रकम बरामद गरेको हो ।

शसस्त्रको पाल ड्युटी रहेको बाटोमा भारत हुदै झोलामा भिरेर एक व्यक्तिले सेनेटाईजर र औषधीको पोकामा लुकाएर सो रकम ल्याएका थिए । दशगजा भन्दा ५० मिटर भित्र नेपाली भुभागमा गरिएको चेकजाँजका क्रममा शुरुमा ति व्यक्तिले झोला खोलेर सेनेटाईर र औषधी रहेको भन्दै गस्तमिा रहेको शसस्त्रको टोलीलाई झुक्याउन खोजेका थिए । तर शसस्त्रको टोलीले शंका लागी झोलामा हेर्न थाले पछि ति व्यक्ती रकमको झोला छोडेर भारत तर्फ फरार भएको शससत्र प्रहरी बल नंम्बर ३९ राजश्व भंसार सुरक्षा गुल्म, कृष्णनगरका गुल्मपती शसस्त्र प्रहरी नायब उपरिक्षक शुसिल कुमार शाहीले जानकारी दिए ।

बरामद गरिएको रकममा भारु ५ सय दरका ४९ वटा गड्डी (नेपाली रु ३९ लाख २० हजार) रहेको शाहीले बताए । बरामद रकम आवश्यक कारवाहीका लागी राजश्व अनुसन्धान कार्यालयमा बुझाईने जनाईएको छ ।

अपडेट : 2020-08-12 08:29:08




your-image

Leave a Comment