आश्विन ६ २०७७   |  2020 Sep 22    


नेपाल भारत सम्बन्धका कुरा


news

नेपाल भारत सम्बन्ध आजको नभई धेरै पुरानो हो । अझै पनि जनस्तरमा नेपाली र भारतीय जनताबीच त्यस्तो कुनै दुराशय छैन । भारतीयहरु नेपाल आई औषधि उपचार, जागिर, ब्यापार ब्यवशाय गरेर ठूलै धनरासी भारत लिएर जान्छन् । नेपालीहरु पढ्नदेखि भारतको सेना, पुलिसमा भर्ति भएर सुरक्षामा खटिइरहेका छन् ज्यानको बाजी लगाएर । त्यसका अतिरिक्त सामान्य नागरिक सानोतिनो काम चौकिदारी, होटल ब्वाय भएर काम गरेर अलिअलि पैसा ल्याउँछन् र जहानबच्चाको लालनपालन गर्छन् । रितिरिवाज चाडपर्व धर्म संस्कृति देवी देवता सबै उस्तैउस्तै छन् । त्यसैले नेपाली हिन्दूहरु तिर्थाटनमा भारतका बिभिन्न मठमन्दिर धाउँछन् भने, भारतीय हिन्दूहरु पनि नेपालका मठमन्दिरमा दर्शन गर्न आउँछन् । जनस्तरमा यो सब सदियौं देखि चलिरहेको छ । यो सामान्य कुरा हो । जवसम्म एकले अर्काे देशको अखण्डतामाथि, राष्ट्रिय भूखण्डमाथि दखल दिंदैनन् तवसम्म सबै ठीकै रहन्छ । तर जव कुनै देशले आप्mनो छिमेकी सँधियारमाथि दखल पुराउँछ, यहाँ कटुता बैमनस्यता उत्पन्न गराउँछ त्यो सब मिलाउने र सौहाद्र वातावरण तयार पार्ने भाइचारा कायम राख्ने काम ती देशका शासकको हुन्छ ।


त्यस्तै कटुताको वातावरण उब्जाएको छ भारतले नेपालमाथि । ठूलो छु भन्दैमा सानालाई हेप्न पाईँदैन । दुब्र्यवहार, गाली गलौज गर्न पाइँदैन । तर, भारतले गरिरहेको छ । देश ठूलो होस् वा सानो सबैको आआप्mनो अस्तित्व हुन्छ । आप्mनो देश र माटोप्रति माया ममता हुन्छ । कसैले आप्mनो देशको राष्ट्रियताप्रति दखल पुराउँदा त्यहाँका नागरिकलाई पीर पर्छ । सबैले आप्mनो देशप्रति गौरव गर्छन् । त्यसैले छिमेकी दुबै देशले एक अर्कालाई सम्मान गर्र्नुपर्छ । उसलाई कुनै कुराले दखल दिनुहुँदैन । तर, भारत छिमेकी देश भइकन पनि छिमेकीजस्तो ब्यवहार गर्दैन । हरेक कुरामा नेपालमा दखल दिन्छ । जहिले पनि नेपालप्रति दादागिरी देखाउँछ । नेपाललाई आघात पुराउने काम गर्छ । भारतीय शासकहरु कतिसम्म लिच्चड छन् भने अर्काको जमिनमा जसरी पनि कब्जा जमाउन खोज्छन् । त्यसलाई आप्mनो धर्म सम्झन्छन् । उसले आप्mना सिमा सुरक्षा बलव्दारा नै नेपाली भूमि अतिक्रमण गराउँछ । आप्mनो जमिन मिचिएको कुरा गर्दा नेपालीलाई कुट्ने पिट्ने छोरी चेलीमाथि दुब्र्यवहार गर्ने गर्छ । नेपालकै जमिनबाट बाँध बाँधेर पानी लगेको छ, नेपालकै जमिन डुवान बनाइदिन्छ । कति सहने ? नेपालीले मजदुरी गरी ल्याएको पैसा र सामान नाकानाकामा सुरक्षाकर्मीबाट लुटिनु सामान्य कुरा भइसक्यो । जो चोर उसैको ठूलो स्वर भन्ने उखानजस्तै उसले जमिन लुट्छ उसैले अनि भारतीय संचारमाध्यमबाट तथानाम नेपालीलाई गाली गर्छ ।

सहनुको पनि हद हुन्छ । भारतले नेपाललाई गर्ने त्यस्तो दुब्र्यवहार र त्यसको दुच्छर चरित्र देख्दा जुनसुकै नेपालीको पनि मन कुडिन्छ र भारतप्रति नकारात्मक भावना पैदा गराउँछ ।

भारत नेपालभन्दा २२ गुण ठूलो छ र उसको ७ हजार किलोमिटर त समुद्री सीमा छ । नेपाल भूपरिबेष्ठित देश हो । यसलाई कतैबाट समुद्रले छुँदैन । तीनतिर भारतले नै घेरेको छ । समुद्रको सहुलियत भएका देशले भूपरिबेष्ठित देशलाई सहयोग गर्नु र समुद्री बाटो प्रयोग गर्न दिनुपर्ने अन्तर्राष्ट्रिय मान्यता पनि छ । भारतले बाटोसम्म दिँदैन । नेपाललाई के सहयोग गर्छ ? उसले हाम्रा सिमानाहरुमा दखल नदिएर सहयोग गरे ठूलो गुन लाग्छ । तर, जहिले पनि भारतले सिमानाकामा दखल दिन्छ । नेपाली भूमी रातारात आफ्नो बनाउँछ । यहाँसम्म कि नेपाल चन्द दिनमा भारतको हुन्छ भनेर मिडियाबाट फलाक्छ । यो उसको भिखारी चरित्र होभन्दा फरक पर्दैन । भारत र नेपालको कुनै पनि ठाउँको सिमा विबाद समाधान भएन । न सुस्ताको जमिनको समस्या समाधान भयो न त कालापानी, लिपुलेक लिम्पियाधुरा वा अन्य ठाउँको भयो । न त भारतले आप्mनो सेना हटाएर लग्यो । भारतले गरेका करतुतको कतै कुनै समस्या समाधान भएको छैन । महाकाली पूर्व नेपाल र पश्चिम भारत भनेर महाकाली नदीलाई सिमानदी मानिएता पनि भारतले नदी पूर्वका धेरै ठाउँमा बाँध र नहर बनाउँदा ओगटेर बसेके छ । नदीलाई सिमानदी मानेपछि भारत नदी तरेर वारी आउन र नेपाली भूमीमा कब्जा जमाउन नपाउने हो, तर भारतको मिचाहा प्रबृत्ति र विबेकहीन सोंचकाकारण नेपाली भूमिमा बिभिन्न नाममा कब्जा जमाउँदै अगाडी बढिरहेको छ ।

यसरी नेपाली भूमि अतिक्रमण गर्न भारतको मनोवल बढ्नुका पछाडी सन्धि सम्झौता गर्दा नेपाली शासकले गुमाएको विवेक पनि मुख्य कारक हो । उनीहरुले धेरै गल्ती गरेका छन् । अथवा पैसामा बिकेका होलान्, त्यसैले पनि भारतीयले नेपाली शासकहरुको कुरा सुन्दैनन् । सयौँपटक टेवलमा बसेर कुरा गर्ने र सिमाबिवाद टुङ्गाउने भनेर पत्र लेखिएको भने पनि भारत सुनेको नसुन्यै गर्छ । अहिले त उसले हदै पार गर्यो । नेपाललाई नसोधी तिब्बत मानसरोबर पुग्ने बाटोसमेत बनाउन थाल्यो । कसरी बढ्यो उसको यसो गर्ने मनोवल ? आप्mनो गाउँठाउँमा पुग्ने नेपालीलाई भारतीय भूमिमा आउजाउ गरेको पाइएको भनेर त्यसो नगर्न भन्दै स्थानीय सरकारलाई पत्राचारसमेत गर्न भ्यायो । आप्mनो देशका गाउँठाउँ पुग्न भारतीयहरुको अनुमति लिनुपर्ने नेपालीले ? यो कतिसम्मको हेपाहा प्रबृत्ति हो भारतको ? हाम्रा देशका शासकलाई देशको साँध सिमाको पत्तै छैन । आप्mनो देशका कुनाकाप्चासम्म सरकार कहिल्यै पुगेन । उनीहरुलाई सत्तामा पुग्ने दाउपेच मिलाउन र देशभित्र किचलो गर्दैमा ठिक्क छ । देशको सिमानाकाको किचलो त्यो देशको शासकले नै सल्टाउनु पर्छ । भारतसंग कुरा गर्ने गराउने, सिमा मिलाउने, टेवल वार्ता गर्ने गराउने काम प्रधानमन्त्री, परराष्ट्र, भूमिसुधार मन्त्रालयको हुन्छ । अलिकति दोष नेपाली भूमिभित्र बस्ने नेपाली नागरिकको पनि हो । उनीहरु आफु नेपाली भइकन पनि भारतीयले आफुमाथि अन्याय गर्दा र सिमा मिच्दा कुनै प्रतिवाद गरेनन् न त प्रशासनलाई खवर गरे । बरु भारतीयहरुको सहयोग खाइरहे । भारतीयहरुको मनोवल बढाउने काम गरे । त्यसैले पनि भारतको मनोवल बढ्दै गएको हो ।
भारत बिगत ५८ वर्षदेखि नेपाली भूमि कालापानीमा अड्डा जमाएर बसेको छ । त्यहाँबाट हट र आफ्नै देश जाउभन्दा हट्दैन र जवरजस्ती बसेको बस्यैछ । त्यसरी अर्काको देशमा जवरजस्ती आएर कोही बस्न पाउँछ ? नेपालका सेना पनि भारतको कुनै ठाउँमा गएर त्यस्तै अड्डा जमाएर बसे के होला ? भारत पनि पाकिस्तान, बंगलादेश गएर कुनै ठाउँ ओगटेर बसोस् त के हुन्छ त्यहाँ ? देश भनेको देश नै हुन्छ जसको एउटा निश्चित सिमा हुन्छ ।

एकातिर यस्तो छ भने अर्कोतर्फ भारतीयहरु भन्छन् नेपाल भारतबाट पालिएको छ । जव कि एउटा तथ्याङ्कमा देखिएअनुसार भारतबाट सन् २०१९ मा नेपाल आएको रेमिटेन्स १ खर्ब ३८ अर्ब रहेको छ भने नेपालबाट भारत जाने रेमिटेन्स ४ खर्ब ७० अर्ब रहेको छ । आखिर नेपालबाटै भारततिर रेमिटेन्सको पैसा धेरै जाँदोरहेछ । त्यसैगरी गत आर्थिक बर्षमा नेपालले भारतबाट ९ खर्ब १८ अर्बको सामान किनेको तथ्याङ्कले देखाउँछ भने भारतले नेपालबाट ६३ अर्बको सामान लगेको देखिन्छ । नेपालले नेपाली किसानका सामानलाई प्राथमिकता नदिएर भारतीय सामानमात्र खरिद गर्नु, भारतीयहरुको दलाली गर्नु पनि हो र भन्सारनाकामा पैसा खाएर सामान नेपाल भित्राउन दिने गरेको कारण पनि हो । अनलाइन खवरमा पढेअनुसार नेपालमा हरेक पन्ध्र दिनमा साढे २६ करोड बराबरको भन्सार छलि गरि सामान भित्रन्छ रे । लकडाउनकै बेलाको कुरा गरौं नेपालका तरकारी माछा, मासु, दुध अण्डाले नेपालमा बजार नपाएर फाल्ने खाल्टो खनेर पुर्नेसम्मका काम भए । तर भारतीयहरुका त्यस्तै तरकारी फलफूल अण्डा, माछा, निर्वाध नेपालका पहाडी गाउँठाउँ, मुक्तिनाथसम्म पुगे । यो कसरी सम्भव भयो भन्दा भन्सारका कर्मचारीले भारतीय गाडीबाट पैसा खाएर सम्भव भयो । नेपाली सामानलाई प्रोत्साहन दिनुको साटो दुब्र्यवहार गरियो । नेपाली सामानलाई खाल्टामा पुरियो, दुध अण्डा फालियो । तरकारीमा डोजर लगाइयो ।


नेपालमा उत्पादन नहुने कुनै सामानहरु ल्याउनु अन्यथा हुँदैन, ल्याउनु पर्यो । तर नेपाली उत्पादनलाई हौसला दिनु पनि पर्यो, कृषकलाई सहुलियत दिनुपर्यो । तवमात्र देश आत्मर्निभरतिर उकालो लाग्छ । सबै कुरामा भारतमै भरपर्दा भारतले कुनैबेला धोकादिँदा ठण्डाराम हुन्छ । यो हामीले पटक पटक ब्यहोरेकै हो । भारतको धेरै गुलामी नगरौँ । देशको सिमा निक्र्योल गरेर सुरक्षा गरौं । अनि बिकास निर्माणका काम गर्दै गरौँला ।

अपडेट : 2020-08-11 14:45:41




your-image

Leave a Comment