आश्विन ६ २०७७   |  2020 Sep 22    


देशभर ३३८ संक्रमित थपिए, ६ हजार ७ सय ३८ जनाको उपचार हुँदै


news

सोमबार देशभर ३ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ८ हजार ४ सय ३२ जनाको परीक्षण गरिएको मध्ये ३ सय ८० जनामा कोरोना पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार थपिएका सहित नेपालमा संक्रमितको संख्या २३ हजार ३ सय १० जना पुगेको बताए।

सोमबार ६ हजार ७ सय ३८ जना आइसोलेसनमा रहेका छन् । हाल १० हजार ७५९ जना क्वारेन्टाइनमा रहेका डा. गौतमले बताए।

सोमबार थप १४० जना उपचारपछि निको भइ डिस्चार्ज भएको भएका छन्। योसहित १६ हजार ४ सय ९३ जना संक्रमण मुक्त भएका छन् । जुन कुल संक्रमित मध्ये निको हुने प्रतिशत ७०.७ हो। कोरोना संक्रमणको कारणले ७९ जनाको मृत्यु भएको छ।

अपडेट : 2020-08-10 16:41:35




your-image

Leave a Comment