आश्विन ६ २०७७   |  2020 Sep 22    


चट्याङ लागेर गुल्मीमा एक जनाको ज्यान गयो


news

गुल्मीमा चट्याङ लागेर एक जनाको ज्यान गएको छ । गुल्मीको मदाने गाउँपालिका १ अग्लुङ्गका ३९ वर्षका कमल भण्डारीको सनिबार राती चट्याङ लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक राजकुमार रावलले जानकारी दिएका छन् ।


सनिबार राती ८ बजेको समयमा आफ्नै घरमा बसिरहेको अवस्थामा भण्डारीलाई चट्याङले हान्दा उहाँको घटनास्थलमै ज्यान गएको हो । घटनाको जानकारी पाएपछि आईतबार बिहानै ईलाका प्रहरी कार्यालय पुर्कोटदहवाट प्रहरी टोली घटना स्थलमा जाँदै गरेको बताईएको छ ।

प्रहरी टोली घटनास्थलमा पुगेपछि मृतकको शवलाई पोष्टमार्टमका लागि सदरमुकाम तम्घास ल्याईने प्रहरि निरिक्षक रावलले बताए ।

अपडेट : 2020-08-09 10:21:41




your-image

Leave a Comment