आश्विन ६ २०७७   |  2020 Sep 22    


कपिलवस्तुमा कार्यालयको सेवा र सार्वजनिक सवारी संचालन रोक


news

समुदायस्तरमा कोरोनाको संक्रमण देखिएपछि जिल्ला कोरोना संकट व्यवस्थापन समिति (डिसिसिएमसी) को बैठकले जिल्लाका अति आवश्यकिय बाहेकका सेवा प्रवाह र सार्वजनिक सवारी साधन संचालनमा पुर्ण रुपमा रोक लगाउने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा प्रजिअ दिर्घ नारायण पौडेलको अध्यक्षतामा सम्पन्न समितीको बैठकले कोरोना संक्रमण समुदायस्तरमा फैलिएको भन्दै सो निर्णय गरेको हो । साउन २३ गते बिहान ५ बजेदेखि साउन ३२ गते राती १२ बजेसम्म निर्णय लागु हुने प्रशासनले जनाएको छ ।

बैठकले अति आवश्यकिय सेवा संचालन गर्ने बाहेकका सबै सरकारी कार्यालयहरु र बैंक तथा बित्तीय संस्थाहरुबाट प्रदान गरिने सेवा पुर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ । त्यसै गरि मालबाहक ढुवानिका साधन बाहेक जिल्ला भित्र संचालन हुने सार्वजनिक सवारी साधनहरु पुर्ण रुपमा बन्द गर्ने र निजि सवारी साधन जोर बिजोर नम्बरका आधारमा चल्न दिने निर्णय भएको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका सहायक प्रजिअ गणेश नेपालिले जानकारी दिए ।
बुधबार र बिहीबार आएको स्वाब परिक्षणको नतिजाले कपिलवस्तु जिल्लामा कोरोनाको संक्रमण समुदायस्तरमै फैलिएको भेटिएको छ । साउन १८ गते जिल्लाका बिभिन्न क्षेत्रका ३ सय २० जना व्यक्तिको नमुना स्वाब संकलन गरिएको थियो । जिल्लाका बिभिन्न क्षेत्रमा लिईएको नमुना स्वाब परिक्षण गरि २ सय ९२ जनाको रिपोर्ट आउदाँ ४१ जनामा कोरोना संक्रमण भेटिएको छ । बिहिबार मात्रै २१ जना संक्रमित थपिएर कपिलवस्तुमा कुल संक्रमित हुनेको संख्या ८ सय ४० पुगेको छ । नमुना परिक्षणको नतिजाले सबै भन्दा बढि कोरोना संक्रमणबाट प्रभावित हुनेमा बैङ्क तथा बित्तिय संस्थाका कर्मचारी, सरकारी सेवा प्रदायक, स्वास्थ्यकर्मी र समुदायस्तरमा रहेका व्यवसायीहरु देखिएका छन ।

जिल्लाभरका ८ बैङ्क तथा बित्तिय संस्थाका १६ कर्मचारीहरुमा संक्रमण पुष्टी भए पछि संक्रमित भेटिएका बैङ्क तथा बित्तिय संस्था शिल गरिएको छ । तौलिहवामा रहेको ग्लोबल आईएमई बैङ्कका ३ जना महिला कर्मचारी, मेगा बैङ्कका १ जना पुरुष र १ जना महिला कर्मचारी, कृषी बिकास बैङ्कका १ जना पुरुष कर्मचारी, लक्ष्मी बैङ्कका १ जना पुरुष कर्मचारी, गुहेश्वरी मर्चेन्ट बैङ्किग एण्ड फाईनान्सका ४ जना पुरुष कर्मचारी तथा तिनाउ मिसन डेभलप्मेन्ट बैङ्क लिमिटेडका २ जना पुरुष कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ ।

उता कृष्णनगर स्थित नेपाल बैङ्क लिमिटेडका एक पुरुष र एक महिला कर्मचारी तथा एभरेष्ट बैङ्कका १ जना पुरुष कर्मचारीहरुमा कोरोना संक्रमण देखिएको हो । बिहिबार संक्रमण पुष्टि भएकामा पोलिक्लिनिकका २ जना, गैससका ३ जना, स्वास्थ्यकर्मी १ जना, शिक्षक २ जना, बजार क्षेत्रका व्यवसायी र स्थानिय ३ जना र मायादेवी गाँउपालिकाका स्वाथ्यकर्मी १ जना छन ।

पछिल्लो समय गरिएको समुदायस्तरको नमुना संलग्नको नतिजाले समुदायस्तरमै कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले जानकारी दिनु भयो । बुधबार सम्म जिल्लामा ९ हजार ६ सय ६० जनाका स्वाब संकलन गरिएकोमा २ सय ५४ जनाको रिपोर्ट आउन बाँकी छ । हाल सम्मका ७ सय ४७ जनामा संक्रमण निको भएको छ भने ९२ जना संक्रमित आईशोलेशनमा रहेका छन ।

अपडेट : 2020-08-06 20:30:09




your-image

Leave a Comment