श्रावण २८ २०७७   |  2020 Aug 12    


‘जडीबुटी उद्यान’ हल्ला मात्रै कि बन्छ पनि ?


news

नेपाल संस्कृत विश्वविद्यालयले विद्यार्थीहरुको सिकाई सीप बढाउनका लागि विगत केही वर्षदेखी जडीबुटी उद्यान निर्माणगर्ने भनेपनि राजनीतिक खिचातानीका कारण अहिलेसम्म निर्माण हुन नसकेको छैन् ।


२०६७ सालमा आयुर्वेद अध्ययन संस्थान स्थापनागरी आफ्नै आंगीक क्याम्पसमा आयुर्वेद स्नातक तह सञ्चालन गर्दै आएको विश्वविद्यालयले जडीबुटी उद्यान निर्माण नगर्दा विद्यार्थीहरु मर्कामा पर्दै आएका छन् ।

अहिले फेरि विश्वविद्यालयले जडिबुटी उद्यान निर्माण गर्ने भएको छ । संस्कृत विश्वविद्यालय अन्र्तगत रहेको आयुर्वेद अध्ययन संस्थानले आयुर्वेद उत्तरमध्यमा तह (एएचए) र आयुर्वेद स्नातक तह (विएएमएस) अध्ययरत विद्यार्थीहरुका लागि विश्वविद्यालयकै जग्गामा जडिबुटी उद्यान निर्माण गर्न थालेको हो । तर यो काम विगतमा हुने गरेको पटक पटकको कुराले पूरा होला कि नहोला भन्नेमा ढुक्क हुने अवस्था छैन् ।

१८ बिगाह क्षेत्रफलमा निर्माण गरिने उद्यानमा पाठ्यक्रममा रहेका पाँच सय जडिबुटी मध्ये हिमाली क्षेत्रमा पाइने बाहेक सम्पूर्ण जडिबुटीहरु रोप्ने तयारी गरिएको छ । “उद्यानभित्र रोपिएका सम्पूर्ण बिरुवाका नाम नेपाली, संस्कृत, अङ्ग्रेजीमा राखिने छ भने, बिरुवाको उपभोग्य बोक्रा, फल, पात कुन रोगका लागि कसरी प्रयोग गरिने भन्ने बारेमा विस्तृत सूचना पाटीको समेत व्यवस्था गरिने छ” नेपाल संस्कृत विश्वविद्यालयका डिन सञ्जय पोख्रेलले भने । “उद्यान भित्र जमिनमा पाइने, पानीमा पाइने जडिबुटी, लहरा प्रजातिका जडिबुटी, पार्किङ स्थल, विश्राम स्थल, ध्यान स्थल, कम्पोष्ट मल तयार पार्ने ठाउँ रहने पोख्रेलले जानकारी दिए ।

नेपाल संस्कृत विश्वविद्यालयका अनुसार विश्वविद्यालय अनुुदान आयोगबाट पाँच करोडको प्रस्तावना स्वीकृत भएकाले तत्कालै काम अघि बढाइने भएको छ । नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राध्यापक रमेशप्रसाद ढकालले विश्वविद्यालयका प्रयोग विहिन अवस्थामा जग्गालाई प्रयोगमा ल्याउनपनि जडिवुटि उद्यान निर्माण गर्न लागिएको बताउछन् । “विश्वविद्यालयको सम्पूर्ण जग्गालाई कसरी उपभोगमा ल्याउन सकिन्छ भन्ने बारेमा विस्तृत अध्ययनमा छौ, अध्ययन पश्चात प्रतिवेदन तयारगरी योजनाबद्ध काममा लाग्ने छौ” ढकालले भने । उपकुलपति ढकालका अनुसार पहिलो चरणमा आयुर्वेदिक जडिबुटी अध्ययन, अनुसन्धानका लागि मात्रै उद्यान निर्माण गर्न थालिएको छ । जग्गाको विस्तृत अध्ययन प्रतिवेदन अनुसार व्यवसायीक रुपमै जडिबुटी उत्पादन गर्न सकिने उपकुलपति ढकालको भनाई छ ।

आयुर्वेद अध्ययन संस्थान नेपाल संस्कृत विश्वविद्यालयको डिनको कार्यालय हेर्ने गर्दछ । तर विगतका वर्षहरुका कहाँ के काम भयो भन्ने कुराको जानकारी नभएको नेपाल संस्कृत विश्वविद्यालयका डिन प्राध्यापक डाक्टर सञ्जय पोख्रेल बताउछन् । “विगतमा जडीवुटी उद्यान निर्माणको रकम खर्च त भएको छ तर कहाँ कती रकम खर्च भयो मलाई जानकारी छैन” डीन पोख्रेलले भने । तर अहिले नेपाल संस्कृत विश्वविद्यालयको डीन कार्यालयले जडीबुटी उद्यान निर्माणको लागी भर्खरै काम शुरु भएको जनाएको छ । विश्वविद्यालयको अनुदान आयोगसंग एक साता अघि संझौता गरी जडीबुटी उद्यान निर्माणको काम सुरु गरीएको डीन पोख्रेलले जानकारी दिए ।

जडीवुटी उद्यान निर्माणका लागी प्राध्यापक डाक्टर संञ्जय पोख्रेलको अध्यक्षतामा १५ सदस्यीय निर्माण समिति बनाईएको छ । उद्यान निर्माणका लागी विश्वविद्यालयको केन्द्रीय कार्यालय भन्दा पश्चिमतर्फको करीव १८ विगाह जग्गा छनौट गरी पर्खाल लगाउने काम सम्पन्न भैसकेको निर्माण समितिका अध्यक्ष पोख्रेलले जानकारी दिए ।

जडीवुटी उद्यानमा नीम, अमला, तुलसी लगाएतका जडीवुटीहरु रोपेर खाद्य पेय, औषधी, सुगन्धीत पदार्थ, प्रसोधनका बस्तु, हर्बल उत्पादन गरीने उनले बताए । उद्यान निर्माणवाट आयुर्वेद अध्ययन गर्ने शिक्षक, विद्यार्थी, अनुसन्धानकर्ता तथा जिज्ञाशुहरुले प्रत्यक्ष अवलोकन गर्न पाउनेछन् । व्यवस्थीत एवं मनमोहक रुपमा निर्माण गरीने उद्यानले एकै ठाँउमा सवै जडीवुटीको अवलोकन गर्न पाउने हुँदा यसलाई बहुउपयोगी उद्यानको रुपमा लिन सकिने विश्वविद्यालयले जनाएको छ ।

अपडेट : 2020-07-29 13:29:11




your-image

Leave a Comment