श्रावण २८ २०७७   |  2020 Aug 12    


आफू प्रधानमन्त्री हुँदा नक्सा थाहा नपाउनेले अहिले मैले हो भन्न कसरी सकेको ?


news

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले आफू प्रधानमन्त्री हुँदा नक्साको कुरा थाहा नपाउनेले अहिले प्रधानमन्त्रीले होइन मैले नक्सा जारी गरेको भन्दै हिंडेको भन्दै पार्टी अध्यक्ष पुष्पकमल दाहालप्रति कटाक्ष गरेका छन् ।

नेकपा अध्यक्ष पुष्पकमल दाहालले शुक्रबार पुष्पलाल स्मृती दिवसको कार्यक्रमलाई काठमाडौंमा संबोधन गर्दै आफूले नक्सा जारी गर्न दवाव दिएको तर त्यसको श्रेय प्रधानमन्त्रीले लिन खोजेको बताएका थिए । नेकपा स्थायी समिति सदस्य समेत रहेका मुख्यमन्त्री पोखरेलले शनिबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै त्यसको जवाफ फर्काएका हुन् ।

उनले कालापानी क्षेत्रको सीमा विवाद पुरानै रहेको समेत बताएका छन् । “कालापानी क्षेत्रको सिमा विवाद पुरानै हो । आफु प्रधानमन्त्री हुदा नक्साको कुरा थाहा नपाउनेले अहिले उहाले होइन मैले हो भन्न कसरी सकेको ?”–मुख्यमन्त्रीले भनेका छन् ।

नेकपा अध्यक्ष दाहालले लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समेटेर नयाँ नक्सा जारी गर्ने पार्टीको निर्णय भएको र प्रधानमन्त्रीले त्यसलाई वैधानिकता मात्र दिएको दावी गरेका थिए । तर पार्टीको निर्णयलाई व्यक्तिको खल्तीमा हाल्ने प्रयास इमान्दार नभएको भन्दै उनले भनेका थिए–“निर्णय गराउने दलाल, जसले ढिला गर्यो उसकै देवत्वकरण हुन सक्दैन ।”

अपडेट : 2020-07-25 14:53:31




your-image

Leave a Comment