श्रावण २८ २०७७   |  2020 Aug 12    


भेरी अस्पतालमा अख्तियारको छापा, १६ लाखसहित कम्प्युटर अप्रेटर पक्राउ


news

कोरोना परीक्षण प्रयोगशाला रहेको नेपालगन्जस्थित भेरी अस्पतालमा अख्तियारले छापा मारेको छ। छापा मार्ने क्रममा अस्पतालमा कार्यरत कम्प्युटर अप्रेटर अरुणराज खनाललाई १६ लाख १३ हजार ९ सय ७५ रुपैयाँसहित पक्राउ गरेको छ। आयोगको बुटवलबाट खटिएको टोलीले कम्प्युटर अप्रेटर खनाललाई उक्त रकमसहित पक्राउ गरिएको हो।

खरीद गरिएको विभिन्न पाटीसँग कमिसन वापतको रकम लिँदै गर्दा खनाललाई पक्राउ गरिएको बुझिएको छ। उक्त रकम सामान खरीदको कमिसन रहेको अख्तियारको भनाइ । उनका बारेमा थप अनुसन्धान भइरहेको अख्तियारले बताएको छ ।

यसअघि अस्पतालमा ल्याइएको कोरोना भाइरस परीक्षण उपकरणमा आर्थिक चलखेल भएको भन्दै अस्पतालविरुद्ध उजुरी दर्ता भएको थियो। उजुरी दर्तापछि अख्तियारले प्रारम्भिक अनुसन्धान गरेको र अनुसन्धानका क्रममा अस्पतालले अख्तियारलाई उपलब्ध गराएका कागजपत्र सन्तोषजनक नदेखिएपछि थप अनुसन्धानका लागि अख्तियारको टोलीले बिहीबार छापा मारेको हो।

गत असार ४ गते अख्तियारले भेरी अस्पतालमाथि प्रारम्भिक छानविन गरेको थियो। ‘अख्तियारमा उजुरी दर्ता भएपछि भेरी अस्पतालसँग उक्त उजुरीका बारे स्पष्टिकरण सोधिएको थियो। अख्तियारमा उजुरी परेपछि अस्पताललाई ७ दिनको म्याद दिएर बायो मेडिकल इकुपमेन्ट लगायतका सामाग्री खरिदका कागजजात, रसिद, टेण्डर आव्हानको प्रक्रियासँग खरिद प्रक्रियाबारे स्पष्ट लिखित जवाफ पठाउन माग गरिएको थियो।

भेरी अस्पतालमा कोरानाको टेष्टका तथा अन्य प्रयोजनका लागि करोड बढीको मेडिकल उपकरण खरिद गरेको थियो।

अपडेट : 2020-07-24 01:04:04




your-image

Leave a Comment