श्रावण २८ २०७७   |  2020 Aug 12    


पुष्पलालः कम्युनिष्ट आन्दोलनको मूर्त इतिहास


news

पुष्पलालको जीवन नै नेपालको कम्युनिस्ट आन्दोलनको मूर्त इतिहास हो । वर्तमान जहिले पनि इतिहासको जगमा खडा भएको हुन्छ । इतिहासको मूल्यवान अनुभव र वर्तमानमा गरिने प्रयोगको व्यावहारिक अनुभवका आधारमा भविष्यको नीति निर्धारण गरिन्छ । पुष्पलालको जन्म समयको नेपाल र विश्वको परिस्थिति, पारिवारिक पृष्ठभूमि, बाल्यकाल, शिक्षादीक्षा, राजनैतिक आन्दोलनमा सक्रियता, नेकपाको स्थापना, नेपाली समाजको गहन अध्ययन गरी नेपाली क्रान्तिको कार्यक्रम कार्यनीति, रणनीति निर्धारण, कम्युनिस्ट पार्टी सञ्चालनको कार्यपद्धति र प्रतिपादन गरिएको नीतिप्रति दृढ विश्वासका साथ व्यवहार आदि उहाँका जीवनका महत्वपूर्ण योगदानहरूको जगमा आज नेपालको कम्युनिस्ट आन्दोलनले यहाँसम्म विकसित भएको हो । कमरेड मदन भण्डारी भन्नु हुन्छ, यदि पुष्पलाललाई समग्रतामा विश्लेषण गर्ने हो भने त्यो नेपालको कम्युनिस्ट आन्दोलनको इतिहास हुनेछ । उहाँको विचार काम र व्यक्तित्वलाई अलग गरेर नेपाली कम्युनिस्ट आन्दोलनको इतिहास पूर्ण हुन सक्दैन ।” (क. पुष्पलाल स्मृति अङ्क २०५२ः १२)

पुष्पलालको जन्म समयको नेपालको परिस्थिति
पुष्पलालको जन्म हुँदाको समयमा सम्पूर्ण दक्षिण एसियामा अंगे्रज साम्राज्यवादले कब्जा जमाई उपनिवेश कायम गरिसकेको थियो । नेपालमा केन्द्रीय सामन्ती सत्ताको स्थापना भएको थियो तर विकसित हुन पाएको थिएन । दरबारमा ऐश्वर्य भोगका लागि शाहवंशकै परिवारभित्र सत्ता सङ्घर्षका खेलहरू भइरहेका थिए । सुगौली सन्धि (सन् १८१६) देखि नेपालमा आफ्नै प्रभुत्व कायम राख्न अङ्ग्रेजी साम्राज्यवाद सफल हुँदै गयो । अझ १४ सेप्टेम्बर १८४६ मा वीभत्स हत्याकाण्ड (कोतपर्व) गराई जंगबहादुर र उनको परिवारको एकछत्र निरङ्कुश शासन स्थापित गरेर शाहवंशका राजालाई अधिकार विहीन अवस्थामा राजदरबारमा बन्दी जस्तै बनाइयो। नेपालका कुटिर उद्योगहरू बन्द गरिए। ईसा पूर्वदेखि नै नेपाल मध्य एसियाको व्यापारिक केन्द्र थियो त्यो बन्द गरियो । नेपालको व्यापार मार्ग भारतमा स¥यो । राणा र उनका चाटुकारहरूले अधिकांश जमिन आफ्नो कब्जामा लिए ।


यसरी उद्योग व्यापार नभएपछि नेपाली श्रमिकहरू बेरोजगार भए । आफ्नो जमिनबाट समेत वञ्चित भई किसानहरू भूदासमा परिणत भए। नेपालीहरू बाँच्नका लागि कामको खोजीमा भारत र बर्मातिर विदेशिन बाध्य भए। युवाहरूलाई अङग्रेजी पल्टनमा भर्ती गरियो। विदेशमा रगत–पसिना बगाएर कमाई ल्याएको पैसा गाउँका सामन्त (साहु, महाजन, फटाहा) हरूले जालझेल गरेर खाइदिने गर्थे । उनीहरूको विरुद्धमा कहीँ कतै सुनुवाई हुँदैनथ्यो । निर्दोष र निर्धन जनताको शोषणबाट राणाहरूले विशाल र विलासी भवनहरूको निर्माण गर्दै रहे । भारतीय बजारको प्रभुत्व र दबाबले नेपालको राष्ट्रिय पुँजीपतिवर्ग थिचियो । दलाल पुँजीपति वर्ग तयार हुँदै गयो । राजा, भूमिपति वर्गको एक हिस्सा, राष्ट्रिय पुँजीपति वर्ग, किसान सुकुम्बासी, सहरको शिक्षितवर्ग र सर्वहारा वर्ग सबैमा असन्तोष चुलिँदै गयो । जनअसन्तोष सामाजिक र धार्मिक सुधारको आन्दोलनको रूपमा अभिव्यक्त हुन थालेको थियो। राणा शासनको यस्तो यो बिगबिगी भएको समयमा पुष्पलालका पिता भक्तलाल श्रेष्ठ राणा सरकारको जागिरे कर्मचारी सुब्बाको पदमा कार्यरत हुनुहुन्थ्यो । राणाकालीन नेपालमा राणा खलक बाहेकका जनताका छोराहरूले पाउने गरेका सबैभन्दा माथिका पद जिल्लाको हाकिम र सुब्बासम्म हुने गर्दथे ।

पुष्पलालको जन्म समय र स्थान
पुष्पलालका पिता भक्तलाल श्रेष्ठ र तुल्सीमाया श्रेष्ठ काठमाडौंबाट जागिरको सिलसिलामा सरुवा भई त्यसवेला पूर्व २ नम्बरको रूपमा चिनिने वर्तमानको रामेछाप जिल्लाको भँगेरी भन्ने ठाउँमा पुग्नु भएको थियो । त्यहाँ विक्रम संवत् १९८१ साल असार १५ गते पुष्पलाल जन्मनु भएको थियो । पुष्पलाल जान्मनुभन्दा अगाडि उहाँका दाजु गंगालाल र दिदी हिरण्यकुमारी आमाका काखमा हुनुहुन्थ्यो । पुष्पलालपछि उहाँका तिनभाइहरू गौरीलाल, देवीलाल, विजयलाल र एक बहिनी पुष्पलता जन्मनु भयो।


बाल्यकाल र शिक्षादीक्षा
पुष्पलालका पिता भक्तलाल श्रेष्ठलाई सरकारी कामकाज र अड्डामा बढी समय व्यस्त रहनुपर्ने भएको हुनाले पुष्पलालको हेरविचारमा आमाको नै विशेष हात रहन्थ्यो । आमाको काखमा रामेछापपछि ओखलढुङ्गा र सिन्धुपाल्चोकमा उहाँका बाल्यकालका केही वर्ष बिते । काठमाडौं फर्केपछि घरमै दाजु गंगालालले शिक्षाको प्रबन्ध मिलाउनु भएको थियो । प्राथमिक शिक्षा पुरा गरेपछि दरबार हाइस्कुलमा पढ्नु भयो । वि.सं. १९९५ सालमा त्रिचन्द्र कलेजमा आइ.एस्सी.मा भर्ना भएपछि गंगालालले दरबार हाइस्कुलमा पढ्ने भाइ पुष्पलाललाई विश्व इतिहासका महत्त्वपूर्ण घटनाहरूका साथै नेपाल, भारत र बेलायतको त्यस वेलासम्म उपलब्ध हुन सकेको इतिहास अत्यन्त मेहनत र ममतामय शैलीमा पढाउनु भएको थियो । पुष्पलालले दरबार हाइस्कुलबाट प्रवेशिका उत्तीर्ण गर्नुभयो । उहाँले त्यसपछि औपचारिक शिक्षाको अवसर पाउनु भएन । तर, स्वाध्ययन, कृति र व्यवहारका कारण उहाँ नेपालको उच्च कोटीको विद्वानका रूपमा सम्मानित हुनुहुन्छ ।


राजनीतिक आन्दोलनमा सक्रियता
सामाजिक धार्मिक सुधारका आन्दोलन हुँदै वि.सं. १९८६ पछि नेपालमा राणाशाही विरोधी सङ्गठित राजनीतिक आन्दोलनको सुरुवात हुन थाल्यो । राजदरबारको सहयोगद्वारा राणाशाहीलाई समाप्त गरी वैधानिक राजतन्त्रको स्थापना गर्ने कार्यनीति लिएर वि.सं. १९९३ साल जेठ २० गते ‘प्रजापरिषद’ नामक राजनीतिक संस्थाको जन्म भयो । यसका संस्थापकहरू टंकप्रसाद आचार्य, दशरथ चन्द, धर्मभक्त माथेमा, रामहरि शर्मा र जीवराज शर्मा थिए । धर्मभक्त र दशरथ चन्दले भारतमा १० कक्षासम्मको अध्ययन गरेका हुनाले उनीहरूमा भारतीय स्वतन्त्रता सङ्ग्रामको प्रभाव परेको थियो। धर्मभक्तले आफ्नी फुपूको बगैंचामा रहेको व्यायामशालामा त्यस वेला व्यायाम सिकाउने गर्दथे । गंगालाल, गणेशमान, पुष्पलाल, हरिकृष्ण आदिले धर्मभक्तबाट व्यायामशालामा शिक्षा लिएका थिए। पछि यी सबै प्रजापरिषद्को सम्पर्कमा आएका थिए । गंगालाल र गणेशमानको सक्रियताले काठमाडौंका युवा समुदायमा प्रजापरिषद्को प्रभाव फैलिएको थियो ।


पुष्पलालको प्रारम्भिक राजनैतिक चिन्तनतर्फको प्रवेशका सम्बन्धमा गोविन्द ज्ञवाली भन्नुहुन्छ– “संवत् १९९५ सालको मार्ग १३ गते इन्द्रचोकमा शुक्रराज शास्त्रीले नश्वर देहको मोह त्याग गरेर नागरिक अधिकारका लागि अगाडि आउने प्रसङ्गलाई जोडदै आत्माको अमरताको सिद्धान्तलाई सशक्त रूपमा प्रस्तुत गर्न गीता प्रवचन दिए। यसको समापनमा त्रिचन्द्र कलेजमा त्यसवेला आइ.एस्सी. प्रथम वर्षमा पढ्ने पुष्पलालका दाजु गंगालालको समेत सशक्त प्रवचन भयो । यस प्रवचनलाई पुष्पलालले हार्दिकता एवं तदारुकताका साथ सुन्नुभएको थियो । आफ्ना दाजु गंगालालको प्रभावले पनि उहाँ यस्ता प्रवचनहरूप्रति आकर्षित हुनुहुन्थ्यो र धार्मिक सुधारवादी आन्दोलनका प्रभावले पानि उहाँमा यस्ता आन्दोलनले खेलेको भूमिकाप्रति सानै उमेरदेखि नै गÞहन रुचि थियो । (ज्ञवाली, २०६४ः १७)


राणासँग असन्तुष्ट भाइभारदारको समेत प्रजा परिषद्लाई समर्थन प्राप्त हुन गयो । राणाशाहीले यसबाट भयंकर खतरा देखेको हुनाले व्यापक गिरफ्तारी चलायो। करिब ३०० व्यक्ति पक्राउ परे । वि.सं. १९९७ सालमा टंकप्रसाद सहित ३६ जनालाई आजीवन कारावास र शुक्रराज, गंगालाल, दशरथचन्द, धर्मभक्तलाई मृत्युदण्डको फैसला सुनाइयो । केही दिनपछि शक्रराज र धर्मभक्तलाई फाँसी दिइयो । गंगालाल र दशरथ चन्दलाई गोली हानी हत्या गरियो । यस घटनाले पुष्पलालको जीवनमा ठुलो हलचल ल्यायो । पुष्पलालले आफ्ना दाजु गंगालालको चिताको सामु उभिएर श्रद्धाञ्जली दिदै दाजुले सुरु गर्नु भएको बाँकी काम आफले परा गर्ने सङकल्प गर्दै राणाशाहीलाई समाप्त गर्न आजीवन लाग्ने प्रण गर्नु भयो । वि.सं. १९९७ सालको हत्या काण्डपछि पुष्पलाल प्रेमबहादुर कंसाकार, सूर्यबहादुर, शम्भुराम श्रेष्ठसहित चारजनाको एउटा दल वनाएर सङ्गठित रूपमा राणाशाही विरोधी गतिविधिमा लाग्नुभयो ।

भारत प्रवास
वि.सं. २००३ (१९४७ जनवरी २५) मा कलकत्तामा नेपाल र भारतमा बसी राणाशाही विरोधी संघर्षमा लागेका क्रान्तिकारी नेपालीहरूको सम्मेलन भयो। यसमा सूर्यबहादुरले भाग लिएका थिए । यो सम्मेलनले नेपाली राष्ट्रिय काँग्रेस पार्टीको गठन ग¥र्यो । जेलमा बन्दी जीवन बिताइरहेका टंकप्रसाद आचार्यलाई सभापति चुनियो । कार्यकारी सभापति विश्वेश्वरप्रसाद कोइरालालाई चुनियो। बी.पी. जेल परेपछि डिल्लीरमण रेग्मी कार्यकारी सभापति बन्नुभयो । राष्ट्रिय काङ्ग्रेसको गठन राणाशाही विरोधी जनताको पहिलो राष्ट्रव्यापी राजनैतिक सङ्गठन थियो । यसले जनतालाई सङ्घर्षमा उतार्न मद्दत ग¥र्यो । ९ अप्रेल १९४७ मा जोगवनीमा राष्ट्रिय काङ्ग्रेसको दोस्रो अधिवेशन भयो। त्यसमा पुष्पलालले भाग लिनुभएको थियो । यस अधिवेशनले सोही साल अप्रेल १३ देखि सत्याग्रह गर्ने निर्णय गर्यो । काठमाडौं उपत्यकामा पुष्पलाल, साहना प्रधान, हिक्मत सिंह, शम्भुराम श्रेष्ठसहित २७ जना कार्यकर्ताले सत्याग्रहमा भाग लिए। तर सत्याग्रहमाथि दमन भयो धेरै जनालाई गिरफ्तार गरियो । गिरफ्तार कार्यकर्ताहरूलाई आन्दोलन नगरेमा संवैधानिक सुधार गरिने आश्वासन दिएर छाडियो । त्यसपछि पार्टीले ५ जुन १९४७ का दिन सत्याग्रह स्थगित गर्ने निर्णय ग¥र्यो । पुष्पलाल राणाको जेलबाट मुक्त भएपछि बनारस जानुभयो ।

नेपाली राष्ट्रिय काङ्ग्रेसको सचिव, त्यसबाट मोह भंग
राष्ट्रिय काङ्ग्रेसको तेस्रो सम्मेलन १५ जुलाई १९४७ मा बनारसमा बोलाइएको थियो । सम्मेलनपछि पुष्पलाल राष्ट्रिय काङ्ग्रेसको केन्द्रीय कार्यालयको सचिव भएर काम गर्न थाल्नु भयो । जेलबाट मुक्त भएर आउनु भएका बी.पी. कोइरालाले केन्द्रीय कार्यकारिणीको बैठक नै नगराई नेपाली राष्ट्रिय काङ्ग्रेसको सभापतिको हैसियतले काम गर्न थाल्नु भयो । केन्द्रीय कार्यकारिणीमा बहुमतमा रहेका डिल्लीरमण रेग्मीले पद छाड्नु भएन । कोइराला र रेग्मी दुई समूहमा राष्टिय काङग्रेस विभाजन भयो । यस फुटबाट फाइदा उठाउँदै सी क्लास राणाहरू, असन्तुष्ट भाइभारदार तथा शाही परिवारसमेत सबै एकजुट भएर १९४८ को अगस्तमा नेपाल प्रजातान्त्रिक काग्रेसको कलकत्तामा गठन गरे । यसका अध्यक्ष श्री महेन्द्र विक्रम शाह भए । राष्ट्रिय काग्रेसको सचिवको हैसियतले पुष्पलालले दुबै समूह कोइराला र रेग्मीलाई संयमित भएर औपचारिक बैठक बसी छलफल गरेर एकताबद्ध हुने उपाय निकाल्नु पर्दछस ७ दिनभित्र एकता नभए पुष्पलाल, रुद्रप्रसाद गिरी र केदारमान व्यथित जनाले आमरण अनसन सुरु गर्ने घोषणा गर्नुभयो । एकताका निम्ति बी.पी. तयार भए तर डिल्लीरमण रेग्मी तयार भएनन् । डिल्लीरमण रेग्मीले गुप्त रूपले राणा शासकसँग सम्बन्ध स्थापित गर्दै गएको र उनका वरपर सामन्ती तत्त्व नै भेला हुनआएको हुँदा अन्त्यमा रेग्मी गुटबाट त्यागपत्र दिई पुष्पलाल राष्ट्रिय काग्रेसबाट हट्नु भयो । क्रमशः रेग्मी गुट कमजोर हुँदै गयो । अन्त्यमा २००५ सालमा नेपाल राष्ट्रिय काग्रेस र नेपाल प्रजातन्त्र कग्र्रेसबीच एकता भई नेपाली काङ्ग्रेस बन्यो । पुष्पलाल राष्ट्रिय कागे्रसको सचिव भएर काम गर्दा नेपाली राष्ट्रिय काग्रेसले अपनाएको राजासँग सम्झौतापरस्त नीतिका कारण त्यस पार्टीले क्रान्तिको नेतृत्व गर्न सक्दैन भन्ने निष्कर्षमा पुग्नु भएकाले सो पार्टी छोड्नु भएको थियो ।

क. पुष्पलालले माक्संवादी दर्शनको गहिरो अध्ययन गर्ने क्रममा अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन र दोस्रो विश्व युद्धका दौरान विश्वभर चलेका राष्ट्रिय मुक्ति आन्दोलनको गहन अध्ययन गर्नुभयो । यसबाट मूल्यवान अनुभव हासिल गर्नुभयो । नेपालमा पनि क्रान्ति सम्पन्न गर्न कम्युनिस्ट पार्टीको आवश्यकता महसुस गर्नुभयो ।


कम्युनिस्ट घोषणा पत्रको नेपाली भाषामा प्रकाशन
उपर्युक्त अनुभवका आधारमा कमरेड पुष्पलालले वि.सं. २००३ सालदेखि नै माक्सवादी साहित्यकै अध्ययनमा लाग्नुभएको थियो । उहाँले राष्ट्रिय काङ्ग्रेस पार्टीमा छदै (१) कम्युनिस्ट घोषणापत्र (२) सोभियत रुसमा व्यक्ति र समाज म माक्सवाद के हो ? (४) चिनियाँ क्रान्ति र चिनियाँ कम्युनिस्ट पार्टी (५) गाउँका गरिबहरूलाई अपिलजस्ता पुस्तकहरूको नेपाली भाषामा उल्था गर्नु भएको थियो। नेपाली काङ्ग्रेसका नेताहरूसँग ती रचना छपाउनका लागि सहयोगको माग यार्नुभयो तर उनीहरू तयार भएनन् । पैसाको अभावले छपाउन सक्नुभएको थिएन तर प्रयत्न गरिरहनु भएको थियो । उहाँका नातेदार काठमाडौंका व्यापारी जुद्धबहादुर कलकत्ता आइपुगे । पुष्पलालले छपाइका निम्ति ३०० रुपियाँ जरुरी भाएको कुरा गर्नासाथ उनले भा रु. ३००÷– चन्दा दिए । त्यो पैसाले माक्र्स एंगेल्स द्वारा लिखित विश्व प्रसिद्ध कम्युनिस्ट घोषणा पत्रको नेपाली भाषामा ५ अपिल १९४९ का दिन प्रकाशन भयो । यसरी यसको प्रकाशनको १०१ वर्षपछि नेपाली भाषामा कम्युनिस्ट घोषणापत्र प्रकाशन हुन सक्यो । त्यसको भूमिकामा पुष्पलालले नेपाली क्रान्तिको समाजवादतर्फको बाटो र नेतृत्वको विषयको स्पष्ट दिशाबोध गर्नु भएको छ।


घोषणाापत्र प्रकाशनको महत्व
यसको प्रकाशनले गर्दा हजारौं वर्षदेखिको नेपालको बौद्धिक क्षेत्रमा कायम भएको सामन्ती, पुँजीवादी र साम्राज्यवादी विचारधाराको एकाधिपत्यलाई तोडी नेपालको बौद्धिक क्षेत्रमा वैज्ञानिक समाजवादी विचारधाराले प्रवेश पायो। यसले गर्दा नेपालको इतिहास र जनताको सङ्घर्षलाई ऐतिहासिक भौतिकवादको आधारमा हेर्ने र अध्ययन गर्ने कोसिस भयो। हाम्रो देशको सामन्तवाद विरोधी जनसङ्घर्षलाई साम्राज्यवाद विरोधी सङ्घर्षसँग जोडिदियो। नेपालका वामपन्थी जनवादीहरूलाई नयाँ ज्योति दियो र यसले गर्दा नेपाल कम्युनिस्ट पार्टीको जन्मका निमित्त आवश्यक पृष्ठभूमि तयार गरिदियो । (पुष्पलालः २०५३ खः ३१)


कम्युनिस्ट पार्टीको गठन
नेपाली भाषामा कम्युनिस्ट घोषणापत्र प्रकाशन भई वितरण भएपछि नेपाली बुद्धिजीवीका बीचमा त्यसको भूमिकामा पुष्पलालले लेख्नु भएको नेपाली क्रान्तिको दिशा र नेतृत्वको विषयले ठुलो हलचल ल्यायो । यसभन्दा अगाडि नै विश्व कम्युनिस्ट आन्दोलनको अध्ययन र भारतीय कम्युनिस्ट पार्टीमा क्रियाशील व्यक्तिहरूसँगको सम्पर्क र प्रभावबाट केही नेपाली युवाहरू कम्युनिस्ट दर्शनबाट प्रभावित थिए र कम्युनिस्ट नामबाट क्रियाशील थिए । तर नेपालमा कम्युनिस्ट पार्टी गठन गर्ने दिशामा अरू कसैको विचार योजना र प्रयत्न थिएन । पुष्पलालले नेपाली समाजको वर्ग विश्लेषण गर्नुभयो । राजनीतिलाई उत्पीडीत समुदाय, मजदुर एवं गरिब किसानहरूको तहसम्म पुयाउन कम्युनिस्ट पार्टीको आवश्यकता छ भन्ने व्यावहारिक निष्कर्ष निकाल्नु भयो । पुष्पलालको भारतीय कम्युनिस्ट पार्टीका नेता नृपेन्द्र चक्रवर्तीसँग दार्जिलिङ्गका रतनलाल ब्राह्मणको सहयोगमा भेट भयो ।

उहासँग पुष्पलालले नेपाली क्रान्तिको बारेमा छलफल गर्नुभयो । पुष्पलालले कम्युनिस्ट पार्टी गठन गर्ने आफ्नो विचार बताएपछि नृपेन्द्र चक्रवर्तीले भन्नुभयो । मार्क्सवादी साहित्यको प्रचार र प्रसार गर्ने काम हाम्रो जीवनमा कहिल्यै पनि समाप्त हुँदैन, त्यो नित्य गरी नै रहने कुरा हो। फेरि माक्सवादी साहित्यले भन्दा माक्सवादी दृष्टिकोणबाट नेपालको विश्लेषण गरेको राजनीति तथा आर्थिक कार्यक्रमले नेपाली क्रान्तिकारीहरूको ध्यान छिट्टै र सजिलैसँग कम्युनिस्ट आन्दोलनप्रति आकर्षित गर्न सकिने छ । अतः तपाईंले अहिलेसम्म सम्पर्कमा आएका नेपाली क्रान्तिकारीहरूलाई जति भए तापनि भेला गरी दस्तावेज तयार गरी विधिवत् पार्टीको सङ्गठनको घोषणा गर्नुभएमा आजको ऐतिहासिक माग पुरा हुने छ । हामी कम्युनिस्टहरूले यो कुरा बझ्नुपर्दछ कि व्यक्तिको जमघटभन्दा सही राजनीति पत्ता लगाउनु पर्दछ । मार्क्सवादी साहित्यले भन्दा सही नीतिले क्रान्तिकारीहरूको ध्यान पार्टीप्रति आकर्षित गर्ने छ । अतः तपाईंले पार्टीको नाममा एक दस्तावेज तयार गर्नुहोस् र पार्टी गठन गर्ने तरखरमा लाग्नुहोस् ।’ (पुष्पलाल ः २०५३ ख ः ३२, ३३) पुष्पलालले दस्तावेजको तयारी र सम्पर्कमा रहेका कम्युनिस्ट क्रान्तिकारीहरूसँग भेटघाट र सल्लाह गर्न सुरु गर्नु भयो । आर्थिक व्यवस्था गर्न उहाँ पुनः नृपेन्द्र चक्रवर्तीसँग सापट माग्न जानुभयो । तर नृपेन्द्र चक्रवर्तीले भन्नुभयो( ’हेर पुष्प ! केही हजारको प्रश्न हाम्रो निम्ति केही ठुलो कुरा होइन हामीहरूले दियौं भने फिर्ता लिदैनौं तर एउटा कुरा याद गर, यदि नेपाली जनता तिम्रो पार्टीलाई हुकाउन बढाउन असक्षम छन् भने कम्युनिस्ट पार्टीको गठन नै निरर्थक छ ।” पुष्पलाल ः२०५३ ख ः ३४) पुष्पलालले उहाँलाई “तपाईको कुरा अति नै मलाई घत लाग्यो र यसले मेरो जीवनपर्यन्त निर्देशन दिने छ ।” भन्ने जवाफ दिनुभयो।” (पुष्पलाल ः २०५३ ख ः ३४) ’वास्तवमा प्रत्येक देशको क्रान्तिकारीका निमित्त यो सल्लाह अति नै महत्वपूर्ण सल्लाह यस मानेमा थियो र छ कि प्रत्येक देशका क्रान्तिकारीहरू प्रथमतः राष्टमुखी हुनुपर्दछ ।

त्यसो भएको खण्डमा मात्र पार्टीले आफ्नो राष्ट्रिय कर्तव्य तिझाउन सक्नेछ । त्यही नै अन्तर्राष्ट्रिय भाइचाराका निमित्त सबभन्दा ठुलो कान्तिकारी हुन जान्छ र अन्तर्राष्ट्रिय क्षेत्रमा पनि आफ्नो राष्ट्र र राष्ट्रिय पार्टीको मानसम्मान बढाउँछ ।” (पुष्पलाल स् २०५३ ख स् ३४) यसै सल्लाहबाट उत्साहित भएर पहिले पनि हाम्रो पार्टीको आर्थिक स्रोत साष्ट्रिय क्षेत्र नै थियो र अहिले पनि हाम्रो आर्थिक स्रोत राष्ट्रिय स्रोत नै हो । आर्थिक स्रोत वास्तवमा आर्थिक स्रोतमात्र नभै सैद्धान्तिक र राजनीतिक समर्थन पनि हो । जुन मात्रामा हाम्रो पार्टीको सिद्धान्त र राजनीति जनताले मन मलाउने छन् त्यही मात्रामा हाम्रो आर्थिक स्रोत पनि बढेर जाने छ । यस कुरालाई आज पनि हाम्रो पार्टीका साथीहरूले राम्ररी बुझ्नु परेको छ । पुष्पलालः२०५३ः३५ ” क्रान्तिकारी साथीहरूसँगको भेटघाट र कुराकानीपछि २२ अप्रेल सन् १९४९ का दिन कलकत्ताको श्यामबजार इलाकाको २८, नवीन सरकार लेनमा बैठक बस्यो । बैठकमा पुष्पलाल, निरन्जन गोविन्द वैद्य, नारायण विलास जोशी र नरबहादुर कर्माचार्य ४ जना र त्यसैबीच दुर्गादेवी (मोती देवी श्रेष्ठ) आइपुग्नु भएकाले हाँसमेत ५ जना संस्थापक रहेको नेकपा केन्द्रीय संगठन कमिटी गठन गरी पुष्पलाल महासचिव बन्नुभयो ।


वैचारिक रूपमा परिपक्व पुष्पलाल
पुष्पलालले नेकपाको उक्त घोषणापत्रमा नेपालबाट सामन्तवादको उन्मूलन गर्ने र नयाँ खालको पूँजीवादी प्रजातन्त्र स्थापना गरी समाजवादमा जाने लक्ष्यका साथ कार्यक्रमको प्रारूप प्रस्तुत गर्नुभयो । भरखरै जन्म भएको नेपाल कम्युनिस्ट पार्टीले राणाशाही विरोधी आन्दोलनमा सक्रिय भूमिका निर्वाह ग¥यो । २००७ सालमा राजा(राणा(काग्रेसबीच दिल्लीमा सम्झौता भई नेपाली काग्रेसले सङ्घर्षबाट हात झिकेर राणा मन्त्रीमण्डलमा सामेल भएपछि दिल्ली सम्झौता धोखा होस क्रान्ति अधुरो छ यसलाई पुरा गर्नु पर्छ, आन्दोलन जारी राख्नु पर्छ भन्ने विचार पुष्पलालले राख्नुभयो । राजा त्रिभुवनको संविधान सभा निर्वाचन गर्ने घोषणालाई लागु गराउने कुराप्रति पुष्पलाल सचेत हुनुहुन्थ्यो । यसलाई राजाले दिएको वरदान नभएर नेपाली जनताको आन्दोलनले ठुलो मूल्य चुकाएर प्राप्त गरेको उपलब्धिको रूपमा लिनु भएको थियो । किसान ( र मजदुरहरूका आन्दोलनलाई दमन गर्न राणा–काङ्ग्रेस सरकारले भारतीय ( फौजको समेत प्रयोग गरेको थियो । वि.सं. २००८ (सन् १९५१ सेप्टेम्बर मा कलकत्तामा नेकपाको प्रथम सम्मेलन भयो । सम्मेलनले पुष्पलालले पेस गर्नुभएको २००७ सालको अधुरो क्रान्ति पुरा गर्न र प्राप्त उपलब्धिको रक्षा गर्न राजनीतिक दलहरू र जनवर्गीय सङ्गठनहरूको केन्द्रीयस्तरमै ’जातीय (राष्ट्रिय जनतान्त्रिक संयुक्त मोर्चा’ गठन गरी आन्दोलनको नेतृत्व गर्नुपर्दछ भन्ने प्रतिवेदन पारित ग¥र्यो। कलकत्ताबाट पार्टीको केन्द्रीय कार्यालय काठमाडौं । सार्ने निर्णय ग¥र्यो । त्यसपछि पुष्पलाल काठमाडौं आउनुभयो । उहाँ काठमाड आउँदा एउटा पुनर्मिलन समारोहको आयोजना गरिएको थियो । त्यस समारोहम पुष्पलाललाई मातृवत् स्नेह दिने भाउजु हसिना देवीले फुलमाला लगाइदिए स्वागत गर्नु भएको थियो । सन् १९५१ नोभेम्बरमा क. पुष्पलालको सक्रियतामा’ जातीय (राष्ट्रिय जनातान्त्रिक संयुक्त मोर्चा’ को काठमाडौंमा उद्घाटन भयो । यसमा नेपाल कम्युनिस्ट पार्टी, प्रजापरिषद्, अनेकि सङ्घ, अखिल नेपाल ट्रेड युनियन काङ्ग्रेस, नयाल महिला सङ्घ, अनेराविफे, नेपाल प्रगतिशील अध्ययन मण्डल, अखिल नेपाल प्रगतिशील लेखक सङ्घ, गैह्र (सम्पूर्ण) नेपाली शान्ति समाज आदिले भाग लिाएका थिए । कमरेड पुष्पलालले मोर्चाको घोषणापत्र तयार गरी पेस गर्नुभायो । यसमा भनिएको छ


हाम्रो संयुक्त मोर्चाको ध्येय नेपालमा मजदुर किसान, मध्यमवर्ग र जातीय लाष्ट्रिय पुंजीपतिहरूलाई प्रतिनिधित्व गर्ने सच्चा जनवादीतन्त्रको नेतृत्वमा पुर्ण जनवादी सरकार कायम गर्नु हो ।यो ध्येय प्राप्तिका लागी नेपालका विभिन्न वर्गहरुको बलियो एकता ठुलो हतियार हो । यस हतियारलाई नतिखारेसम्म अंग्रेज–अमेरिकी साम्राज्यवाद, देशीय सामन्तवाद र भारतीय पुँजीवादलाई देशबाट जरैदेखि फ्याँक्न सक्नेछैनौं । विदेशी साम्राज्यवादको पक्ष लिने कुनै पनी सरकारले न त देशलाई रक्षा गर्न सक्छ नत देशमा जनतन्त्र कायम गर्न सक्दछ । पुष्पलाल ः २०५५ ः ६४)


यसः ऐतिहासिक जिम्मेवारीलाई निभाउनका निम्ति संयुक्त मोर्चाको कायक्रम बादामा र तत्काल सङ्घर्षका मागहरू १५ बुदामा प्रस्तुत गरिएको छ । साथै
सयुक्त मोर्चा र अन्तरजातीय क्षेत्र ।
संयुक्त मोर्चा र विश्वशान्ति आन्दोलन ।
संयुक्त मोर्चाको ऐतिहासिक आवश्यकता र देशवासीको कर्तव्य ।
काहरूमा व्याख्या गरिएको छ । पुष्पलाल त्यति वेला नै वैचारिक रूपमा परिपक्क हुनुहुन्थ्यो भन्ने कुरा उपर्युक्त दस्तावेजहरूले प्रमाणित गर्दछन् ।
नेकपाका महाधिवेशनहरूमा पुष्पलालको भूमिका

नेकपाको प्रथम सम्मेलनबाट मनमोहन अधिकारी, तुल्सीलाल, शैलेन्द्रकुमार, अयोध्या सिंह, हिक्मत सिंह, डि.पी. अधिकारी लगायतका नेताहरू केन्द्रीय कमिटी आउनु भयो । वि.सं. २००९ सालमा पोलिटब्युरोको बैठकले पुष्पलाललाई हटाएर मनमोहन अधिकारीलाई महासचिव चयन ग¥यो । २०१० सालमा काठमाडौंमा आयोजित प्रथम राष्ट्रिय महाधिवेशनमा महासचिव मनमोहन अधिकारीले राजनीतिक प्रतिवेदन पेस गर्नुभयो । त्यस प्रतिवेदनको वैधानिक राजतन्त्रको पक्षपोषण गर्ने, मजदुर वर्गको नेतृत्व र किसान आन्दोलनलाई कमजोर बनाउने विचारको पुष्पलालले तीव्र विरोध गर्नुभयो। राजा–राणा शाहीबाट अधिकार खोसेर जनतामा हस्तान्तरण गर्न होइन त्यो अधिकार आफ्नो हातमा पार्न राणा विरोधी आन्दोलनलाई साथ दिएका हुन् त्यसैले उनीप्रति भ्रम पाल्न हुँदैन भन्ने पुष्पलालको विचार रह्यो । तर २००७ सालको क्रान्तिको मुख्य उपलब्धि नेपालको संविधानको निर्माण गर्ने अधिकार राजाको हातबाट जनप्रतिनिधिको हातमा आएको उपलब्धिको रक्षा गर्नु पर्दछ भन्ने विषयको पुष्पलालले समर्थन गर्नुभयो । प्रथम महाधिवेशनबाट मनमोहन अधिकारी महासचिव चुनिनु भयो । तर उपचारको सिलसिलामा मनमोहन अधिकारी चीन जाँदा डा. केशरजंग रायमाझीले कार्यवाहक महासचिवको जिम्मेवारी पाए । उनले कार्यवाहक महासचिव भएपछि पार्टीलाई क्रमशः दक्षिणपन्थी दिशामा लैजान थाले । २०१० सालमा पुष्पलालको सहाना प्रधानसँग विवाह भयो । सहाना प्रधान पुष्पलालसँगै राणाविरोधी आन्दोलनमा सहभागी हुँदै आउनुभएको थियो। यसभन्दा अघि मनमोहन अधिकारीसँग सहाना प्रधानकी दिदी साधनाको विवाह भइसकेको थियो । राजाले संविधान सभाका लागि आलटाल गरिरहेको अवस्थामा सम्पूर्ण राजनीतिक पार्टीहरूको संलग्नतामा २०१४ सालमा भद्र(अवज्ञा आन्दोलन भयो। राजाले संसदको निर्वाचन गराउने कार्ड फ्याँके ।

नेपाली काग्रेस त्यसमा सहमत भयो । यता सोही सालमा आयोजित नेपाल कम्युनिस्ट पार्टीको दोस्रो महाधिवेशनमा रायमाझीको सुधारवादी कार्यक्रम अल्पमतमा प¥र्यो। पुष्पलालले पेस गरेको नयाँ जनवादी कार्यक्रम पास भयो । तर नेतृत्व छनोटमा भने रायमाझीकै बहुमत हुनपुग्यो । तत्कालीन कार्यनीतिसम्बन्धी विवादमा पुष्पलाल संविधान सभाको पक्षमा हुनुहुन्थ्यो । तर २०१५ सालमा नेपाली काङ्ग्रेस र आफ्नै पार्टीको बहुमत नेतृत्वले राजाको संविधान स्वीकार गरी चुनावमा जाने निर्णय गरेकाले उहाँ पनि काठमाडौंबाट चुनाव लड्नु भयो र थोरैमतको अन्तरले पराजित हुनुभयो। २०१७ सालमा दरबारले संसदीय व्यवस्थाकै विरोधमा षडयन्त्र गरिरहेको र सीमित अधिकार पनि खोसिने सम्भावना भएकाले सतर्क हुन र सम्पूर्ण राजनीतिक पार्टीहरू एक भई सङ्घर्ष गर्न पुष्पलालले अपिल गर्नुभयो । सो अपिलमा भनिएको छ’संसदीय व्यवस्थालाई नै खतम गर्ने षड्यन्त्रको आभास पाएको हुनाले संसदीय व्यवस्थाको सुरक्षाका निम्ति समस्त जनवादी शक्तिहरू एकताबद्ध हुनुपर्दछ ।भनी नेपाल कम्यनिस्ट पार्टीको केन्द्रीय समितिले अपिल गरेको थियो । नेपालं कम्युनिस्ट पार्टीको यस समयोचित अपिलप्रति यथोचित ध्यान दिनुको साटो नेपाली काग्रेसका नेताहरूले उल्टै कम्युनिस्ट खतराको हौवा उठाउन थाले।’ (पुष्पलाल, २०५३ क ः २०२)


फलत ः २०१७ साल पस १ गते राजा महेन्द्रबाट प्रतिगामी षड्यन्त्र भयो । जननिर्वाचित सरकार अपदस्थ गरियो । संसद विघटन गरियो, पार्टी र जनसङ्गठनमाथि प्रतिबन्ध लगाइयो । यस शाहीकाण्डलाई रायमाझीले समर्थन गर्नपुगे । पुष्पलालले उक्त प्रतिगामी कदमको विरोध गर्नुभयो र विघटित संसदको पुनः स्थापनाका निम्ति सङ्घर्ष गर्नुपर्छ भन्ने आह्वान गर्दै निर्वासनमा जानुभयो । २०१७ साल फागुनमा दरभङ्गामा पार्टीको प्लेनम आयोजना गरियो । त्यसमा संसदको निर्वाचन, विघटित संसदको पुनःस्थापना र संविधान सभाको निर्वाचन गरी तिन धारहरू प्रस्तुत भए। पुष्पलाल विघटित संसदको पुनर्स्थापनाका निम्ति सङ्घर्षमा जानुपर्छ भन्ने अडानमा रहनुभयो । यस नाराले राजाको फौजी कदमको विरोध र जनताले आमनिर्वाचनमा व्यक्त गरेको जनमतको सम्मान ग¥र्यो । प्रजातन्त्रको पक्षमा उभिने शक्तिहरूको बीच मा सयुक्त आन्दोलनको सम्भावनालाई सुनिश्चित गर्दथ्यो । तर कम्युनिस्ट पार्टीको तात्कालीन नेतृत्वको आत्मसमर्पण र नेपाली काङ्ग्रेसको कम्युनिस्ट विरोधी रवैयाका कारण त्यो कार्यनीति कार्यान्वयन हुन सकेन । निरङ्कुश पञ्चायती व्यवस्थालाई सुदृढ गर्न र राजनैतिक पार्टीमा फुट विभाजन सिर्जना गर्न राजा महेन्द्र सफल हुँदै गए । २०१९ सालमा तेस्रो महाधिवेशनको आयोजना भयो र रायमाझी लगायतका दाक्षिणपन्थीहरूलाई निष्कासन गरी कम्युनिस्ट पार्टीलाई पुनर्गठित गालियो। तुलसीलाल महासचिव चुनिनु भयो । तर, उहाँको नेतृत्वमा पनि पार्टी सञ्चालन हुन सकेन ।


वि.सं. २०२५ सालमा गोरखपुरमा सम्पन्न तेस्रो सम्मेलन
अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा रुस–चीन विवाद चर्कदै गयो। शान्तिपूर्ण रूपले समाजवादमा सङ्क्रमण गर्न सकिन्छ अब सशस्त्र क्रान्तिको जरुरत छैन भन्ने सोभियत सङ्घको कम्युनिस्ट पार्टीको विचार र साम्राज्यवादी शक्तिहरू आपसी अन्तरविरोधका वाबजुद कम्युनिस्टका विरुद्धमा विभिन्न सन्धिमार्फत एकता गर्दै युद्धको तयारी गरिरहेको हुनाले कम्युनिस्टहरू पनि निरन्तर क्रान्तिमा लाग्नुपर्छ भन्ने चिनियाँ कम्युनिस्ट पार्टीको विचारका बीचमा भएको महाविवादले चर्को रूप लियो । यसले हरेक देशका कम्युनिस्ट पार्टीहरूलाई असर गर्यो । नेपाल कम्युनिस्ट पार्टीभित्र रुसी पार्टीको विचारको समर्थन गर्दै राजाको नेतृत्वमा पुँजीवादको विकास भई समाजवादमा नेपाली समाज शान्तिपूर्ण रूपमा सङ्क्रमण गर्न सक्छ भन्ने रायमाझीहरू राजाको २०१७ सालको फौजीकाण्डलाई समर्थन गर्न पुगे । त्यस काण्डको विरुद्धमा रहनु भएका, २०१९ सालमा भएको तेस्रो महाधिवेशनबाट निर्वाचित महासचिव तुल्सीलाल र केही केन्द्रीय कमिटीका नेताहरू रुसी पार्टीको ’शान्तिपूर्ण सङ्क्रमण’ कै विचारमा सहमत भई निरङ्कुश पञ्चायती व्यवस्थाको विरुद्धमा क्रान्तिको तयारीमा लाग्न असहमत हुनुभयो । पुष्पलालले चिनियाँ पार्टीको विचारको पक्षमा उभिनु भई निरङ्कुश पञ्चायती व्यवस्थाको विरुद्ध दीर्घकालीन सशस्त्र कृषि क्रान्तिको बाटो नेपाली क्रान्तिको बाटो हो भन्ने विचार राख्नु भयो । पुष्पलालले भित्री पार्टी सङ्घर्षको पद्धतिबाट छलफल गर्दै पार्टी एकताका निम्ति अधिकतम प्रयत्न गर्नुभयो । तर महासचिव तुल्सीलाल वषौं सम्म पार्टी केन्द्रीय कमिटीको बैठक बोलाउनसमेत तयार हुनुभएन ।


वैचारिक र सांगठानिक रूपले नेपाल कम्युनिष्ट पार्टी केन्द्रविहीनजस्तै अवस्थामा पुग्यो। पुष्पलालको नेतृत्वमा तेस्रो महाधिवेशनबाट निर्वाचित मन्त्रिपरिषद्का ३ जना पुष्पलाल, हिक्मत सिंह, देवेन्द्रलाल र केन्द्रीय समितिका बलराम उपाध्याय, एकदेव आले र प्रेम प्रकाश नेपाल ३ जना गरी ६ जना साथीहरूको सहयोगमा नयाँ जनवादी कार्यक्रम अघि सारियो । यस कार्यको देशभरिबाट समर्थन आउन थाल्यो । भित्री पार्टी सङ्घर्षको अवस्था नरहेको र पार्टी छिन्नभिन्न भएको यस स्थितिमा सुस्पष्ट कार्यक्रमका साथ सक्रिय केन्द्रीय नेतृत्वको आवश्यकता अनिवार्य भएको थियो । यस आवश्यकतालाई पुरा गर्न २०२५ सालमा गोरखपुरमा पुष्पलालसहित ६ जना केन्द्रीय नेताहरूको आयोजनामा नेकपाको तेस्रो सम्मेलन सम्पन्न भयो । नेपाली क्रान्तिको नयाँ जनवादी कार्यक्रम र पञ्चायती व्यवस्थाको विरुद्धमा सङ्घर्ष केन्द्रित गर्ने कार्यनीति पारित ग¥र्यो । साथै पुष्पलाल महासचिव रहनुभएको केन्द्रीय कमिटी गठन गर्यो । केन्द्रीय कमिटिको प्रथम बैठकले पार्टीलाई किसानका बीच बसोवास गराऊ, भूमिगत र पेसेवर कार्यकर्ता निर्माण गर, अछुत र कबिला समुदायमा पार्टी विस्तार गर’ भन्ने आह्वानसहित सर्कुलर जारी ग¥र्यो । यो सर्कुलर १÷३ सर्कुलरका नामले चर्चित छ । पार्टीको यस निर्देशनको पालना गर्दै धेरै कार्यकर्ता भूमिगत र पेसेवर भई किसानको बीचमा गाउँगाउँमा पुगो । देशव्यापी पार्टी सङ्गठन निर्माण, परिचालन र स्थानीय वर्गसङ्घर्ष उन थाले । निरङ्कुशपञ्चायती व्यवस्थाको विरुद्धमा लड्ने जनताको मनोबल उठ्न थाल्यो ।


२०२९ सालमा सम्पन्न चौथो सम्मेलन र संयुक्त जनआन्दोलनको नीति प्रतिपादन
नोपालको जनवादी आन्दोलनमा ख्यातिप्राप्त वामपन्थी बुद्धिजीवीहरू र कम्युनिस्ट नेताहरू एकपछि अर्को गर्दै राजाका सामु घुडा टेक्दै पञ्चायती व्यवस्थाको प्रत्यक्ष वा अप्रत्यक्ष समर्थन गरी घोर दक्षिणपन्थी भड्काउमा गइरहेको स्थिति एकातिर थियो भने अर्कातर्फ चीनमा भएको सांस्कृतिक क्रान्ति, भारतको नक्सलवादी सशस्त्र आन्दोलनको नक्कल गरेर गरिएका नेपालकै झापा विद्रोह आदि उग्रवामपन्थी भड्काउको बिगबिगी भएका वेलामा पनि उहाँमा त्यस्ता दुवै बाले भड्काउ कहिल्यै देखा परेनन् । बरु २०२९ सालमा पार्टीको चौथो सम्मेलन गरेर संयुक्त जनआन्दोलनको नीति नै पार्टीको सङ्घर्षसम्बन्धी सही कार्यनीति हो भन्ने निष्कर्षका साथ निरङ्कुश पञ्चायती व्यवस्थासँग अन्तर्विरोध राख्ने सम्पूर्ण शक्तिलाई एकताबद्ध गरी संयुक्त जनआन्दोलन सञ्चालन गर्ने कुरामा दृढताका साथ लागिरहनु भयो ।


आफ्नै संगठनमा विग्रह
जेलबाट छुटेका नेताहरूले पुष्पलालसँग भेट गरे । तेस्रो सम्मेलन बदर गरी पार्टी विघटन गरेमा एकता हुने प्रस्ताव राखे, पुष्पलालले पार्टी विघटन गर्न मान्नुभएन । उहाँहरूलाई तपाईंले तुल्सीलाललाई तेस्रो महाधिवेशनले छानेको केन्द्रीय कमिटीको बैठक बोलाउन लगाउनुस् त्यही बैठकमा छलफल गरौंस होइन भने यही पार्टीमा आउनुस् बसेर छलफल गरौं भन्नुभयो । शम्भुराम, मोहनविक्रम, मनमोहन आदिले २०२८ सालमा केन्द्रीय न्युक्लियस गठन गारे। न्युक्लियसबाट मनमोहन अलग हुनुभयो । मोहनविक्रम, निर्मल लामा २०३१ सालमा चौथो महाधिवेशन गरेर नेपाली काङ्ग्रेस र राजा दुबै समान दुस्मन भएको किटान गरी कांग्रेस कम्युनिस्ट दंगा गराउने राजाकै षड्यन्त्रमा फसे । २०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति लिएर नेपाली कांग्रेसका नेताहरू स्वदेश फर्के । तर, पञ्चहरूले चर्को विरोध गरेकाले उनीहरूको अपेक्षाअनुसार राजाले सहयोग गरेनन् । पुष्पलालकै केन्द्रीय नेतृत्वका महत्त्वपूर्ण नेताहरूमध्ये एकदेव आलेको निधन भयो । केशरमणि जेलमा परे, हिक्मत सिंह पलायन भए । रोहित र मुक्ति मोर्चा समूहले विद्रोह गरे । तलका कार्यकर्ताहरूमा समेत विभिन्न किसिमका भड्काउहरू देखा परे जसले गर्दा पार्टी सङ्गठन र नेतृत्व कमजोर भयो र तेस्रो सम्मेलन (२०२५)ले निर्माण गरेको नेतृत्व पंक्ति २०३५ सालसम्म आइपुग्दा लथालिङ्ग हुनपुग्यो ।

पुष्पलालको निधन
यता पुष्पलाल मुटुको रोगले आक्रान्त हुनुभयो । उपचार गर्न आर्थिक अभाव रह्यो । तर उहाँ कस्तै अवस्थामा पनि नझुक्ने व्यक्तित्व हुनुहुन्थ्यो । २०३५ साल श्रावण ७ गते नयाँ दिल्लीस्थित गोविन्द बल्लभ पन्त अस्पतालमा उपचार गर्दागर्दै उहाँको निधन भयो । निरङ्कुश पञ्चायतले उहाँको शव नेपालमा ल्याउन दिएन । तर उहाँको अस्तु काठमाडौंमा ल्याई विशाल जुलुसका साथ शोभा भगवतीमा बिसर्जन गरियो । उक्त कार्यक्रम हुन नदिन सरकारले गरेको कडा हस्तक्षेपका बाबजुद काठमाडौंमा विशाल मानवसागर ओर्लियो । त्यस दिनको जनउभारले निरङ्कुश पञ्चायती व्यवस्थाको विरुद्धमा संयुक्त सङ्घर्षको परिस्थिति निर्माण गर्न महत्त्वपूर्ण भूमिका निर्वाह ग¥र्यो ।


२०३५ मा ’राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डल’ जसलाई चलनचल्तीको भाषामा ’मण्डले’ भनिन्थ्यो जसको विरुद्धमा स्ववियुको निर्वाचनको अधिकार प्राप्तिका लागि भएको संयुक्त विद्यार्थी आन्दोलन सशक्त हुँदै गयो । संयुक्त विद्यार्थी आन्दोलन निरङ्कुश पञ्चायती व्यवस्थाको विरोधमा अघि बढ्न थाल्यो । २०३६ जेष्ठमा राजा संयुक्त जनआन्दोलनको सामु झुकेर जनमत सङ्ग्रहको घोषणा गर्न बाध्य भए । तर बहुदलवादीहरूको वीचमा एकता हुन नसक्दा साजाले धाँधली गरेर पञ्चायतलाई जिताउन सफल भए । यस असफलताबाट शिक्षा लिएर पञ्चायती व्यवस्थाको विरुद्धमा लोकतन्त्रको पक्षमा रहेका सम्पूर्ण शक्तिहरूका बीचमा एकताको प्रयत्न सुरु भयो। संयुक्त वाममोर्चा बन्यो । नेपाली काइझोस र वाममोर्चाको संयुक्त आह्वानमा आन्दोलन सुरुभयो । २०४६ साल फाल्गुनमा ७ गतेबाट सरु भएको संयक्त जनआन्दोलनले चैत्र २६ गते विजय प्राप्त गयो। पुष्पलालको निधनको १२ वर्ष पछि २०४६ सालमा आएर संयुक्त जानाआन्दोलनको कार्यनीति सफल भयो र निरङ्कुश पञ्चायती व्यवस्थाको अन्त भयो । प्रजातान्त्रिक परिपाटीको सुरुवात भयो ।

अपडेट : 2020-07-22 14:33:34




your-image

Leave a Comment