श्रावण २८ २०७७   |  2020 Aug 12    


लुम्बिनी विकास कोषले स्कुललाई दियो डेस्क बेन्च


news

लुम्बिनी विकास कोषले रुपन्देही र कपिलवस्तुका स्कुलहरुलाई डेस्क बेन्च सहयोग गरेको छ । संस्थागत सामाजिक दायित्व अन्तर्गत लुम्बिनी विकास कोषले लुम्बिनी वरिपरिका विद्यालय र मदरसाहरुलाई आज डेस्क बेञ्च प्रदान गरेको हो ।

डेस्क बेन्च सहयोग पाउनेमा रुपन्देही र कपिलवस्तुका १० वटा सामुदायिक र १० वटा मदरसा रहेका छन् । ति स्कुलहरुलाई विद्यार्थी संख्याको आधारमा डेक्स बेन्च प्रदान गरिएको लुम्बिनी विकास कोषका कामु सचिव ज्ञानेन राईले जानकारी दिए । उनका अनुुसार कम विद्यार्थी हुनेलाई १० जोडी र बढी विद्यार्थी हुने स्कुललाई २५ सेट डेक्स बेन्च प्रदान गरिएको हो ।

कोषले एक कार्यक्रम गरि कोषका उपाध्यक्ष भिक्षु मैत्तेयले विद्यालय र मदरसाहरुलाई डेक्स बेन्च प्रदान गरेका छन् । उनल लुम्बिनी विकास कोषले विद्यालयमा अध्ययनरत बालबालिकाको शिक्षामा सहयोग पुर्याउने उद्देश्यले डेक्स बेन्चको सहयोग गरेको बताए ।

त्यसरी सहयोग पाउनेमा राम जानकी आधारभुत विद्यालय, मायादेवी प्राथमिक विद्यालय, मदरसा अरबिया सिराजुल उलूम अल–सलफिया, मदरसा अनवारुल उलूम, मदरसा जामिया फैजुल इस्लाम अल–सलफिय छन् । त्यसैगरी मदरसा अरबिया इब्ने कैइम अल जौजिया, मदरसा इसलामिया समसुल ओलूम, मदरसा अनवारुल वलूम, अलमदरसतूल अरबिया शमसुल वलूम, खुदावागर आदर्श कलेज, मर्कजुतालीम वछावह अल इसलामिया, मदरसा दारुत्तौहीदलाई पनि डेक्स बेन्च प्रदान गरिएको छ ।

त्यसैगरी कोषका उपाध्यक्ष भिक्षु मैत्तेयले तेनुहवा मा.वि, आमा मा.वि., बुद्ध आदर्श मा.वि., कर्महवा मा.वि., मधुवनी मा.वि. लुम्बिनी, रामनरेश यादव आदर्श माध्यमिक विद्यालय धकधई र रत्न राज्य लक्ष्मी माध्यमिक विद्यालय कपिलवस्तुलाई डेस्क बेन्च प्रदान गरेका छन् ।

सहयोग गरेको डेक्स बेन्चको मूल्य करिब १४ लाख बराबर रहेको लुम्बिनी विकास कोषले जनाएको छ । कोषले लुम्बिनी क्षेत्रका १०० जना छात्राहरुलाई प्रत्येक बर्ष छात्रबृत्ति दिदै आएको छ । त्यसैगरी केही विद्यालयहरुमा कम्प्यूटर प्रदान गरेको कोषले शिक्षक विद्यार्थीलाई अन्तर्राष्ट्यि शैक्षिक सेमिनारमा भाग लिने अवसर प्रदान गर्ने गरेको छ ।

अपडेट : 2020-07-15 00:31:20




your-image

Leave a Comment