आश्विन ९ २०७७   |  2020 Sep 25    


खेलाडीलाई खेलकै पिर


news

बुटवलका तेक्वान्दो खेलाडी रोशन क्षेत्री खेल नभएकै कारण चिन्तित छन । लकडाउनसंगै नियमित अभ्यास नहँुदा उनलाई भविष्यप्रति चिन्ता बढेको हो । सानै उमेरदेखि मार्शल आर्ट खेलमा रुचि भएका उनि तेक्वान्दोमा जमेका खेलाडी हुन ।

गतवर्ष कोरियन एम्बेस्डर नेसनल तेक्वान्दो च्याम्पियनसिपमा पदक जितेका उनि धेरै खेलमा दोस्रो भएका छैनन । ‘खेलबाट नै अब्बल भएर भविष्यमा ब्रिटिश आर्मीमा भर्ति हुने योजना थियो ।’– उनले भने । लुम्बिनी बोर्डिङ स्कुलमा कक्षा १० मा अध्ययरत उनि तेक्वान्दोको नियमित अभ्यासबाट लक्ष्य भेटाउन सहयोग मिलेको बताउँछन । लक डाउनसंगै सबै किसिमको प्रशिक्षण रोकिएको छ । ‘अहिले घरमै सामान्य फिजिकल गरेर दिन बिताएको छु ।’–उनले भने । स्टामिना बढाउनेभन्दा पनि बचाउन घरको अभ्यासले थोरै भएपनि फाईदा मिलेको उनि बताउछन । नियमित अभ्यास नहुदा खेलसम्बन्धि थप नया ज्ञान लिनबाट पछि परेको उनीले दुखेसो गरे । प्रतियोगिता समेत रोकिदा आफनो प्रतिभा देखाउन नसकेको उनले बताए ।

तिलोत्तमा नगरपालिका सिमानगरका नरमाया गुरुङ लकडाउनसंगै प्रशिक्षण बन्द हुदा घरमा थुनिएर बस्नुपरेको बताउँछिन । सिद्धार्थ बोर्डिङ स्कुलमा प्रशिक्षण लिने उनलाई ढाई महिना लामो समय खेर गएको बताउँछन । घरमै सामान्य प्रशिक्षण गरेपनि समुहमा जस्तो अभ्यास घरमा नहुने उनी बताउछिन । ‘समुहमा तालिम गर्दा नया नया टेक्निकल ज्ञान आर्जन हुन्थ्यो ।’– उनले भने । ब्लाक बेल्ट धारी उनि अन्तराष्ट्यि मन्चमा समेत आफ्नो प्रतिभा देखाएर स्वर्ण पदक जितेकी छिन । सातौ तिराक ईन्टरनेश्नल तेक्वान्दो प्रतियोगितामा उनले गोल्ड मेडल जितेकी थिईन । बैशाखको दोस्रो हप्तादेखि गुरुहरुको पहलमा अनलाईन तालिम शुरु गरेको उनले बताई । ‘यसबाट केही भएपनि सहज भएको छ ।’–उनले भनिन । सातौ तिराक ईन्टरनेश्नल तेक्वान्दो प्रतियोगितामा नै गोल्ड मेडल चुमेका तिलोत्तमाकी जस्मीन गुरुङ खेल भविष्य देखेर चिन्तित छिन ।

लिटल स्टार स्कुलमा कक्षा–११ मा अध्ययनरत उनि अहिले लक डाउनको कारण अध्ययनसंगै खेल बन्द हुदा समस्यामा छन । लक डाउन अवधिमा एक्लै घरमा सामान्य ब्ययाम र काता गरेको उनले बताईन । तेक्वान्दो खेल प्रशिक्षण अवधिमा साथीभाईहरुसंग भेटघाट हुने र कुराकानी गर्न समेत नपाउदा उनि पुरानो समय सम्झिरहेको बताईन । हाफ ब्याक बेल्ट धारी उनि भविष्यमा तेक्वान्दोमा नै राम्रो खेलाडी बन्ने लक्ष्य रहेको बताईन । उनिहरु जस्तै रुपन्देहीमा रहेको धेरै खेलाडीहरु आफनो भविष्यप्रति चिन्तित छन । लक डाउन खुकुलो भएसंगै केही खेलका खेलाडीहरु आफनो प्रशिक्षणलाई निरन्तता दिन थालेका छन ।

विश्वभर कोरोना भाइरस (कोभिड १९) को संक्रमणको बेला घरमा खुम्चिएर बसेका खेलाडीहरुलाई अनलाईन प्रतियोगिताले थोरै भएपनि सहयोग गरेको छ । लक डाउनको समयलाई मध्येनजर गर्दै अमेरिका स्थित इन्टरनेशनल तेक्वान्दो फ्रेन्डशिप च्याम्पियनशिप (आइओएफटिसी) ले आयोजना गरेको कोभिड अन्तर्राष्ट्रिय भिडियो पुम्से च्याम्पियनशिप २०२० मा नेपालले सफलता हात पारेको छ । माउन्ट एभरेष्ट एकेडेमी पुल्चोक, बुटवलका ६ जनाले प्रतियोगितामा पदक जितेका हुन ।

एकेडेमीका दुई जना खेलाडीले स्वर्ण, २ जनाले रजत र २ जनाले काश्य पदक हात पारेका हुन । १६ देशका खेलाडीको सहभागिता रहेको प्रतियोगितामा नेपालका १ सय १ जना खेलाडीहरुले विभिन्न उमेर समुहमा प्रतिस्पर्धा गरेका थिए । जिल्लामा २ हजार ५ पाच सय बढी तेक्वान्दो खेलाडीहरु छन ।

अपडेट : 2020-07-10 00:33:04




your-image

Leave a Comment