श्रावण २८ २०७७   |  2020 Aug 12    


अनलाइन कराते कातामा स्वर्ण पदक


news

नेपालले आईएसकेयु इन्टरनेसनल अनलाइन काता च्याम्पियनसिप २०२० मा नेपालले चार स्वर्ण पदक हात पार्न सफल भएको छ । नरहरिपुर कराँते डोजो, मच्छेगाँउ, चन्द्रागिरि ९ की सञ्जु देसारले महिला क्याडेट इभेन्ट्समा स्वर्ण हात पारिन् । उनले श्रीलङ्काकी एसएभी देभमिनी डी सिल्भालाई पराजित गर्दै स्वर्ण जितेकी हुन् ।

यस्तै ७ वर्ष मुनिको स्पर्धामा आयोजक भारतका सात्विक खेतानलाई पराजित गर्दै नेपालका प्रशन्न घर्ती मगरले नेपालका लागि स्वर्ण हात पारे । ८ वर्ष मुनिको स्पर्धामा सत्कार घर्ती मगरले स्वर्ण हात पारे । उनले श्रीलङकाका थरुशा लकमललाई पराजित गरेका थिए । यसै गरी महिला १० वर्ष मुनिको स्पर्धामा दीक्षा महताराले स्वर्ण जितिन् । उनले इरानकी साबा रोहीलाई पराजित गरेकी थिइन् ।

इन्टरनेसनल सोतोकान कराँते युनाइटेड -आईएसकेयु_ र इन्स्टिच्युट अफ सोतोकान कराते युनाइटेड -आईएसकेयु_ को संयुक्त आयोजनामा भएको च्याम्पियनसिपमा नेपालका खेलाडीहरूले तीन रजत पनि हात पार्न सफल भएका छन् ।

अपडेट : 2020-07-04 21:59:46




your-image

Leave a Comment