आश्विन ६ २०७७   |  2020 Sep 22    


गाँउ फर्केका युवालाई तुलसीपुरमा रोजगारी


news

दाङको तुलसीपुर उपमहानगरपालिकाले कोरोनाका कारण गाउँ फर्केका युवाहरुलाई कृषिमा रोजगारी दिने नीति अघि सारेको छ । सुक्रवार नगर प्रमुख घनश्याम पाण्डेले नीति तथा कार्यक्रम सार्बजनिक गर्दै यस्तो बताएका हुन् । उनले जग्गा बाँझो राख्नेलाई कारवाही गरिने समेत बताए । उपमहानगरपालिकाले गाउँमा ‘एक गाउँ/एक कृषि फर्म र शहरी क्षेत्रमा एक घर एक कौशी खेती कार्यक्रमलाई अगाडि बढाईने छ । जग्गा चक्लाबन्दी गरि सामूहिक खेति गरिने, एक वडा/एक कृषि प्राबिधिकको व्यबस्थापन गरिने, रैथाने वालीको संरक्षण गरिने नीति अघि सारेको हो ।

तुलसीपुर आधुनिक कृषि उपज तरकारी तथा फलफुल बजारमा शित भण्डार स्थापना समेत गरिने, सुक्रवार सम्पन्न सातौ नगर सभामा नगर घनश्याम पाण्डेले नीति तथा कार्यक्रम विश्वमा फैलिएको महामारीका कारण बेरोजगारी समस्या बढ्नसक्ने आंकलनगरी कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको नगरप्रमुख पाण्डेले बताएका छन् । उपमहानगरपालिकाले लिएको नीतिमा स्वास्थ्य तर्फ गम्भीर प्रकृतीको रोग कोभिड १९ रोकथामका लागी क्वारेन्टिन व्यवस्थापन, स्वास्थ्य परिक्षण तथा थप आईशोलेसन वार्ड स्थापना गरी उपचारको समुचित प्रवन्ध मिलाईने छ भने रोग प्रतिरोधी क्षमता विकाशगरी मनोपरामर्शसंग संम्वन्धित काम गर्ने, स्वास्थ्य चौकीहरुमा ल्यावको व्यवस्था गर्ने विजौरीको आयुृर्वेद अस्पताललाई औषधि उत्पादनको लागी जडीवुटी उद्यान बनाउने, बेलझुण्डीको कोरोना विशेष अस्पताललाई सवै प्रकारका रोगको उपचारको व्यवस्था गर्ने, स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि गर्ने रहेको छ ।

त्यसैगरी नगरवासीको आपतकालीन स्वास्थ्य सेवामा सहज पहँुचका लागी सवै वडामा एम्वुलेन्स सेवा विस्तार गर्ने, सुत्केरी आमाको सुरक्षा कार्यक्रम प्रभावकारी भई मातृमृत्युदर शुन्यमा झार्न सफल भएकोले प्रोत्साहन भत्तालाई निरन्तरता दिईएको छ । सुत्केरी गराउनकालागी एम्वुलेन्स प्रयोग गर्नेहरुलाई ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । यो वर्ष मोतियाविन्दु मुक्त नगर बनाउने, सिकलसेल एनिमिया रोग व्यवस्थापनका लागी कार्यक्रम बनाउने, मेडिकल कलेज तथा मल्टिप्रपोज ल्यावको स्थापना गरी सेवा प्रवाह गर्ने नीतिमा समेटिएको छ । तुलसीपुरलाई प्राविधिक शिक्षाको हव बनाउनको लागी बहुप्राविधिक शिक्षालय स्थापना गर्ने, मेट्रो कलेज स्थापना गरेर यसैवर्षवाट बन विज्ञानको पढाई सञ्चालन भैरहेको छ भने यसै क्षेत्रका ८ वटा सामुदायिक विद्यालयलाई प्राविधिक शिक्षाको लागी अनुदान दिईने छ । विभिन्न प्राविधिक विषयको पढाई सञ्चालन गरीने छ । यसै वर्षवाट प्रदेश सरकारको सहयोगमा तुलसीपुर बहुप्राविधिक शिक्षाका लागी बजेट विनियोजन भएकोले त्यसको लागी समन्वय गरिने नीति तथा कार्यक्रममा समेटिएको छ ।

उपमहानगरपालिकाले सवै नगरवासीमा स्वच्छ पिउने पानी, बाहै्र महिना सिचाईको व्यवस्थापन, सडक सन्जाल विस्तार, फोहोर व्यवस्थापन, पर्यटन मार्ग लगाएतका विषयलाई निति तथा कार्यक्रममा प्राथमिकता दिईएको छ । पर्यटन, उद्योग बाणिज्य, पशु, खेलकुद, लैङगिक समानता तथा सामाजिक समाबेशिकरण, संस्कृती प्रबद्र्धन, सिचाई, उर्जा, वाताबरण तथा विपद् व्यवस्थापन, जलाधार संरक्षण, फोहरमैला व्यवस्थापन, सुशासन प्रबद्र्धन, सहकारी, सञ्चार, अनुसन्धान तथा विकास सहित क्षमता विकास, सिप विकास लगाएतका क्षेत्रलाई समेटेर नीति तथा कार्यक्रम बनाईए उपमहानगरले जनाएको छ ।

अपडेट : 2020-06-20 00:38:23




your-image

Leave a Comment