राइज योर भ्वाइस सिजन टु को तयारी


news

सगरमाथा डान्स सेन्टरको आयोजनामा गतवर्षदेखि हुँदै आएको राईज योर भ्वाईस सिजन टु को अडिसन यही मंसिर २७ गतेदेखि हुने भएको छ । यस क्षेत्रमा रहेका गायन प्रतिभाहरूबीच स्वस्थ प्रतिस्पर्धा गराई असल प्रतिभा जन्माउने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगिताको पहिलो अडिसन आगामी शनिबार नवलपरासीको बर्दघाटमा हुने आयेजकले जानकारी दिएको छ । आयोजकले सोमबार बुटवलमा पत्रकार सम्मेलनमार्फत दोस्रो अडिसन २७ गते बुटवलमा र तेस्रो अडिसन भैरहवामा गर्ने तालिका रहेको बताएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै आयोजक संस्थाका संचालक मुकेस गुरु·ले गत वर्षको प्रतियोगिताको हौसलाबाट यस वर्ष पनि प्रतियोगितालाई निरन्तरता दिइएको बताए । प्रतियोगिताका निर्णायक प्रेम नेपालीले अडिसनबाट छनौट भइ भएका प्रतिस्पर्धीहरूबीच पियानो, फिल्मी, डुयट लगायत गरी ६ चरणको अडिसनपश्चात ग्राण्ड फिनालेमा सहभागी गराइने बताए । प्रतियोगिताबाट प्रथम हुनेले यामाहा कम्पनीको एफ जेड मोटरसाईकल र अन्य गिफट ह्याम्पर पाउनेछन भने दोस्रो र तृतीय हुनेले क्रमशः३० हजार र १५ हजार नगद सहित अन्य गिफ्ट ह्याम्पर पाउनेछन् ।

अपडेट : 2018-12-04 03:05:51




your-image

Leave a Comment