बन्दीपुरे आँखाले बटौली हेर्दा


news


मथुरा पिया

पचहत्तर जिल्लाको मान्छे बटुलिएको ठाउ“ हो बटौली । योगी नरहरि नाथकाअनुसार बुद्धबलबाट अप्रभंश भएर बटौली नाम रहन गएको हो । खस्यौलीको हकमा बुझ्दैजाँदा पूर्व मध्यकालिन नेपालको केन्द्रीय शासनमा विभिन्न कमजोरीहरु देखा परेकोले केन्द्रभन्दा टाढा प्रदेशहरु राख्दा प्रशासनिक नियन्त्रण हुन सकेन । यस्तो परिस्थितिमा नेपालमा अनेकौँ राज्य पैदा भए । यसैक्रममा कर्णाली प्रदेशमा स्थापना भएको खस राज्यले विस्तृत रुप लिएको थियो । खस राज्य विस्तारकालमा गण्डकी प्रदेशमा पनि शासन चलाएको र काठमाण्डौ उपत्यकामा पनि आक्रमण गरेको पाइन्छ । यसो हु“दा खस राज्य विस्तारकालमा बुटवल क्षेत्र खस राज्यअन्तर्गत रहेको थाहा हुन्छ । खसहरुको आगमनलाई यहा“को विभिन्न स्थानका नामहरु पुष्टि गर्नुकोसाथै खस्यौली शब्दको उत्पत्ति पनि खस जातिसंग जोडिएको पाइन्छ । अर्थात् खस जातिबाचक नाममा “यौली” प्रत्यय जोडेर खस्यौली शब्दको उत्पत्ति भएको पाइन्छ । जसको अर्थ खसहरुको थलो भन्ने हुन्छ । खसहरु बसेको थलोलाई यहा“का रैथानेहरुले खस्यौली नाम दिए । अहिले वारीपारी दुवैलाई बुटवल भन्ने गरिन्छ । अंग्रेजी वाक्य “नोथिङ वट वाल” बाट अप्रभंश भएर बुटवल नाम रहन गएको हो पनि कतिपयको भनाइ छ । अर्को बुद्ध ओलो ओली (नेवारी शब्दः आयो) बाट अपभ्रंश भएर बुटवल नाम रहन गयो भन्ने अर्काथरीको भनाई पनि छ । यो लेखमा मुलतः पारी बटौलीको विषयमा आँैल्याउन खोजिएको छ ।
सर्वप्रथम म त्यहा“जा“दा बटौली अलि बर्ष अर्धउन्नतिबाट हठात अवन्नतिमा पुगेको थियो । पतनको आघातले बटौली विक्षिप्त थियो । त्यसैत्यसै उदास र हतास थियो त्यो । सिद्धार्थ राजमार्ग, तिनाउखोलाको किनारै किनार पारी खस्यौली भएर पोखरा गयो । बन्द व्यापार सबै पारी खस्यौली स¥यो । सिद्धार्थ राजमार्गले खस्यौलीलाई हुनसम्म उद्धार ग¥यो, बटौलीलाई अभिशाप भयो । सडक पायक भन्ने बाहनामा यहा“का सम्पूर्ण सरकारी, गैरसरकारी अफिसहरु, इलाका प्रशासन, बु.न.पा., लुम्बिनी वाणिज्य क्याम्पस, नेपाल बैंक, इलिट स्कूल वारी सारिए । बजार पनि स¥यो । बस्ती बिलाउ“दै गए । सवल बटौलीवासीहरु लाखापाखा लागे । घर खाली हु“दै गए । तिनाउको छेउँ, पहाड र तराईको दोसाँधमा उत्तर दक्षिण लम्पसार परेर बसेको बटौली सुतेको शहर झँै भयो । अहिलेसम्म स्थिति लगभग यस्तै यस्तै छ । बजार गुल्जार हुन सक्याछैन । सिद्रा माछा, बैद्यनाथ औषधि, कपडा, किराना, धान चामल, जेरीपुरी, फुल्की, छोइला, कचिलाले सानोतिनो ब्यापार धानेको छ । अवसरको खोजीमा बुटवलवासी अन्यत्र गए । बाँकी रहेका एकाध व्यापारीहरुको मनोदशा सुस्त छ । थिंकटैंकहरु टोलाईरहेका छन् । कलात्मक वान्की परेका हवेलीहरु खाली खाली छन् । सम्पूर्ण घरहरु मर्मत, पेन्टिड्ड गर्नुपर्ने छ । मन्दिर पर्खालहरु, बगैचाहरुको स्याहारसुसार आवश्यक छ । धारा, पाटी, पौवाहरु ममर्त गर्नुपर्ने छ । फिल्म हल बन्द छ । २०३६ सालको बाढीले पनि केही घरहरु बगायो । फलस्वरुप बजारको शोभा घटेको छ । बाटो सा“गुरो छ । महाविर पुस्तकालय पनि बन्द अवस्थामा छ ।
विगतको यसको इतिहास खोतल्ने हो भने बटौली बहुत चम्केको बजार थियो । पहाडको काखमा बसेको यो बजारको महत्वको मुख्य कारण व्यापारिक केन्द्र भएकोले नै हो । ऐतिहासिक कालमा पनि यहाँ व्यापारले निरन्तर प्रगति गर्दै गयो । अहिलेको प्रशासनिक विभाजनअनुसार लुम्बिनी अञ्चलको तीन जिल्ला धवलागिरी अञ्चलको चार जिल्ला र गण्डकी अञ्चलको ६ जिल्लाका मानिसहरु आफूसंग भएका घिउ, सुठो, जिनीस, जडिबुटी बिक्री गर्न तथा आफुलाई आवश्यक पर्ने सामानहरु नुन, तेल, कपडा, खाद्यन्न खरिद गर्न यहा“ आउँथे । अदुवा, सोठी, जडीबुटी भारत निर्यात हुने गर्दथ्यो । बटौलीको घिउ वनारसमा सारै प्रख्यात थियो । त्योबेला घोँडा, खच्चड, ढाक्रे, भरियाबाट बटौली देखि पहाडी भूभागमा सामान ओसारपसार गरिन्थ्यो । यहा“का कोरा कपडामा छिपी छापिन्थ्यो । साडी बनाइन्थ्यो । यहा“देखि रोल्पा, रुकुम, जाजरकोट, प्यूठान, डोल्पा, गोरखासम्म भरियालाई बोकाएर सामान पु¥याइन्थ्यो । हिउ“दमा व्यापारको चापाचापले एक ठाउ“बाट अर्को ठाउ“ छिचोल्न ग्राहकहरुलाई धौधौ पर्दथ्यो । धान, चामल लोड गरेका ठेलागाडी बाहिरबाट यथेष्ट मात्रामा आउँथे । त्योबेला बटौली शिखरमा थियो । मानिसहरुलाई बोल्ने फुर्सद थिएन । कामको माचामाच थियो । यसरी यो पश्चिम क्षेत्रकै सबभन्दा ठूलो व्यापारिक केन्द्र थियो ।
बटौली देखेपछि आफ्नो कर्मथलो बन्दीपुरको याद आयो । बन्दीपुर र बटौलीलाई दा“ज्न थालेँ । धेरै कुराहरु याद आउन थाल्यो । बन्दीपुर पनि एकताका बटौलीजस्तै सुनसान थियो । अवन्नतिको चपेटामा थियो । २०२५ सालमा बन्दीपुरको सदरमुकाम अन्यत्र स¥यो । त्यहीमाथि राजमार्ग तल बेसीतिर भएर गयो । सबै बेरोजगार भए । टोल टोलबीच एक आपसमा झगडा चल्न शुरु भयो । विकासको क्रम भड्ड भयो । बन्द व्यापार ठप्प भयो । बजारमा आवतजावत शुन्यमा झ¥यो । हुनेखाने लाखापाखा लागे । जवानी दिवानी बिलाए । बजार वरीपरी झार, बुट्यान र रुखहरुले ढाक्न थाले । पसलहरुमा बत्ति बल्न छाडे । सा“झ भएपछि बजारमा निस्कन नसक्ने अवस्था भयो । भूत पिचासहरु बढ्न थाले । दरबारजत्रा, दरवारजस्ता घरहरु ढल्दै गए । बाँकी बचेका घरहरुमा पनि मानिस बस्न छाडे । फाट्टफुट्ट बालबच्चा र बुढाबुढी मात्र बाँकी रहे । दिउ“सै तर्साउला झैँ भयो । राती जंगली जनावरहरुले घर छेउँका जनावरहरु तान्न सुरु ग¥यो । हेर्दाहेर्दै बन्दीपुर मृत शहरमा परिणत भयो ।
तर २०२५ सालभन्दा पहिले बन्दीपुरमा साह्रैं चहलपहल थियो । जिल्लाको सदरमुकाम यहिँ थियो । बन्दव्यापार उच्च थियो । घरेलु उद्योग फष्टाएको थियो । गोर्खा, लमजुङ, कास्की, धादिङसम्मका व्यापारीहरु व्यापारको सिलसिलामा यहा“ आउँथे । मनाङ, लमजुड्ड, गोर्खा क्षेत्रका मानिसहरुको मधेश झर्ने नाका यही थियो । यहा“का व्यापारीहरु ठोरी, नरकटियागंज, कलकत्ता, बम्बईसम्म व्यापारको लागि पुग्ने गर्दथे । भारतसम्म र मनाड्ड मुस्ताङहु“दै तिब्बत पुग्ने व्यापारिक केन्द्र बन्दीपुर नै थियो । भोटे कुकुर, जडीबुटी, जनावरको छाला, भालुको पित्त त्यस बखत खुलेआम किनबेच हुन्थ्यो । अग्ला दुई पाखाको थुम्कोमा अवस्थित बन्दीपुरमा बाटोघाटो थिएन । भरियाको भरमा व्यापार हुन्थ्यो । घरेलु तानबाट कपडा बन्थ्यो । भक्तपुरबाट विस्थापित भएर आएका मानिसहरुले बसालेको यो बन्दीपुर बजार २०२५ सालपछि हवात्तै तल झ¥यो । हेर्दाहेर्दै भूतको शहर झैं भयो ।
बन्दीपुर र बटौलीमा धेरै समानता छ । दुवै नेवार बाहुल्य वस्ती हुन् । समुद्र सतहदेखि १००० मीटर उचाइमा रहेको बन्दीपुर र ३२२ फिट उचाइमा रहेको बटौलीको मौसम लगभग समान छ । यहा“ गर्मी अलि बढी छ तर तिनाउ खोलाले गर्दा सा“झ बिहान शितलै छ । दुवै शहर पहाडको घेँचमा अवस्थित छन् । बन्दीपुर मुचुक डा“डामुनी छ भने बटौली नुवाकोट डाँडामुनि छ । बटौली माथि राजा मणि मुकुन्दसेनको प्रथम दरबार छ भने बन्दीपुर माथि राजा मणि मुकुन्दसेन द्वितीयको दरबार छ । दुवैको ऐतिहासिक पृष्ठभूमि लगभग एकैएकै छ । दुवै ठाउ“ भक्तपुर, किर्तिपुर, काठमाण्डौले बसालेको बस्ती हुन् । अझ बन्दीपुरभन्दा बटौली धेरै कुरामा अगाडि छ । इण्डिया बोर्डर यहा“बाट जम्मा २४ किलोमिटरमा छ । लुम्बिनी पनि त्यति टाढा होइन । यो मठ, मन्दिर, बिहार र मस्जिदहरुबाट सुसज्जित प्राचीनतम शहर हो । बर्षौँ पुरानो जलबिनायक गणेश मन्दिर यहिँ छ । जगतजंग राणाको नाति बिरजंगव्दारा निर्मित कृष्णेश्वर महादेव र १८६४ मा फौजदार, मणिराज मास्केव्दारा निर्मित श्रीमन् नारायण मन्दिर पनि यहिँ छ । साहित्य, कला संस्कृतिको प्रतीकको रुपमा चिनिने नागेश्वरको मन्दिर छ । सुकुलबाबा मन्दिर राजा अमर सेनसंग सम्बन्धित छ । उहा“को निर्देशनमा पुरोहित कान्तुपाध्याले मन्दिरमा पूजा गर्ने गर्दथ्यो । राजा मुकुण्दसेनव्दारा स्थापित बाघभैरव मन्दिर यहिँ छ । पद्म चैत्य बिहार छ । यो १९७१ भन्दा पहिले स्थापना भएको हो । रजा ए मुस्तफानामा मस्जिद कानपुरका व्यापारीहरुले बनाएका हुन् । सन् १९६१ मा स्थापना भएको हो । शिवालय मन्दिर पुरातात्विक हिसावको ठूलो महत्व छ । यो मन्दिर सेनकालमा निर्माण भएको हो । राजा मणि मुकुन्दसेनको दरबार बटौली माथि फूलबारी बगैंचाभित्र छ ।
मणि मुकुन्दसेन दरबार देखि पूर्व करिब आधा किलोमिटरको दुरीमा अंग्रेजलाई परास्त गरेको जीतगढी किल्ला छ । यसलाई कर्णेल उजिरसिंह गढी पनि भनिन्छ । दरबारदेखि जीतगढीसम्म सुरुड्ड मार्ग भएको र युद्धमा नेपालीको तर्फबाट नेतृत्व गरेका कर्णेल उजिर सिंह थापाको नुवाकोट देखि मणि मुकुन्दसेन दरबार हु“दै सोही सुरुङ मार्गबाट जीतगढी फोरेर नेपाली पक्षको कमाण्ड सम्हालेको इतिहासमा उल्लेख छ ।
बटौली डा“डामा ढुड्डेधारा, कुवा, सानोतिनो खोला थुपै्र छन् । तर संरक्षण हुन सकेको छैन । यहा“ बाह्रै महिना विभिन्न किसिमका फरक फरक जात्रा मनाइन्छन् । पहिलेको हेरी केही कम छ । बटौली देखि माथि केबुलकारका लागि नुवाकोटजस्ता स्थान पनि छन् । रिसोर्टको लागि पनि उपयुक्त छ । केबुलकारको काम थालनीको क्रममा छ । तर व्यवस्थापको कमिले रोकिएको छ । तिनाउ खोला एक सुरले बगिरहेको छ । यसलाई उपयोगमा ल्याउने काम अझसम्म भएको छैन । मौलिक संस्कृति र परम्परा बचाउ अभियानस“गै बटौली बजारभित्र सरसफाइ गरेमा धार्मिक पर्यटक बढ्न सक्छन् । बजार भन्दा माथि फूलबारीमा आएका पर्यटकहरुले बजारलाई गुल्जार गर्न सक्छन् । बजार गुल्जारको लागि यहा“ रहेका पुराना मन्दिरहरुलाई मर्मत गर्नुपर्ने हुन्छ । अन्य विकल्पमा माथि डा“डामा प्यारागलाईडिङ सेवा र तिनाउ नदीमा बोटिड्डको व्यवस्था हुन सक्छ । यसकोलागि बुटवल उप–महानगरपालिकाको मुख नताकि नागरिक पनि प्रगतिशील हुनुपर्छ । अन्तमा तिनाउ खोला माथिको पक्की पुलले पक्कै पनि बटौलीको मुहार फेर्नेछ ।
बन्दीपुर, हाल बुटवल

अपडेट : 2018-07-07 02:54:58




your-image

Leave a Comment