आषाढ ७ २०७८   |  2021 Jun 21    


सम्पादकीय

लैंगिक तथा घरेलु हिंसाको जरो (सम्पादकीय)

मुलुकमा अहिले लैंगिक हिंसाविरुद्ध १६ दिने अभियान चलिरहेको छ । अभियानमा हिंसा रोक्नको लागि सचेतना अपनाउनु पर्ने, कानुनलाई ध्यान दिनुपर्ने, मानबीय सभ्यतालाई ख्याल गर्नुपर्ने, मानिसमा कुन कार...
पुरा पढ्नुहोस

लैंगिक तथा घरेलु हिंसाको जरो (सम्पादकीय)

मुलुकमा अहिले लैंगिक हिंसाविरुद्ध १६ दिने अभियान चलिरहेको छ । अभियानमा हिंसा रोक्नको लागि सचेतना अपनाउनु पर्ने, कानुनलाई ध्यान दिनुपर्ने, मानबीय सभ्यतालाई ख्याल गर्नुपर्ने, मानिसमा कुन कारणबाट क्रुरता आउँछ त्यस्ता बस्तुहरू सेवन गर्न रोक्नुपर्ने लगायतका कुराहरू सिकाउने गरिएको पाइएको छ । लागूऔषधको सेवन तथा मद्यपान सेवन कार्यले लैँगिक तथा घरेलु हिँसा बढाएको कुरालाई कसैले पनि बिर्सन मिल्दैन । यसलाई मध्यनजर राख्दै अहिले कतिपय जिल्लालाई मदिरा निषेधित जिल्ला घोषणा गर्न थ...
पुरा पढ्नुहोस

पानीको संकट (सम्पादकीय)

प्युठानको  मल्लरानी गाउँपालिका–३ चौरपानीमा खानेपानीको ब्यबस्था मिलाउन स्थानीयबासीले आफ्नो वलबुताबाट निकै प्रयास गरे । गाउँमा पानी ल्याउन त्यति सहज थिएन । ठूलो लगानी लाग्थ्यो । स...
पुरा पढ्नुहोस

पानीको संकट (सम्पादकीय)

प्युठानको  मल्लरानी गाउँपालिका–३ चौरपानीमा खानेपानीको ब्यबस्था मिलाउन स्थानीयबासीले आफ्नो वलबुताबाट निकै प्रयास गरे । गाउँमा पानी ल्याउन त्यति सहज थिएन । ठूलो लगानी लाग्थ्यो । स्थानीयबासीलाई घण्टौँ लाग्थ्यो एक गाग्रो पानी घरमा ल्याउनको लागि । यो समस्यालाई उनीहरूले नेताका कानमा पुराए । सरकारका सदरमुकामस्थित विकासे योजनामा पुराए । डेलिगेशन गए । निर्वाचनका बेलामा भोट माग्न आउने नेताहरूलाई गुनासा पोख्दै सहयोग गर्न अपिल गरे । नेताहरूबाट फोस्रा आश्वासन पनि पा...
पुरा पढ्नुहोस

समृद्धिको सस्तो नारा (सम्पादकीय)

राज्य सञ्चालन गर्ने नेताहरूबाट मुलुकको समृद्धिको नारा लगाइन थालेको निकै लामो समय भइसकेको छ । संघीय सरकारमा रहेका वा नरहेका नेताहरू देखि गाउँपालिकाको वडास्तरसम्मका नेता, कार्यकर्ता सबैको मु...
पुरा पढ्नुहोस

समृद्धिको सस्तो नारा (सम्पादकीय)

राज्य सञ्चालन गर्ने नेताहरूबाट मुलुकको समृद्धिको नारा लगाइन थालेको निकै लामो समय भइसकेको छ । संघीय सरकारमा रहेका वा नरहेका नेताहरू देखि गाउँपालिकाको वडास्तरसम्मका नेता, कार्यकर्ता सबैको मुखबाट समृद्धिकै कुरा सुन्न पाइन्छ । समृद्धिको पदावली प्रयोग नगर्दासम्म भाषणको बान्की नै नमिल्ने भएको छ । तर, ब्यवहारमा हेर्दा त्यो समृद्धि कुन चराको नाम हो थाहा छैन । समृद्धिको परिभाषा निकै फराकिलो छ । निकै ओजिलो छ । जसलाई नेताहरूले अत्यन्तै हलुका रूपमा लिइरहेका छन् । राष्ट्रपतिला...
पुरा पढ्नुहोस

सरकारी नीति र विद्यालयको अवस्था (सम्पादकीय)

विद्यालयहरूले आर्थिक आर्जन गर्ने प्रयोजनको लागि बिद्यालयको नाममा रहेका कतिपय जग्गालाई भाडामा दिने एकखालको फेशन नै बनेको छ । कतिपय धनी विद्यालयहरूले शटर बनाएर ब्यापारी, ब्यवसायी, उद्योगीहरू...
पुरा पढ्नुहोस

सरकारी नीति र विद्यालयको अवस्था (सम्पादकीय)

विद्यालयहरूले आर्थिक आर्जन गर्ने प्रयोजनको लागि बिद्यालयको नाममा रहेका कतिपय जग्गालाई भाडामा दिने एकखालको फेशन नै बनेको छ । कतिपय धनी विद्यालयहरूले शटर बनाएर ब्यापारी, ब्यवसायी, उद्योगीहरूलाई भाडामा दिँदै आएका छन् । यसो गर्दा विद्यालयको आम्दानी बढ्छ र अपुग भएका शिक्षकहरूलाई राख्न र तलब दिन सकिन्छ । आजको पढाइ कम्प्युटर प्रणालीमा लगिएको छ । ती उपकरणहरू किन्नको लागि पैसा आवश्यक हुन्छ । विद्यालयले गुणस्तरीय शिक्षा दिनको लागि विषयविज्ञ शिक्षकहरूलाई अतिरिक्त पैसा दिएर व...
पुरा पढ्नुहोस

भ्रष्टाचारबाट मुक्त कसरी हुने ?

मन्त्रीहरूले सबैजसो सरकारी कार्यालयका प्रमुखहरूलाई इमान्दारिपूर्वक छिटो काम सम्पन्न गर्न निर्देशन दिएको सुन्नमा आइरहन्छ । चाहे संघीय सरकार होस् चाहे प्रादेशिक सरकार होस् वा स्थानीय निकाय न...
पुरा पढ्नुहोस

भ्रष्टाचारबाट मुक्त कसरी हुने ?

मन्त्रीहरूले सबैजसो सरकारी कार्यालयका प्रमुखहरूलाई इमान्दारिपूर्वक छिटो काम सम्पन्न गर्न निर्देशन दिएको सुन्नमा आइरहन्छ । चाहे संघीय सरकार होस् चाहे प्रादेशिक सरकार होस् वा स्थानीय निकाय नै होउन् यो एकखालको परम्परा बन्दै आएको छ । मन्त्रीहरूको काम नीति बनाउनु र निर्देशन दिनु हो । तर, कार्यालयहरूमा सेवाग्राही काम लिएर गए भने उदास बन्नुपर्ने अबस्था हटेको छैन । कर्मचारीतन्त्रमा देखिने ढिलासुस्ती र काम सम्पन्न गरिदिनको लागि केही रकम माग गर्ने रोग हटेको छैन । सेवाग्राही...
पुरा पढ्नुहोस

लैंगिक हिंसाका कुरा(सम्पादकीय)

 प्रकृतिले मानिसलाई दुई लिंगमा विभाजन गरिदिएको छ । पुलिंग र स्त्रीलिंग । प्राणीको उत्पत्तिको लागि यसो हुनु जरुरी थियो । यो न कुनै भेदभावको लागि थियो न त हिंसा, अन्याय, अत्याचारको लागि...
पुरा पढ्नुहोस

लैंगिक हिंसाका कुरा(सम्पादकीय)

 प्रकृतिले मानिसलाई दुई लिंगमा विभाजन गरिदिएको छ । पुलिंग र स्त्रीलिंग । प्राणीको उत्पत्तिको लागि यसो हुनु जरुरी थियो । यो न कुनै भेदभावको लागि थियो न त हिंसा, अन्याय, अत्याचारको लागि । प्रकृतिमा पुलिंग र स्त्रीलिंगको समान अधिकार छ । समान कर्तब्य छ । तर, मानिसमा जुन समय देखि बस्तुको क्रय विक्रय शुरु भयो त्यतिबेला देखि लिंगलाई पनि क्रय विक्रयको बस्तु बनाइयो । अहिले समाजमा यसले बिकराल रूप लिइरहेको छ । पितृसत्तात्मक युगको शुरु भएपछि महिलाहरू बजारमा सजाउने बस्तु...
पुरा पढ्नुहोस

शान्ति सम्झौता (सम्पादकीय)

मंसिर पाँच गते नेपालको राजनैतिक इतिहासमा कोसेढुंगा मानिन्छ । १० वर्ष लामो सशस्त्र द्वन्द्वमा रहेको माओवादी र तत्कालीन सरकारकाबीचमा शान्ति सम्झौता भएको दिनको रूपमा मंसिर पाँचलाई लिने गरिएको...
पुरा पढ्नुहोस

शान्ति सम्झौता (सम्पादकीय)

मंसिर पाँच गते नेपालको राजनैतिक इतिहासमा कोसेढुंगा मानिन्छ । १० वर्ष लामो सशस्त्र द्वन्द्वमा रहेको माओवादी र तत्कालीन सरकारकाबीचमा शान्ति सम्झौता भएको दिनको रूपमा मंसिर पाँचलाई लिने गरिएको छ । प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादी अध्यक्ष पुष्पकमल दाहालले २०६३ मङ्सिर ५ गते सो सम्झौतामा हस्ताक्षर गरेका थिए । जुन सम्झौताको बाह्र बर्ष पूरा भएको छ । यस अवधिमा राजनीतिक रूपमा त शान्ति कायम भएको छ । गाउँ, शहर जताततै पड्कने बन्दुकहरू बिसाइएका छन् । बेला न कुबेला हु...
पुरा पढ्नुहोस

जात लोप हुनुको तथ्य (सम्पादकीय)

हाम्रो समाजमा रूप, जात, थर, लिंग आदिबाट एकले अर्कोलाई होँच्याउने चलन छ । यसरी होँच्याउने गर्दा कतिपयले ग्लानीको महशुस गर्छन् । रूप र लिंग त लुकाउनु मिल्दैन । तर, जातको हकमा कतिले आफ्नो वास...
पुरा पढ्नुहोस

जात लोप हुनुको तथ्य (सम्पादकीय)

हाम्रो समाजमा रूप, जात, थर, लिंग आदिबाट एकले अर्कोलाई होँच्याउने चलन छ । यसरी होँच्याउने गर्दा कतिपयले ग्लानीको महशुस गर्छन् । रूप र लिंग त लुकाउनु मिल्दैन । तर, जातको हकमा कतिले आफ्नो वास्तविक जात थर लुकाउने गरेको पाइन्छ । कुसुन्डालाई पनि कसैले कुसुन्डा भनिदियो भने रिसाउँछन् । गाउँघरमा यसरी बोलाउनुलाई होच्याएर अपशब्दका रूपमा बुझ्छन् । यसरी नै विभिन्न जाति, जनजाति, उत्पीडित वर्गका मानिसले जात थरबाट बोलाउँदा रिसाएर विकल्प खोज्ने क्रममा अरू नै जात लेखाउने र बोलीचाली...
पुरा पढ्नुहोस

घोषणा र यथार्थ (सम्पादकीय)

पाँच नम्बर प्रदेशको कपिलवस्तु र बाँके बाहेकका जिल्ला पूर्ण साक्षर जिल्ला घोषणा भइसकेका छन् । खुल्ला दिसामुक्त जिल्ला घोषणा लगभग सकिएका छन् । प्रदेश सरकारको नीति कार्यक्रममा पूर्ण साक...
पुरा पढ्नुहोस

घोषणा र यथार्थ (सम्पादकीय)


पाँच नम्बर प्रदेशको कपिलवस्तु र बाँके बाहेकका जिल्ला पूर्ण साक्षर जिल्ला घोषणा भइसकेका छन् । खुल्ला दिसामुक्त जिल्ला घोषणा लगभग सकिएका छन् । प्रदेश सरकारको नीति कार्यक्रममा पूर्ण साक्षर प्रदेश घोषणा गर्ने भनिएको पनि छ । घोषणा गर्नु आफैमा राम्रो कुरा हो र हुनुपनि पर्छ । तर, घोषणा गरेबमोजिम काम भएका छन् छैनन् यो केलाउनु पर्ने हुन्छ । बुटवल उपमहानगरपालिका दिसामुक्त नगरपालिका पनि हो । के यो दिसामुक्त छ ? सस्तो लोकप्रियता कमाउनको लागि किचन बैठकमा बसेर केही घोषणा...
पुरा पढ्नुहोस

बालबालिकाको अवस्था (सम्पादकीय)

आज विश्व बालबालिका दिवस हो । भु्रण अवस्था देखि १८ बर्षसम्मको उमेरलाई बालबालिका मानिएको छ । यद्यपि बालबालिका त्यो अबस्थासम्म मानिन्छ जुन अबस्थासम्म उनीहरूलाई बाबु आमाको आवश्यकता महशुस हुन्छ...
पुरा पढ्नुहोस

बालबालिकाको अवस्था (सम्पादकीय)

आज विश्व बालबालिका दिवस हो । भु्रण अवस्था देखि १८ बर्षसम्मको उमेरलाई बालबालिका मानिएको छ । यद्यपि बालबालिका त्यो अबस्थासम्म मानिन्छ जुन अबस्थासम्म उनीहरूलाई बाबु आमाको आवश्यकता महशुस हुन्छ । लालनपालन आमाबाबुले गर्नुपर्ने हुन्छ । जबसम्म शारीरिक, मानसिक रूपमा बालबालिकाहरू पराश्रित हुन्छन् त्यो उमेर समूहका मानिसलाई बालबालिका मान्नुपर्ने हुन्छ । कति उमेरका मानिसलाई बालबालिका मान्ने भन्ने कुरामा विश्वका मुलुकमा आफ्नै मापदण्डहरू बनाइएका छन् । धनी मुलुकहरूले जबसम्म कुनै...
पुरा पढ्नुहोस