ट्रेंडिंग:

>> नासिंदै चौपारीहरु : गमलाको पिपल पूजा गर्दै, संस्कृति जोगाउँदै >> भारतले रोक्यो नेपाली चिया निर्यात,१७ ट्रक चिया भारतमा अलपत्र >> काठमाडौँबाट संखुवासभा जाँदै गरेको माइक्रोबस धनकुटामा दुर्घटना, १९ जना घाइते >> सल्यान उद्योग वाणिज्य संघको मतदान सुरु >> नवलपरासीमा आगलागी : १० घर जलेर नष्ट >> आइपिओ जारी गर्दै ड्रिम इन्टरनेशनल >> एमाले प्रतिनिधि परिषद् बैठक आज, २ हजार ४ सयको सहभागिता रहने >> कथाः हेडसर >> यसरी नियन्त्रण गर्न सकिन्छ आगलागी >> सरकारसँगै फेरिन्छन भूमि आयोग >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कान्तिमा स्तरमापन परीक्षा >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमडी तहको पठनपाठन शुरु >> पेमेन्ट गेटवे प्रकरणमा टेलिकमका प्रबन्ध निर्देशक सुनील पौडेल भ्रष्टाचारी ठहर, मधु मरासिनीलाई सफाइ >> सुप्रिम सहकारीका अध्यक्ष गुरुङ थुनामा, दीपेश पुनसहित ६ जना धरौटीमा रिहा हुने >> यूएईसँग नेपाल ६ विकेटले पराजित, एसिया कप खेल्ने चाहना अधूरै >> संजिवनी टोलको १० औ रक्तदान >> सुदूरपश्चिममा सत्ता गठबन्धन मन्त्रालय भागबण्डाको गृहकार्यमा >> विपिनको रिहाइका लागि पहल गरिदिन प्रधानमन्त्रीलाई आग्रह >> नेपालले युएईलाई दियो १२० रनको लक्ष्य >> अर्घाखाँची बस दुर्घटनामा घाइते १७ मध्ये एक जनाको मृत्यु >> सुन तोलामा ७ सय रुपैयाँले बढयो >> युएईविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल >> स्वचालित विधिबाट परीक्षा केन्द्रको निर्धारण हुने >> इरानमा इजरायलले सुरु गर्‍यो मिसाइल आक्रमण >> जन्ती लिन जान लागेको गाडीले ठक्कर दिंदा एकजनाको मृत्यु >> सिन्धुपाल्चोकमा बेहुली बोकेको जन्ती सवार बस दुर्घटना, ३ जनाको मृत्यु, ५२ घाइते >> होटेलमा बसेकी छोरीलाई रडले हानेर हत्या गर्ने बाबु पक्राउ >> आगलागीमा परेर एक जनाको मृत्यु, ३ घर जलेर नष्ट >> भारतमा लोकसभा चुनाव सुरु, २१ राज्यका १०२ सिटमा मतदान >> ऐतिहासिक जितगढीः बुटवलको गौरव >> एसीसी प्रिमियर कपः सेमिफाइनलमा आज नेपाल र यूएई भिड्दै >> जितगढी, उजिरसिंह र भगवती जात्राको महिमा फैलाऔं >> बुटवलले नसम्झने त्योे मे २९ >> अस्पतालमा एसईईका विद्यार्थीलाई स्वयंसेवाको अवसर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> प्रधान सेनापतिद्धारा सैनिक फिल्ड अस्पताल र महाविद्यालयको उद्घाटन >> पोखरा महानगरमा घुस प्रकरण : तारेखमा छुटिन् उषाकिरण >> सल्यान उद्योग बाणिज्य संघको निर्वाचन तयारी पूरा >> सुझाव संकलन गर्न जनतासँग जनप्रतिनिधि कार्यक्रम >> आफन्तले अझै बुझेनन् भीमाको शव >> लुम्बिनीमा ७ मन्त्रीले लिए सपथ, ११ सदस्यीय भयो मन्त्रिपरिषद् >> अन्ततः एमालेले समर्थन गरेपछि सुदूरपश्चिमको मुख्यमन्त्रीमा सोडारीको दाबी पेश >> लुम्बिनीमा एकीकृत समाजवादीलाई मुख्यमन्त्रीले बनाए ‘खेलौना’, छिनमै सरकारबाट ‘आउट’, छिनमै ‘इन’ >> युक्रेनका प्रधानमन्त्रीको चेतावनीः रुससँगको युद्ध हारेमा तेस्रो विश्वयुद्ध >> सर्वोच्चको आदेशपछि एन्फा उपाध्यक्ष लामा छुटे >> अब ईसेवाबाटै ब्लुबुक नवीकरण र तेस्रो पक्ष बीमा, यसरी लिन सकिन्छ सेवा >> प्रतितोला ६ सय रूपैयाँ घट्यो सुन >> स्वीकृत पाठ्यपुस्तक प्रयोग नगरे कारवाही >> लुम्बिनीमा आज मन्त्रिमण्डल विस्तार हुने , विना विभागीयले पाए जिम्मेवारी

‘प्रविधिको उपयोगबिना उन्नति असम्भव’

२९ भाद्र २०७५, शुक्रबार
२९ भाद्र २०७५, शुक्रबार

प्रविधिको उपयोगले मात्रै विकास सम्भव हुने एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् । सल्यान श्रीनगरमा आयोजित एक कार्यक्रमको सहभागीहरूको जोड थियो, ‘प्रविधिको आविष्कार र प्रयोग विना उन्नती र प्रगती सम्भव छैन ।’ कमप्युटर एशोशियस महासंघ (क्यान) जिल्ला शाखा सल्यानको पाँचौ साधारणसभामा बोल्ने बक्ताहरूले प्रविधिले कुनै पनि कामलाइ छिटो, छरितो र सरल बनाउने तर्क गरेका हुन् ।साधारणसभाको उद्घाटन गर्दै सल्यानका प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले सरकारि कामलाइ प्रविधिमैत्री बनाउन विभिन्न कार्यक्रम शुरु भएको जनाए । उनले भने, ‘विकासमा नीजी क्षेत्रलाइ सरकारले अघि सारेको छ । निजी क्षेत्रले हरेक कामलाइ प्रविधिमैत्री बनाउन सहयोग गर्नसक्छन् ।’ विकास र सूचना सञ्चार प्रविधिको उचित संयोजनबाट नै देशको सामाजिक एवं आर्थिक विकास, रोजगारी सृजना, गरिबी न्यूनीकरण र सुशासन कायम हुन सक्ने कार्यक्रममा निचोड निकालिएको थियो । प्रविधिको प्रयोगविना विकासका एजेण्डाहरूको पहिचानदेखि, योजना तर्जुमा, त्यसको कार्यान्वयन, अनुगमन र प्रभाव मूल्यांकनसम्मका सबै प्रक्रियाहरू अवरुद्ध बन्न सक्ने हुँदा प्रविधिको विकास र विस्तारमा क्यान महासंघले बढिभन्दा बढि भुमिका खेल्न सक्नुपर्ने सहभागीहरूको अपेक्षा थियो ।
क्यानका जिल्ला शाखा अध्यक्ष भीम मल्लको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ढकालले कर्णाली प्रदेश सरकारले प्रेस लेसको अभ्यास सुरु गरेको जानकारि गराउँदै समयक्रम संगै सवै क्षेत्रमा यो लागू हुने बताए । उनले सरकारले ल्याउने नीति र कार्यक्रम लागु गर्न सवैको सहयोग आवश्यक हुने कुरामा पनि जोड दिए ।
कमप्युटर एशोशियस महासंघ (क्यान) का केन्द्रीय सदस्य भुपेन्द्र सिह ओलीले विकसित मुलुकहरूले प्रविधिको आविश्कार र प्रयोग बाट मात्र उन्नती र प्रगती गरेको बताए ।
यद्यपि सूचना प्रवीधिको विकास संगै फाईदा र वेफाईदा दुबै हुने भएकाले यसतर्फ सचेत रहनुपर्ने उनको जोड थियो । उनले भने, ‘विकासका क्षेत्रमा प्रवीधिको अधिकतम प्रयोग गर्नु आवश्यक छ । तर प्रविधीले गर्ने वेफाइदाबाट जोगिनस पर्छ ।’ स्थानीय तहका सरकार संग नीजि क्षेत्र सहकार्य गरेर अघि वढ्न तयार रहेको ओलीले बताए । कार्यक्रममा सल्यानका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक विरेन्द्र वहादुर शाही, क्यानका कर्णाली प्रदेश अध्यक्ष पूर्णदेव अधिकारी, नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष प्रतीक इच्छुक शर्मा, सल्यान उद्योग वाणिज्य संघका महासचिव भरत वस्नेत , क्यानका जिल्ला कोषाध्यक्ष मित्रलाल सुनार, लगायतले बोल्दै वर्षौंसम्म लाग्ने कामहरूलाई केही घण्टामै सम्पन्न गर्न सूचना प्रविधिले सहयोग पुर्याउने चर्चा गरेको क्यानका जिल्ला सचिव डम्वर शाहीले जानकारि दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?