ट्रेंडिंग:

>> कतारका अमिर स्वदेश फर्किदै, के के छ आजको कार्यक्रम ? >> चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना, तराईमा हावाहुरी >> सल्यानमा ११ प्रतिशत कम सुन्तला उत्पादन >> २६ औं भूकम्प सुरक्षा दिवस >> राजनैतिक स्वार्थको चक्रव्यूहमा सामुदायिक विद्यालय >> शिवराजमा निःशुल्क शिक्षाको अभ्यास >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> रुपन्देही मोर्डन स्कुलको वार्षिक उत्सव >> खोलामा डुबेर एकको मृत्यु >> नेपाल मगर महिला संघ रुपन्देहीको अधिवेशन रद्द गर्न माग >> कर्णालीका मुुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने >> बुटवलमा ३ दिने भलिबल प्रतियोगिता सुरु >> कतारी राजाको काठमाडौंमा भव्य स्वागत >> बुटवलले ल्यायो जनसंख्याको अनुपातका नागरिक बडापत्र >> तिलोत्तमा वडा नं. ६ को कार्यालय आफ्नै भवनमा >> ‘विज्ञ भन्छन्ः लु को जोखिम बढ्यो, सरकारसँग रणनीति छैन >> इजरायलले अर्को गल्ती गरे कठोर कदम चाल्ने इरानको चेतावनी >> नेपालसंग खेल्ने वेस्टइन्डिज ‘ए’ टोलीको घोषणा >> साँसद आचार्यको पहलमा आगलागीपीडितलाई राहत >> ७० जनाको टोलीसहित आउँदै कतारी राजा, होटल सोल्टीमा द्विपक्षीय वार्ता >> तीन दशकका अभ्यासलाई सच्याउन समय लाग्छ : गृहमन्त्री लामिछाने >> नेपालगन्जमा कटुवा पेस्तोलसहित तीन जना पक्राउ >> आज सुनको मूल्यमा भारी गिरावट >> एकीकृत समाजवादीद्वारा स्थायी कमिटी बैठक आह्वान >> लायन्स क्लब तिलोत्तमा बुद्धज्योतिको अध्यक्षमा पन्थी >> आज १८ औं लोकतन्त्र दिवस, आम नागरिकमा छैन उत्साह >> कतारका राजा अमिर आज नेपाल आउँदै, देशभर सार्वजनिक बिदा >> लुम्बिनी प्रदेशसहित अधिकांश भूभागमा हावाहुरीको सम्भावना, सचेत रहन आग्रह >> आगलागीका घटनाप्रति एमाले रुपन्देहीको ध्यानाकर्षण >> गहुँ उत्पादन घट्दा किसान चिन्तित >> उपनिर्वाचनः आचारसंहितामा कडाई गर >> कर्साघाट ‘बुटवलको गया’ >> बुटवलः हिजो, आज र भोली >> आगलागी पीडित खुल्ला आकासमुनि >> पहिले स्कुलले खोज्थ्योे, अहिले अभिभावकले खोज्छन् >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कटुवा पेस्तोलसहित नेपालगञ्जमा तीनजना पक्राउ  >> अमेरिकाले संसदमा पार्टी खोल्यो : चित्रबहादुर केसी >> पारिश्रमिक नबढाएसम्म एसइईको उत्तरपुस्तिका नजाच्ने >> भोलि सार्वजनिक बिदा >> जेठको पहिलो साता बुटवलमा हाफ म्याराथन तथा रोड रेस >> प्लाष्टिक नियन्त्रण : धेरै गफ, कमजोर कार्यान्वयन >> ओम्स नेपाल लुम्बिनीमा अर्जुन नेपाल >> सशस्त्र प्रहरीद्वारा ५० लाख बराबरको अवैध सामान बरामद >> अहिलेको गठबन्धन कति दिन टिक्छ टुङ्गो छैन : नेपाल >> सबै वामपन्थी शक्ति ध्रुविकरण हौं : प्रधानमन्त्री >> देशभर गर्मी बढ्यो, तराईका विभिन्न ठाउँमा तातो हावा >> एमाले कार्यालयमा प्रचण्ड र माधव, ओली भने अस्वस्थताका कारण अनुपस्थित >> विश्व पृथ्वी दिवस >> झिल्कोले सिंगो गाउँ नै सखाप

विश्वकप फुटबल आजदेखि

४ मंसिर २०७९, आईतवार
४ मंसिर २०७९, आईतवार

काठमाडौँ, ४ मङ्सिर ।

चार वर्षको प्रतीक्षापछि विश्वका उत्कृष्ट र चर्चित फुटबल खेलाडी आइतबारदेखि फुटबलको महाकुम्भ मेलामा कतारमा भेला हुँदै छन् । आयोजक राष्ट्र कतारले आइतबार इक्वेडरसँग खेलेलगत्तै विश्वकपको २२औँ संस्करण सुरु हुनेछ । विश्वकपका लागि छनोट भएका उत्कृष्ट ३२ राष्ट्रका खेलाडी आफ्ना समर्थकको साथसहित मैदानमा बलियो उपस्थिति देखाउने प्रयत्नमा हुनेछन् ।

कतार विश्वकपमा ३२ राष्ट्र सहभागी हुने अन्तिम विश्वकप हुनेछ । अमेरिका र मेक्सिकोमा संयुक्त रूपमा आयोजना हुने विश्वकपको अर्को संस्करणमा ४८ राष्ट्रको सहभागिता रहने भएको छ । मध्यपूर्वी तथा अरब देशमा आयोजना भएको यो पहिलो विश्वकप हो । सन् १९९४ मा साउदी अरबले विश्वकपमा सहभागिता जनाएपछि अरब देशका लागि कतार विश्वकपको आयोजना सबैभन्दा ठूलो उपलब्धि हो । यसैगरी एसियामा हुने यो दोस्रो विश्वकप हो । सन् २००२ मा जापान र दक्षिण कोरियाले संयुक्त रूपमा विश्वकप आयोजना गरेको थियो । ३२ टिमले २९ दिनमा कुल ६४ खेल खेलेपछि विश्वकपको समापन लुसैल रङ्गशालामा हुनेछ ।

यस संस्करणलाई यस पुस्ताका दुई सर्वश्रेष्ठ खेलाडी क्रिस्टियानो रोनाल्डो र लियोनेल मेसीको अन्तिम विश्वकपका रूपमा पनि लिइएको छ । अब यी दुई खेलाडीलाई विश्वकपको मैदानमा पुनः नदेखिने प्रायः पक्का छ । रोनाल्डो र मेसी मात्र होइन, रोबर्ट लेवान्डोस्की, लुइस सुवारेज, लुका मोड्रिच, डानी अल्भेज, म्यानुअर नुअर र थोमस मुलरजस्ता विश्वप्रसिद्ध फुटबलरको पनि अन्तिम विश्वकपका रूपमा हेरिँदै छ ।

त्यसो त विश्वकप फुटबलजस्तो ठूलो प्रतियोगितामा उपाधि विजेताको ठोकुवा गर्न सकिँदैन । तर विश्वकपको मञ्चमा हुने श्रेष्ठताको लडाइँमा यसपालि ब्राजिल र अर्जेन्टिनालाई प्रमुख उपाधि दाबेदारका रूपमा लिइएको छ । त्यसपछि फ्रान्स, इङ्ग्ल्यान्ड र स्पेनलाई पनि विश्वकप जित्न सक्ने टिमका रूपमा आकलन गरिएको छ । प्रसिद्धि कमाउने र आपूmलाई महान् बनाउने ठूलो मञ्चमा नेयमार, किलियन एमबापे, केभिन डी बु्रयन, करिम बेन्जामा, रोबर्ट लेवान्डोस्की, हेरी केनजस्ता उत्कृष्ट खेलाडी चम्किने अपेक्षा गरिएको छ ।

आयोजक कतारको भने घरेलु मैदानमा प्रमुख लक्ष्य नकआउट चरणमा पुग्ने हुनेछ । कतारको अर्को लक्ष्य सफल आयोजना गरेर विश्वको मन जित्नु हो । अहिलेसम्मका विश्वकपमा एक मात्र आयोजक राष्ट्र समूह चरण पार गर्न असफल भएको छ । सन् २०१० मा दक्षिण अफ्रिका घरेलु मैदानमा खेलेर पनि समूह चरणबाट अघि बढ्न सकेको थिएन ।

विश्वकप सुरु हुनुअघि आयोजक राष्ट्र कतार विवादमा छ । मानवअधिकार हनन, समलैङ्गिकताप्रति घृणा र श्रम कानुनजस्ता केही विषय छन्, जसले सुरु हुनुअघि नै कतार विश्वकपमा केही दाग लगाइदिएको छ । यद्यपि अहिले कतारले विश्वकपको सफल आयोजना गरेर विश्वमा आफ्नो उदार र सहिष्णु छवि पेस गर्न खोज्दै छ ।

यसपटकको विश्वकपमा कतिपय उत्कृष्ट खेलाडी भने चोटका कारण अभागी साबित भएका छन् । फ्रान्सका पल पोग्बा, एन्गोलो कान्टे, अर्जेन्टिनाका पाउलो डिबाला, अस्ट्रियाका डेभिड अलाबा, पोर्चुगलका डिएगो जोटा, जर्मनीका टिमो वेर्नर, इङ्ग्ल्यान्डका रिस जेम्स र सेनेगलका साडियो माने भने विश्वकपका लागि आफ्नो टिममा चयन भएर पनि प्रशिक्षणक्रममै घाइते हुँदा मैदानबाहिर रहनेछन् । नर्वेका इर्लिङ हालान्ड, इजिप्टका मोहम्मद सलाह, इटालीका गियान्लुगी डोनारुमा र कोलम्बियाका लुइस डियाजजस्ता खेलाडी आफ्नो टिममा चयन नहुँदा मैदानबाहिर रहने छन् । एसियाका सर्वश्रेष्ठ फुटबल खेलाडी दक्षिण कोरियाका सन हिउङ मिन पनि चोटका कारण विश्वकप खेल्नेमा शङ्का छ ।

फुटबलप्रति अत्यधिक आकर्षण रहेको नेपालमा पनि विश्वकपको माहोल बनिसकेको छ । विश्वकपकै दिन प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन भए पनि फुटबलपे्रमीको ध्यान विश्वकपले आकर्षित गर्ने पक्का छ । यतिबेला नेपाली फुटबलपे्रमी आफ्नो समर्थनको देशको पक्षमा सामाजिक सञ्जाल र सार्वजनिक छलफलमा बहस गरिरहेका भेटिन्छन् । कतिपय नेपाली समर्थक भने कतार रङ्गशालामै पुगेर महाकुम्भको अनुभव गर्ने तयारीमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?