ट्रेंडिंग:

>> इलाम र बझाङमा हुने उपनिर्वाचनको मौन अवधि आज रातिदेखि >> ‘लोकतन्त्रमा कालो धब्बा लाग्दै गएको छ’ >> विनाशकारी भूकम्प गएको ९ वर्ष पूरा,९२ हजार परिवारका घर बन्न बाकी >> कतारका अमिर स्वदेश फर्किदै, के के छ आजको कार्यक्रम ? >> चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना, तराईमा हावाहुरी >> सल्यानमा ११ प्रतिशत कम सुन्तला उत्पादन >> २६ औं भूकम्प सुरक्षा दिवस >> राजनैतिक स्वार्थको चक्रव्यूहमा सामुदायिक विद्यालय >> शिवराजमा निःशुल्क शिक्षाको अभ्यास >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> रुपन्देही मोर्डन स्कुलको वार्षिक उत्सव >> खोलामा डुबेर एकको मृत्यु >> नेपाल मगर महिला संघ रुपन्देहीको अधिवेशन रद्द गर्न माग >> कर्णालीका मुुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने >> बुटवलमा ३ दिने भलिबल प्रतियोगिता सुरु >> कतारी राजाको काठमाडौंमा भव्य स्वागत >> बुटवलले ल्यायो जनसंख्याको अनुपातका नागरिक बडापत्र >> तिलोत्तमा वडा नं. ६ को कार्यालय आफ्नै भवनमा >> ‘विज्ञ भन्छन्ः लु को जोखिम बढ्यो, सरकारसँग रणनीति छैन >> इजरायलले अर्को गल्ती गरे कठोर कदम चाल्ने इरानको चेतावनी >> नेपालसंग खेल्ने वेस्टइन्डिज ‘ए’ टोलीको घोषणा >> साँसद आचार्यको पहलमा आगलागीपीडितलाई राहत >> ७० जनाको टोलीसहित आउँदै कतारी राजा, होटल सोल्टीमा द्विपक्षीय वार्ता >> तीन दशकका अभ्यासलाई सच्याउन समय लाग्छ : गृहमन्त्री लामिछाने >> नेपालगन्जमा कटुवा पेस्तोलसहित तीन जना पक्राउ >> आज सुनको मूल्यमा भारी गिरावट >> एकीकृत समाजवादीद्वारा स्थायी कमिटी बैठक आह्वान >> लायन्स क्लब तिलोत्तमा बुद्धज्योतिको अध्यक्षमा पन्थी >> आज १८ औं लोकतन्त्र दिवस, आम नागरिकमा छैन उत्साह >> कतारका राजा अमिर आज नेपाल आउँदै, देशभर सार्वजनिक बिदा >> लुम्बिनी प्रदेशसहित अधिकांश भूभागमा हावाहुरीको सम्भावना, सचेत रहन आग्रह >> आगलागीका घटनाप्रति एमाले रुपन्देहीको ध्यानाकर्षण >> गहुँ उत्पादन घट्दा किसान चिन्तित >> उपनिर्वाचनः आचारसंहितामा कडाई गर >> कर्साघाट ‘बुटवलको गया’ >> बुटवलः हिजो, आज र भोली >> आगलागी पीडित खुल्ला आकासमुनि >> पहिले स्कुलले खोज्थ्योे, अहिले अभिभावकले खोज्छन् >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कटुवा पेस्तोलसहित नेपालगञ्जमा तीनजना पक्राउ  >> अमेरिकाले संसदमा पार्टी खोल्यो : चित्रबहादुर केसी >> पारिश्रमिक नबढाएसम्म एसइईको उत्तरपुस्तिका नजाच्ने >> भोलि सार्वजनिक बिदा >> जेठको पहिलो साता बुटवलमा हाफ म्याराथन तथा रोड रेस >> प्लाष्टिक नियन्त्रण : धेरै गफ, कमजोर कार्यान्वयन >> ओम्स नेपाल लुम्बिनीमा अर्जुन नेपाल >> सशस्त्र प्रहरीद्वारा ५० लाख बराबरको अवैध सामान बरामद >> अहिलेको गठबन्धन कति दिन टिक्छ टुङ्गो छैन : नेपाल >> सबै वामपन्थी शक्ति ध्रुविकरण हौं : प्रधानमन्त्री >> देशभर गर्मी बढ्यो, तराईका विभिन्न ठाउँमा तातो हावा

नेपाली समाज परिवर्तनमा चेतनाको भूमिका

२ मंसिर २०७९, शुक्रबार
२ मंसिर २०७९, शुक्रबार

समाज भन्ने बित्तिकै समुदाय वा त्यहा बसोबास गर्ने नागरिक, मानिसका रहनसहन, चालचलन, प्राकृतिक बनोट, सामाजिक र आर्थिक बिशेषता, सांस्कृतिक र धार्मिक बिशेषता आदी इत्यादीसंग जोडिएर आउँछ । समाजसास्त्रले पनि भूगोल, जनसंख्या, कला संस्कृतिका आधारमा मापन गरेको पाईन्छ । मुख्यतह बिविधात्मक बिशेषताको एकिकृत प्रारुपता नै समाज हो । समाजमा अप्रतिम रुपमा मानिसको स्वभाव, आचरण र चालचलनलाई आजको नवविज्ञानरुपी हाम्रो समाजले हेर्ने दृष्टिकोणमा फरक देखिएको छ । हुन त मानविय स्वभाव भन्ने बित्तिकै उसको चेतनाको स्तर, मनोबिज्ञान वा उसको साक्षरता भन्ने पनि होला । तथापी थुप्रै मतभिन्नताका बाबजुद समाज गतिशिलतातर्फ उन्मुख छ भन्दा अन्याय नहोला ।
शिक्षा क्षेत्रमा समाजले फड्को मारेको छ । गाउँदेखि सहरसम्म पर्याप्त बिद्यालय स्थापना भएका छन । २०४६ सालपछि गाउँ गाउँमा शिक्षा, उच्च शिक्षा हासिल गर्नका लागि सहरतिर बिद्यार्थी केन्द्रित हुनाले राष्ट्रिय अन्तराष्ट्रिय ज्ञान समेत प्राप्त गर्न सफल भए । जस कारणले साक्षरता दरमा समेत राम्रो नतिजा हासिल भयो । तथापी चुनौती नभएका होइनन् । बिद्यार्थीले के सिके भन्ने महत्वपूर्ण कुरा हो । अहिलेपनि नेपालका विभिन्न स्थानमा सरकारी स्कुलको पहुँच छैन । त्यस स्थानसम्म विद्यालयको पहुँच पु¥याउन सक्ने हो भने आम बालबालिकाको शिक्षा प्राप्त गर्ने अधिकारको ग्यारेन्टी हुन्छ । शिक्षाको पहुँच ग्रामिणस्तरमा नभै सहरमा केन्द्रित भैरहेको परिस्थितिमा अवका दिनमा शिक्षाको भूमिकालाई सरकारले बढाउनु जरुरुी छ । त्यसका साथै नैतिक शिक्षा, सिपमूलक शिक्षा, प्रबिधिमैत्री शिक्षा जस्ता आजका आवश्यक शिक्षा प्रणाली अवलम्बन गर्ने सके समाज आमूल परिवर्तनको दिशातर्फ उन्मुख हुन सक्छ ।

अहिले स्वास्थ्य क्षेत्रमा निकै असाधारण विकास भएको पाइन्छ । भला निशुल्क स्वास्थ्यको ब्यवस्था आम नागरिकले भने प्राप्त गर्न पाएका छैनन् । हरेक जिल्लामा जनस्वास्थ्य कार्यालय स्थापनादेखि साविकका गाविस तहसम्म प्राथमिक स्वास्थ्य सेवाको पहुँच हुनुले आम नागरिक स्वास्थ्य सेवा प्रदायक निकायबाट स्वास्थय सेवा लिन बञ्चित नरहेको जिकिर सजिलै गर्न सकिन्छ । टि.भि, मलेरिया, हैजा जस्ता जटिल प्रकारका रोगबाट समाज बाहिर निस्किसकेको छ भने डेंगु, कोरोना भाइरस, मधुमेह, डिप्रेसन, कार्डियो भास्कुलर डिजिज, अर्बुद जस्ता क्रोनिक रोग नयाँ चुनौतीको रुपमा देखापरेका छन । यसमा पालिका, प्रदेश र संघीय सरोकारवाला निकाय अग्रसर भएर स्वास्थ्य समस्याका विषयमा जिम्मेवार बन्न जरुरी छ । स्वास्थ्य बिमा कार्यक्रमलाई दूरगामी रुपमा प्रयोग र परिभाषित गर्न आवश्यक छ ।

त्यसैगरी सूचना र संचार क्षेत्रले २०४६ सालपछि सामाजिक, राजनैतिक चेतना अभिबृद्धिको विकासमा ठूलो योगदान पु¥याएको छ । सूचना तथा सञ्चारले सामाजिक जागरणका साथै सचेतना र जनचेतना अभियानकोरुपमा समाजमा आमूल परिवर्तन प्रस्तुत गर्न सफल भएको छ । त्यसले आम नागरिकमा जिम्मेवारी आत्मबोध गराएको छ । नेपाल टेलिभिजन संभवतः २०४२ सालमा स्थापना भएदेखि सामाजिक, आर्थिक र राजनैतिक रुपमा समाजलाई सचेत गराउने, प्रशिक्षित गराउने, ज्ञानबद्र्धक साधन सम्प्रेषण गर्ने, जनताका आवाज र अधिकार का लागि आवाज उठाउने जस्ता सराहनीय कार्य गरेर सूचना र संचार क्षेत्रको अमुर्त कार्यसम्पादनलाई फराकिलो बनाएका छन । दर्जनौ पत्रपत्रिकाको स्थापना, एफ.एम. स्टेशन सञ्चालन, इन्टरनेट सेवाको संचालन, मोवाइल सेवा जस्ता अत्याधुनिक प्रविधिमा नागरिक पहुँचले पनि सूचना र संचार क्षेत्रमा कायापलट गरेको छ । जसका कारण सामाजिक क्षेत्रमा अतुलनीय योगदान पुगेको छ । यसमा सूचना तथा संचार क्षेत्रको महत्वपूर्ण भूमिका छ भन्नेमा दुईमत छैन । प्रेस स्वतन्त्रता र वाक स्वतन्त्रताको नाममा सूचना प्रबिधिलाई गलत प्रयोग गर्नेको पनि कमी छैन । तरपनि सैद्धान्तिक रुपमा आजको प्रविधि बिज्ञान यसको आवश्यकता र महत्वलाई आत्मसाथ गर्नु बाहेकको बिकल्प पनि हामीसंग छैन ।

उद्यमशीलता र रोजगारीका सन्दर्भमा पनि मानिसहरु बसाई सराई गरी पहाडदेखि तराईसम्म र तराईदेखि सहरसम्म आउनेजाने क्रम तिब्र रह्यो । नयाँ अवसरको खोजीका लागि मान्छे भौतारिन थाले । परम्पराबादी कृषि क्षेत्रदेखि कृषिको व्यावसायीकरण, औषधी तथा उन्नत बिउ विजनको प्रयोग, पशुपालन क्षेत्रलाई आधुनिकीकरण र फर्ममा बिस्तार, दुध डेरीको संचालन, हाट बजार स्थापना, कृषि तथा पर्यटन महोत्सव संचालन, औजार तथा यान्त्रीकरणको सहज उपलब्धता जस्ता उद्यमशीलता प्रेरित कार्य श्रृजना भएको हामी देख्न पाउँछौ । २०४८ साल पछि नवउदारबादको प्रभावका कारण केही कलकारखाना र उद्योग बन्द भएतापनि संस्थागत रुपमा नयाँ आर्थिक संरचना खडा हुनाले रोजगारी र उद्यमशिलतामा केही विकासका योजना अघि सरेका थिए भन्न सकिन्छ । अर्कोतर्फ देशका होनहार युवापिढी बैदेशिक क्षेत्रमा पलायन हुनाले हाम्रो सामाजिक बनोट र आर्थिक स्थितीमा दख्खल पुगेको सहजै अनुमान गर्न सकिन्छ । पहाडी भूगोलमा उत्पादनशील क्षेत्र बाँझो रहने र तराईको अन्न भण्डारमा महल खडा हुने परम्परा स्थापित हुनुले सबैमा चिन्ता हुनु स्वभाविक नै हो ।

अवको दिनमा नेपाली समाज, राजनैतिक दल, नागरिक अगुवा लगायत सवै क्षेत्रमा चेतना अभिबृद्धिका साथै संगठित हुनु, साझेदारी गर्नु, सहभागिता जनाउनु, सहकार्य गर्नु, प्रश्न उठाउनु, जिज्ञासु हुनु आदी जस्ता मनोबैज्ञानिक विषयबस्तुमा साक्षात्कार हुनुले समाज एक युगदेखि अर्को युगमा स्थानान्तरण भएको अनुभूति गर्न सकिन्छ । शिक्षा, स्वास्थ्य, रोजगारी, उद्यमशीलता र सूचना प्रविधिमा मानविय जीवन आश्रित हुनुले समाजको गतिशिलताको चेतनालाई अभिबृद्धि गरिरहेको छ भन्दा फरक नपर्ला । राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रमा नेपालीको उपस्थिती हुनु वा देशको प्रतिनिधित्व हुनु देशकै परिचय स्थापित हुनु हो । त्यो सवैको एउटै कारण हो– हाम्रो लगाव । अर्कोतर्फ ती सवै सम्मृद्धि प्राप्तिमा कुनै अर्को अमूक कारण छैन । अर्कोतर्फ हाम्रो अनुशासन, लगनशीलता, श्रृजनशीलता र चेतना पनि हामी र नेपालको विकासको प्रमुख कारण नै हो । चेतनाले नै गर्दा बैंक तथा बित्तिय क्षेत्रमा आम नेपाली नागरिकको सहभागिता, विभिन्न पेशामा बढ्दो सहभागीता, योजना निर्माणमा तल्लो तहसम्मको सहभागिता जस्ता गतिबिधिले सामूहिकतामा नेपाली समाजको चेतना अभिबृद्धि भएको प्रष्ट हुन्छ । तमाम परिर्वतनका बावजुत अहिलेसम्म देखिएका र थोपरिएका समस्या आज हाम्रा अगाडी नयाँ चुनौती बनेर खडा भएका छन । यी तमाम नयाँ समस्या अर्थपूर्ण ढङ्गले, संयमित तवरले निर्मूल पार्न हामी सबै अग्रसर हुनुपर्दछ । इतिहासका कालजयी हाम्रा सामाजिक उपलब्धीलाई संरक्षण गरी वर्तमानमा भावी योजना तर्जुमा गर्नु र कार्यानयन गर्नु हामी सबैको दायित्व हो । यो दायित्व प्राप्तिमा हामी सवैको ध्यान जानु जरुरी मात्र होइन अनिवार्य आवश्यकता पनि बन्नुपर्दछ भन्ने नै हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?