ट्रेंडिंग:

>> कतारी राजाको काठमाडौंमा भव्य स्वागत >> बुटवलले ल्यायो जनसंख्याको अनुपातका नागरिक बडापत्र >> तिलोत्तमा वडा नं. ६ को कार्यालय आफ्नै भवनमा >> ‘विज्ञ भन्छन्ः लु को जोखिम बढ्यो, सरकारसँग रणनीति छैन >> इजरायलले अर्को गल्ती गरे कठोर कदम चाल्ने इरानको चेतावनी >> नेपालसंग खेल्ने वेस्टइन्डिज ‘ए’ टोलीको घोषणा >> साँसद आचार्यको पहलमा आगलागीपीडितलाई राहत >> ७० जनाको टोलीसहित आउँदै कतारी राजा, होटल सोल्टीमा द्विपक्षीय वार्ता >> तीन दशकका अभ्यासलाई सच्याउन समय लाग्छ : गृहमन्त्री लामिछाने >> नेपालगन्जमा कटुवा पेस्तोलसहित तीन जना पक्राउ >> आज सुनको मूल्यमा भारी गिरावट >> एकीकृत समाजवादीद्वारा स्थायी कमिटी बैठक आह्वान >> लायन्स क्लब तिलोत्तमा बुद्धज्योतिको अध्यक्षमा पन्थी >> आज १८ औं लोकतन्त्र दिवस, आम नागरिकमा छैन उत्साह >> कतारका राजा अमिर आज नेपाल आउँदै, देशभर सार्वजनिक बिदा >> लुम्बिनी प्रदेशसहित अधिकांश भूभागमा हावाहुरीको सम्भावना, सचेत रहन आग्रह >> आगलागीका घटनाप्रति एमाले रुपन्देहीको ध्यानाकर्षण >> गहुँ उत्पादन घट्दा किसान चिन्तित >> उपनिर्वाचनः आचारसंहितामा कडाई गर >> कर्साघाट ‘बुटवलको गया’ >> बुटवलः हिजो, आज र भोली >> आगलागी पीडित खुल्ला आकासमुनि >> पहिले स्कुलले खोज्थ्योे, अहिले अभिभावकले खोज्छन् >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कटुवा पेस्तोलसहित नेपालगञ्जमा तीनजना पक्राउ  >> अमेरिकाले संसदमा पार्टी खोल्यो : चित्रबहादुर केसी >> पारिश्रमिक नबढाएसम्म एसइईको उत्तरपुस्तिका नजाच्ने >> भोलि सार्वजनिक बिदा >> जेठको पहिलो साता बुटवलमा हाफ म्याराथन तथा रोड रेस >> प्लाष्टिक नियन्त्रण : धेरै गफ, कमजोर कार्यान्वयन >> ओम्स नेपाल लुम्बिनीमा अर्जुन नेपाल >> सशस्त्र प्रहरीद्वारा ५० लाख बराबरको अवैध सामान बरामद >> अहिलेको गठबन्धन कति दिन टिक्छ टुङ्गो छैन : नेपाल >> सबै वामपन्थी शक्ति ध्रुविकरण हौं : प्रधानमन्त्री >> देशभर गर्मी बढ्यो, तराईका विभिन्न ठाउँमा तातो हावा >> एमाले कार्यालयमा प्रचण्ड र माधव, ओली भने अस्वस्थताका कारण अनुपस्थित >> विश्व पृथ्वी दिवस >> झिल्कोले सिंगो गाउँ नै सखाप >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सिटिजन्स बैंकद्वारा नेपालमै पहिलो पटक भर्चुअल क्रेडिट कार्ड सार्वजनिक >> दुर्घटना न्युनीकरण गर्न चालक र सहचालकलाई प्रशिक्षण >> सामाजिक विभेदको पराकाष्ठा : गल्ती एउटाको, निर्दोष बालकलाई सामाजिक सजायँ >> सुदुरपश्चिममा फेरि लफडा : रेशम पक्षका लक्ष्मणकिशोर सर्वोच्चमा >> आगलागीबाट प्रभावित परिवारलाई राहत वितरण >> गुरुकुलीय संस्कृत शिक्षाप्रतिको आकर्षण बढ्दो >> उजिरसिहमा बिदाई तथा शुभकामना >> पुरातात्विक संरचनालाई जोगाउँदै समृद्ध बुटवल निर्माणमा जोड >> अझै हुन सकेन कर्णालीमा मन्त्रिपरिषद् विस्तार >>  भिम रावललाई एमाले महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा  निषेध >> वामपन्थीबिच अहिले एकताको सम्भावना छैन : प्रधानमन्त्री

निर्वाचन खर्च र आयोगको पारदर्शिता

१ मंसिर २०७९, बिहीबार
१ मंसिर २०७९, बिहीबार

आम निर्वाचन राष्ट्रिय पर्व हो । निर्वाचन लोकतन्त्रको पर्याय हो । निर्वाचनले मात्रै लोकतन्त्र बलियो हुन्छ । लोकतन्त्रको सवैभन्दा महत्वपूर्ण पर्वको रुपमा निर्वाचनलाई लिने गरिन्छ । तसर्थ निर्वाचन सम्पन्न गराउन निर्वाचन आयोगले मागे जति साधन श्रोत उपलब्ध गराउने गरिन्छ । यो विश्वव्यापी आम मान्यता पनि हो । लोकतन्त्रप्रति आस्था र विश्वास राख्ने विश्वका प्रायः सवै सरकारले जतिसुकै खर्चिलो भएपनि निर्वाचनका लागि खर्चको जोहो गर्छन । निर्वाचनका निम्ति बजेट दिन सरकार तत्पर हुन्छन् । त्यही भएरपनि निर्वाचन आयोगले गर्ने खर्चको लेखा परिक्षण हुँदैन । आयोगले आफै पारदर्शी र जनताप्रति जवाफदेही वन्न लेखा परिक्षण गराउन सक्छ तर अनिवार्य भने छैन । विश्वका अधिकांश देशका निर्वाचन आयोगले गर्ने खर्चको लेखा परिक्षण गर्ने पद्धति छ । पहिले आयोगलाई त्यो अनिवार्य थिएन तर सरकारको संवैधानिक निकाय भएको नाताले जनताप्रति जवाफदेही हुनुपर्ने जिम्मेवारी ठानेर लेखा परिक्षण गर्ने पद्धति बस्न थालेको छ । नेपालको हकमा अनिवार्य नभएपनि लेखा परिक्षण गराउनुपर्ने जनदवाव बढ्न थालेको छ । आयोगलाई आवश्यकता पर्दा जति पनि खर्च गर्ने छुट छ । त्यो हुनुपनि पर्दछ । निर्वाचनको सन्दर्भमा राज्यले जहिल्यै मुठी फुकाउँछ । निर्वाचन आयोगले यो पुनीत कार्यका निम्ति माग गरे अनुसारको बजेट सरकारले विश्वास गरेरै दिने गर्छ । आयोगलाई सहज नबनाई अपेक्षित उपलब्धि हासिल गर्न सकिँदैन भन्ने मान्यता सरकारको रहेको हुन्छ । आयोगले यही मंसिर ४ गते हुने निर्वाचनका लागि करिव ९ अर्ब रुपियाँ खर्च हुने अनुमान गरेको छ । पछिल्लोसमय आयोग बढी जिम्मेवार र पारदर्शी बन्न थालेको छ । यो स्वागतयोग्य कुरा हो । गत बैशाखमा भएको स्थानीय निर्वाचनका लागि आयोगले माग गरे अनुसारको बजेट सरकारले उपलब्ध गराएको थियो । निर्वाचन सम्पन्न भएपछि बचेको रकम आयोगले सरकारलाई फिर्ता ग¥यो । वास्तवमा यसबाट के देखिन्छ भने आयोग पारदर्शी बन्दै गएको छ । यो स्वागतयोग्य कुरा हो । आयोग जवाफदेही वन्नु सुशासनतर्फ अघि बढ्नुको एउटा अध्याय हो भन्न सकिन्छ ।

पछिल्लोसमय निर्वाचन खर्च बढ्दै गएको छ । त्यसैपनि अहिले मूल्यवृद्धि भएको छ । त्यसैले यो निर्वाचनमा पनि त्यसको प्रभाव पर्ने देखिन्छ । जतिसुकै खर्च लाग्ने भएपनि सरकारले त्यसका निम्ति स्रोत नजुटाइ सुखै छैन । तैपनि आयोगले सकेसम्म खर्च घटाउन आफूलाई तत्पर राख्नुको विकल्प छैन । देशमा आम्दानीका स्रोत पनि बढेका छैनन् । खर्च भने बढेको बढ्यै छ । त्यतिमात्र होइन, सरकारको साधारणतर्फको खर्च बढिरहेको छ । निर्वाचनका कारण यो वर्ष खर्च अरू बढ्ने देखिन्छ । निर्वाचनका निम्ति मतपेटिका र अन्य आवश्यक वस्तु खरिद गर्नुपर्ने र त्यो विदेशबाट ल्याउनु पर्ने भएका कारण डलरको भाउ बढ्दा स्वाभाविक रुपमा त्यसको चाप मूल्यमा परेको हुन्छ । तरपनि गत स्थानीय निर्वाचनमा प्रयोग भएर राखिएका सामाग्रीलाई फेरीपनि प्रयोगमा ल्याउन सकियो भने त्यसले खर्चमा कमी आउन सक्छ । यसतर्फ आयोगको ध्यान जानुपर्दछ ।
आयोगमाथि अनियमितताको आरोप पनि लाग्ने गरेको सुनिन्छ । त्यसैले आयोगलाई भविष्यमा यस्तो आरोप नलाग्ने स्थिति बनाउनुपर्छ । त्यसैपनि बितेका दुई वर्ष कोभिड–१९ को प्रभावका कारण आम नागरिकमात्र होइन, राज्यसमेत संकटमा परेको विर्सन सकिदैन् । अहिले निर्वाचन आयोग पदाधिकारीहरूले निर्वाचनलाई मितव्ययी बनाउने दृढता व्यक्त गरेका छन् । आयोग आफै पारदर्शी बन्ने मार्गमा जानु सकारात्मक पक्ष हो । निर्वाचन खर्चमा लेखा परिक्षण गरियो भने आयोगमाथि लाग्दै आएको आरोप मत्थर हुनेछ । यो विषयमा आयोगको ध्यान पुग्नुपर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?