ट्रेंडिंग:

>> भारतले रोक्यो नेपाली चिया निर्यात,१७ ट्रक चिया भारतमा अलपत्र >> काठमाडौँबाट संखुवासभा जाँदै गरेको माइक्रोबस धनकुटामा दुर्घटना, १९ जना घाइते >> सल्यान उद्योग वाणिज्य संघको मतदान सुरु >> नवलपरासीमा आगलागी : १० घर जलेर नष्ट >> आइपिओ जारी गर्दै ड्रिम इन्टरनेशनल >> एमाले प्रतिनिधि परिषद् बैठक आज, २ हजार ४ सयको सहभागिता रहने >> कथाः हेडसर >> यसरी नियन्त्रण गर्न सकिन्छ आगलागी >> सरकारसँगै फेरिन्छन भूमि आयोग >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कान्तिमा स्तरमापन परीक्षा >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमडी तहको पठनपाठन शुरु >> पेमेन्ट गेटवे प्रकरणमा टेलिकमका प्रबन्ध निर्देशक सुनील पौडेल भ्रष्टाचारी ठहर, मधु मरासिनीलाई सफाइ >> सुप्रिम सहकारीका अध्यक्ष गुरुङ थुनामा, दीपेश पुनसहित ६ जना धरौटीमा रिहा हुने >> यूएईसँग नेपाल ६ विकेटले पराजित, एसिया कप खेल्ने चाहना अधूरै >> संजिवनी टोलको १० औ रक्तदान >> सुदूरपश्चिममा सत्ता गठबन्धन मन्त्रालय भागबण्डाको गृहकार्यमा >> विपिनको रिहाइका लागि पहल गरिदिन प्रधानमन्त्रीलाई आग्रह >> नेपालले युएईलाई दियो १२० रनको लक्ष्य >> अर्घाखाँची बस दुर्घटनामा घाइते १७ मध्ये एक जनाको मृत्यु >> सुन तोलामा ७ सय रुपैयाँले बढयो >> युएईविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल >> स्वचालित विधिबाट परीक्षा केन्द्रको निर्धारण हुने >> इरानमा इजरायलले सुरु गर्‍यो मिसाइल आक्रमण >> जन्ती लिन जान लागेको गाडीले ठक्कर दिंदा एकजनाको मृत्यु >> सिन्धुपाल्चोकमा बेहुली बोकेको जन्ती सवार बस दुर्घटना, ३ जनाको मृत्यु, ५२ घाइते >> होटेलमा बसेकी छोरीलाई रडले हानेर हत्या गर्ने बाबु पक्राउ >> आगलागीमा परेर एक जनाको मृत्यु, ३ घर जलेर नष्ट >> भारतमा लोकसभा चुनाव सुरु, २१ राज्यका १०२ सिटमा मतदान >> ऐतिहासिक जितगढीः बुटवलको गौरव >> एसीसी प्रिमियर कपः सेमिफाइनलमा आज नेपाल र यूएई भिड्दै >> जितगढी, उजिरसिंह र भगवती जात्राको महिमा फैलाऔं >> बुटवलले नसम्झने त्योे मे २९ >> अस्पतालमा एसईईका विद्यार्थीलाई स्वयंसेवाको अवसर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> प्रधान सेनापतिद्धारा सैनिक फिल्ड अस्पताल र महाविद्यालयको उद्घाटन >> पोखरा महानगरमा घुस प्रकरण : तारेखमा छुटिन् उषाकिरण >> सल्यान उद्योग बाणिज्य संघको निर्वाचन तयारी पूरा >> सुझाव संकलन गर्न जनतासँग जनप्रतिनिधि कार्यक्रम >> आफन्तले अझै बुझेनन् भीमाको शव >> लुम्बिनीमा ७ मन्त्रीले लिए सपथ, ११ सदस्यीय भयो मन्त्रिपरिषद् >> अन्ततः एमालेले समर्थन गरेपछि सुदूरपश्चिमको मुख्यमन्त्रीमा सोडारीको दाबी पेश >> लुम्बिनीमा एकीकृत समाजवादीलाई मुख्यमन्त्रीले बनाए ‘खेलौना’, छिनमै सरकारबाट ‘आउट’, छिनमै ‘इन’ >> युक्रेनका प्रधानमन्त्रीको चेतावनीः रुससँगको युद्ध हारेमा तेस्रो विश्वयुद्ध >> सर्वोच्चको आदेशपछि एन्फा उपाध्यक्ष लामा छुटे >> अब ईसेवाबाटै ब्लुबुक नवीकरण र तेस्रो पक्ष बीमा, यसरी लिन सकिन्छ सेवा >> प्रतितोला ६ सय रूपैयाँ घट्यो सुन >> स्वीकृत पाठ्यपुस्तक प्रयोग नगरे कारवाही >> लुम्बिनीमा आज मन्त्रिमण्डल विस्तार हुने , विना विभागीयले पाए जिम्मेवारी >> आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
निर्वाचनः रूपन्देही-२

पौडेललाई पछ्याउने छैन कोही, श्रेष्ठ सुरक्षित, गिरी प्रतिष्पर्धामा

यसपटको निर्वाचनमा ६५ देखि ७०% प्रतिशत मत खस्ने अनुमान छ । खसेकोमध्ये ६० देखि ६५ प्रतिशत मत पौडेलको पोल्टामा पर्ने । –१५ प्रतिशतले उम्मेदवार नचिनेपनि घण्टी चुनाव चिन्हमा मत दिने बताएका छन् । – ५ प्रतिशतले कसलाई भोट हाल्ने भनेर निर्णय गरिसकेका छैनन् ।
१ मंसिर २०७९, बिहीबार
१ मंसिर २०७९, बिहीबार

बुटवल,  १ मंसिर- देशभरका सबै निर्वाचन क्षेत्रभन्दा बिल्कुल अपवाद छ रूपन्देही क्षेत्र नम्बर २ । बिकासको पाठशाला बनिरहेको यहाँ बिकासकै योजनाकार विष्णुप्रसाद पौडेल फेरि पनि चुनावी मैदानमा छन् । तर यहाँ न अन्यत्रजस्तो गठबन्धनका आधिकारिक पार्टी उम्मेदवार छन् न त पुरानालाई नरोज्ने ‘नो नट अगेन’ को नारा नै छ । अर्थात पौडेलको क्रेज उस्तै छ-पुराना मतदाताहरूमा । युवा र नयाँ मतदाताहरूमा समेत थपिएको छ-पौडलप्रतिको मोह । बुटवल टुडेको खोजले भन्छ : यहाँ देशभरमै सबैभन्दा धेरै मतान्तरको परिणाम हुन सक्ने छ ।

यहाँ एक लाख २८ हजार ६७७ जना मतदाता छन् । र, प्रतिनिधि सभाका लागि १५ जना उम्मेदवार । गठबन्धनबाट एउटा सानो दल नेकपा समाजबादीले भाग पाएको यहाँ उक्त दलका उम्मेदवार राजु गुरुङ्ग बैंकिङ कसुरमा कालोसूचीमा रहेकाले उम्मेदवारी नै खारेज भएपछि यो क्षेत्र गठबन्धनको उम्मेद्वारबिहीन छ । अलिकति चर्चामा रहेका तर राज्यबाट सुबिधा लिइरहेका स्वतन्त्र उम्मेद्वार डा. कमल भूषाल (निकोलश) को समेत उम्मेदवारी खारेज भएपछि अन्यत्र जस्तो चर्को प्रतिपष्र्धाको चर्चा र माहौल नै छैन् । अन्तिम समयमा गठबन्धनले जनमुक्ति पार्टीका उम्मेदवार केशव बहादुर थापा (सुर्यवंसी) लाई समर्थन त गरेको छ तर आफ्नै उम्मेद्वार नहुँदा गठबन्धन दलहरू मौन समर्थक जस्तै देखिन्छन् ।

हेरौं तथ्य:  यो क्षेत्रको निर्वाचनका सम्बन्धमा खोज रिपोर्ट तयार पार्न हामी बिशेष प्र्रश्नावलीसहित प्रतिनिधिमुलक ६७८ जना मतदाताको घरमा पुग्यौं । तीमध्ये ४७४ जना अर्थात् ७० प्रतिशतले पौडेललाई मत दिने बताए । १० प्रतिशतले जनमुक्तिका थापालाई र १५ प्रतिशतले उम्मेदवार नचिने पनि घण्टी चुनाव चिन्हमा मत दिने बताए । बाँकी ५ प्रतिशतले कसलाई भोट हाल्ने भनेर निर्णय गरिनसकेको जनाए । यो तथ्यले यहाँ देशका १६५ निर्वाचन क्षेत्र मध्ये सबैभन्दा बढि मतान्तरको परिणाम हुनसक्ने देखाउँछ ।

किन हुनेछ ठूलो अन्तर ?

अधिकांश मतदाताहरूको मान्यता छ ‘जित्नेले हाम्रा लागि भलो गरुन् । बिकास ल्याउन । जसले त्यसो गर्ने क्षमता राख्छ, उसैले भोट पाउँछ ।’ उनीहरूका भनाइमा बिकासको बहार ल्याउने उम्मेदवार पौडेल नै हुन् । जसले पहिले पनि बिकासको अगुवाई गरे । अब पनि गर्न सक्नेछन् । किनभने उनले जितेमा महत्वपूर्ण भूमिका सहित मन्त्रिपरिषदमा पुग्नेछन् । बिकास फैलाउन, बजेट ब्यवस्था गर्न र जनताका माग पूरा गर्न शक्तिशाली पहुँचमा हुनेछन् । यो क्षेत्रमा यस्तो भूमिका अरू कसैले खेल्न नसक्ने र तुलना नै हुन नसक्ने उत्तरदाता मतदाताहरूको ठम्याई छ ।

२०७४ सालको निर्वाचनमा बिजयी भएपछि पौडेलले आफ्नै पहलमा रूपन्देहीमा ठूला विकासे आयोजनाका निम्ति अरबौं बजेट छुट्टयाए । २०७७ सालमा छोटो समय अर्थमन्त्रालयको नेतृत्व सम्हाल्दा उनले रूपन्देहीका लागि मात्रै करिब ११ अर्ब बजेट पारेका थिए । त्यसैले पनि रूपन्देहीमा सञ्चालनमा आएका, निर्माणाधीन थुप्रै ठूला आयोजनाहरूको जस पौडेललाई जाने गर्छ ।
शान्ति प्रकृयादेखि ठूला राजनैतिक परिवर्तनहरूमा शक्तिशाली भूमिका खेलेका पौडेल जहिले पनि राष्ट्रिय राजनीतिको प्रभावशाली भूमिकामा रहने गरेका छन् । आगामी दिनमा सरकार र पार्टीको नेतृत्व लिन सक्ने सम्भावना बोकेको भएकाले पनि मतदाताहरू अरूसँग उनको तुलना हुन नसक्ने तर्क गर्दछन् । मतदाताहरूको तर्क छ ‘उनी मतदाताबीच परिचित छन् । हरेकसँग आत्मीय ब्यवहार गर्छन् । हरेकका कुरा सुन्छन् । समन्वयकारी छन् । विपक्षीका कुरा पनि उत्तिकै ध्यानपूर्वक सुन्छन । कसैको बिरोधमा समय खर्चिदैनन् ।’ बिकासका लागि पहुँच नभएकाहरूलाई मत खेर फाल्नुको साटो पौडेललाई नै रोज्ने मतदाताहरूको मनोबिज्ञानले यसपटक ठूलो मतान्तर हुने संकेत गर्दछ ।

गठबन्धनले समर्थन गरेका उम्मेद्वारलाई राम्ररी नचिन्ने उत्तरदाता मतदाताहरूको संख्या ठूलो छ । नेपाली कांग्रेस र माओबादी केन्द्रका आफ्नै उम्मेदवार छैनन् । यतिसम्म कि राष्ट्रिय मान्यता प्राप्त कुनै पनि दलका उम्मेद्वार छैनन । ती मतदाताहरूका तर्कमा खास बिकासका एजेण्डा बोक्ने र तिनलाई कार्यन्वयन गर्ने पहुँचका उम्मेदवार पनि छैनन् ।

२०७४ सालको प्रतिनिधि सभा चुनावमा झण्डै २२ हजारभन्दा धेरै मतले हारजीत भएको यो क्षेत्रमा यसपटक असामान्य मतान्तर हुने स्थानीयको आँकलन छ । बुटवल उपमहानगरपालिकाका १३ वडा, तिलोत्तमा नगरपालिकाका ६ वडा र सैनामैना नगरपालिकाका ४ वडा समावेश यो क्षेत्रमा त्यति बेला पौडेलले नेपाली कांग्रेसका उम्मेदवार युवराज गिरीलाई २२ हजार ५ सय ८४ मतले हराएका थिए ।

मतदाताहरूको मतको ट्रेण्ड बुझ्न हामीले बुटवल उपमहानगरपालिकाका वडा नम्बर १ देखि १३ सम्म, तिलोत्तमा नगरपालिकाका १ देखि ६ नम्बर वडा र सैनामैना नगरपालिकाका वडा नं. १, २, ३ र ४ वडाका ६७८ जना मतदातालाई भेटेका थियौं । २३ वटा वडामा रहेका ३३९ टोल विकास संस्थामा पुगेर हामीले प्रत्येक टोल विकास संस्थाका २÷२ जनासँग कुराकानी गरेका थियौं । अघिल्लोचोटी काँग्रेस उम्मेदवार गिरीलाई भोट हालेका धेरै मतदाताले हामीसँगको कुराकानीमा अहिलेसम्म कसलाई भोट हाल्ने भन्ने निर्णय गरिनसकेको बताए । पाँच वर्षअघिका उनका कतिपय मतदाताले यसपालि पौडेललाई मत दिने बताए भने कतिपयले स्वतन्त्र पार्टीलगायत अन्य उम्मेदवारहरूलाई मत दिने मन बनाएको बताए ।

कति ल्याउलान् पौडेलले भोट  ?

रूपन्देही–२ मा कुल मतदाता एक लाख २८ हजार ६७७ छन् । जसमा ७० प्रतिशत मात्रै मत खस्यो भने पनि ९० हजार ७३ मत खस्ने छ । हामीले कुराकानी गरेका मतदातामध्ये झण्डै ७० प्रतिशतले पौडेललाई मत दिने बताए । यसलाई समग्रमा विश्लेषण गर्ने हो भने कुल खस्नसक्ने ९० हजार ७३ मतको ७० प्रतिशत हिसाब निकाल्दा झण्डै ६३ हजार ५१ मत पौडेललाई जाने देखिन्छ ।

हामीले भेटेका मतदातामध्ये अघिल्लोचोटिको चुनावमा काँग्रेस उम्मेदवारलाई मत दिने २२९ जना थिए ।
अघिल्लो पटक युवराज गिरीलाई मत दिएका २२९ मध्ये २१ जनाले मात्र यसपालि गठबन्धनका उम्मेदवार थापालाई मत दिने बताए । यसको अर्थ काँग्रेसले अघिल्लो पटक पाएको २० प्रतिशत मत मात्रै गठबन्धनले अहिलेसम्म पक्का गर्ने अनुमान गर्न सकिन्छ ।

पाँच वर्षको दौरानमा पौडेलले विकासका लागि लिएको पहलकदमी, अर्बाैं बजेट बिनियोजन र गठबन्धनको कमजोर उम्मेदवार पौडेलका लागि सुखद परिणाम प्रमाणित हुने आधार देखिन्छ ।

गठबन्धनको नालीबेली

निर्वाचनमा मनोनयन दर्ता गर्दा सत्ता गठबन्धनका तर्फबाट नेकपा एसका राजु गुरुङ उम्मेदवार भए । तर उनी बैकिङ कसुरमा मुछिएपछि उम्मेदवारी खारेज हुन पुग्यो । जसका कारण केही समय कसलाई समर्थन गर्ने भन्नेमा गठबन्धन अलमलियो । तर अन्तिममा उसले जनमुक्ति पार्टीलाई समर्थनको निर्णय लियो । जुन गठबन्धनमा आवद्ध दलहरूकै लागि पनि प्रत्युत्पादक बन्यो ।

काँग्रेसले सुरुमै आफ्नो उम्मेदवार नहुँदा कार्यकर्ता पंक्तिबाट आलोचना खेप्यो । स्वयं काँग्रेस नेता युवराज गिरीले आफूलाई प्रतिनिधिसभाका उम्मेदवार बनाएर गुरुङलाई प्रदेशसभामा उठ्न गरेको आग्रह पार्टीले नसुनेको कांग्रेस नेता कार्यकर्ताहरू बताउँछन् ।

गुरुङको उम्मेदवारी खारेज भैसकेपछि काँग्रेसले जनमुक्तिका उम्मेदवारलाई समर्थन गर्ने निर्णय ग¥यो । यसले काँग्रेसभित्रको असन्तुष्टी झन चुलियो । जनमुक्तिका उम्मेदवार लोकप्रिय नभएको, दलीय हैसियतमा कमजोर रहेको, बिगतमा जातीय नारा बोकेको जस्ता कारणले अधिकांश काँग्रेस समर्थक जनमुक्तिका थापालाई मत नदिने भेटेका उत्तरदाताले बताए । जातीय नाराप्रति काँग्रेसभित्रको ठूलो पंक्ति रुष्ट छ भने माओवादी पृष्ठभूमिका व्यक्तिहरू समेत पछिल्लो समय जातीय नाराले देश बिगारेको निष्कर्षमा पुगेका छन् ।

झन् पहुँचमा पुग्दै पौडेल

मंसिर ४ को निर्वाचनपछि एमालेको सरकार बनेमा उक्त सरकारको मन्त्रीमण्डलमा महत्वपूर्ण मन्त्रालयको नेतृत्व गर्नसक्ने मध्येमा एक हुन् एमाले उपाध्यक्ष पौडेल । एमालेले निर्वाचनबाट अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बन्ने घोषणा गरेको छ । पौडेलले निर्वाचनमा जितेपछि रूपन्देहीमा सम्पन्न ठूला आयोजनाहरूको कुशल संरक्षण र सञ्चालन, सुरू गरेका कतिपय ठूला आयोजनाहरूलाई पूर्णता र नयाँ आयोजनाहरूको शुरुवात गर्ने घोषणापत्रमा प्रतिवद्धता जनाएका छन् ।
पाँच वर्षअघि पनि बुटवल टुडेको टिम स्थानीय तहको निर्वाचनमा बुटवल उपमहानगरपालिकाको सम्भावित परिणाम आँकलन गर्न बुटवलका १९ वटा वडामा पुगेको थियो । त्यति बेला हामीले सार्वजनिक गरेको प्रक्षेपण ठ्याक्कै मिलेको थियो ।

के होला प्रदेश सभामा  ?

यो क्षेत्रको प्रदेश सभा निर्वाचन पनि चाखलाग्दो हुनेछ । गठबन्धनमध्ये ठूला दल काँग्रेस र माओबादीले प्रदेश सभाका सबै पदमा उम्मेदवार उठाएको छैन । एमालेबाट अलग्गिएको नेकपा एसको त उम्मेद्वारी समेत छैन ।
प्रदेश सभाका दुबै सिटमा आफ्ना दुबै उम्मेद्वार बलिया रहेको एमालेको दाबी छ । रूपन्देही निर्वाचन क्षेत्र नं. २ (क) को प्रदेश सभामा एमालेका लिला गिरी र काँग्रेसका दीर्घबहादुर केसीबीच प्रतिष्पर्धा हुने मतदाताहरूले संकेत गरेका छन् । कुमारलाई सुरुमा काँग्रेसकै एक समूहले असहयोग गर्ने चेतावनी दिएपनि पछिल्ला दिनहरूमा केसीले पार्टीभित्र सम्बन्ध सुधार गरेका सूचना सार्वजनिक भइरहेका छन् । शालिन र स्वच्छ छबि भएका गिरीले प्रदेश सभामा सभासद र प्रदेश सरकारमा मन्त्री रहँदा आफूले गरेका राम्रा कामहरू मतदाताहरू समक्ष राम्ररी बुझाउन नसकेको टिप्पणी हुँदै आएको छ ।

प्रदेश सभा २ मा एमालेका भोज प्रसाद श्रेष्ठ सुरक्षित रहेको मतदाताहरूको ठम्याई छ । नगरप्रमुख हुँदा आधुनिक बुटवलको बिकासमा उल्लेख्य भूमिका खेलेका र कोरोनाकालको कठिन समयमा प्रदेश स्वास्थ्यमन्त्री बनेर छोटो समयमा धेरै काम गरेका श्रेष्ठलाई धेरै मतदाताले मनमा लिएको उनीहरूको भनाईबाट बुझ्न सकिन्छ । बुटवलबाट राजधानी सार्ने निर्णय हुँदा श्रेष्ठले प्रदेश सभा बैठकभर उभिएर बिरोध जनाएका थिए । यो क्षेत्रमा गठबन्धनका तर्फबाट माओबादी केन्द्रका बामदेब क्षेत्री उम्मेद्वार छन् । क्षेत्रीले गठबन्धनको सर्लक्क भोट आउने र आफूले जित्ने दाबी गरेपनि माओबादीकै कयौं नेताहरू पार्टीको भोट सुरक्षित गर्न मात्र उनलाई उठाएको सार्वजनिक टिप्पणी गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?