Logo
११ मंसिर २०७९, आईतवार
Logo
टुडे वार्ता

‘जनताले मलाई विकास गर्ने नेताको रुपमा चिनेका छन्’


वृजेश कुमार गुप्ता कपिलवस्तु क्षेत्र नम्बर २ बाट नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार छन् । मंसिर ४ गते हुने निर्वाचनका लागि आक्रामक ढंगले प्रचार कार्यक्रमलाई अगाडि बढाएका गुप्ता कपिलवस्तुको विकासका लागि एमालेले जित्नैपर्ने बताउँछन् । बिगतमा पनि केही राम्रा कामहरु अगाडि बढाएको र आगामी दिनमा पहिलेका कामलाई निरन्तरता दिन र नयाँ काम अगाडि बढाउनका लागि आफूले विजयी हासिल गर्नु जरुरी रहेको उनको तर्क छ । प्रस्तुत छः निर्वाचनकै सेरोफेरोमा केन्द्रित रहेर एमाले उम्मेदवार गुप्तासँग गरिएको कुराकानीको सारसंक्षेप

तपाईंले सांसद भएर पछिल्लो पाँच वर्षमा के गर्नुभयो, जसका कारण दोहोरिन चाहनुहुन्छ ?

मैले ५ वर्षमा कपिलवस्तुको आफ्नो क्षेत्रमा विकास गरेको छु । पहिलो एजेण्डा भनेकै मैले विकास गरेको छु, त्यसैले म दोहोरिनु पर्छ भन्ने मेरो मान्यता हो । आम नागरिकले पनि म दोहोरिए विकास हुन्छ भन्नेमा विश्वास गर्नु भएको छ । दोस्रो कुरा अहिले राष्ट्रले चाहेको एउटा ईमान्दार नेता हो । नेता प्रति जनतामा धेरै निराशा आएको छ, जनतामा । तर, हाम्रो क्षेत्रको जनतामा एउटा आशा छ कि वहाँ एउटा ईमान्दार व्यक्ति हुनुहुन्छ, आफ्नो कार्य प्रति ईमान्दार हुनुहुन्छ । त्यसले गर्दा दोहोरिनेमा मेरो विश्वास हो । तेस्रो कुरा म नेतृत्वमा हुनु अघि यो क्षेत्रले जुन विकासमा गति लिएको थिएन, अहिले आएर जुन गति लिएको छ त्यसले गर्दा जनताले मलाई विश्वास गरेर दोहोर्याउने छन् ।

के एजेण्डा लिएर मतदाता कहाँ पुग्दै हुनुहुन्छ ?

अहिलेको मुख्य एजेण्डा भनेको नै किसान हो । हामी ८० प्रतिशत भन्दा धेरै किसानहरु छौं । ती किसानलाई सुलभ तरिकाले आर्थिकरुपले समृद्ध कसरी बनाउन सकिन्छ । किसानको समृद्धि भएन भने देशको विकास हुन सक्दैन । हाम्रो नारा नै छ सुखी नेपाली, समृद्ध नेपाल भन्ने नारालाई साकार पार्ने गरी हामी अगाडि बढेका छौं । दोस्रो कुरा हाम्रो युवा बेरोजगार छन् । तिनीहरुलाई स्वदेशमा नै रोजगारी कसरी दिन सकिन्छ यसको बारेमा पनि हामी आउँदो दिनमा अगाडि बढ्ने छौं । तेस्रो भनेको कपिलवस्तु जिल्ला गौतम बुद्धको क्रिडास्थल भए पनि आज सम्म पछाडी परेको थियो, बिगतका दिनमा हामीले बिश्वसम्पदामा राख्ने पहल गरिराखेका छौ र मलाई लाग्छ आउँदा दिनमा त्यो सफल हुन्छ । त्यसले गर्दा यो क्षेत्रको अरु पनि विकास हुन्छ भन्ने बिश्वास छ ।

यो चुनावमा तपाईलाई विश्वास गर्नुपर्ने कारण के ?

कारण भनेको बिगतको मेरो कार्यशैली हो । म निर्वाचित भए पछिको मेरो कार्यशैलीले जनतामा आशा र भरोसाको केन्द्र बनेको छु । त्यसैले मलाई के लाग्छ भने वहाँहरुले मलाई पत्याई सक्नु भएको छ । मैले अघि पनि भने बिगतका नेताले यो क्षेत्रलाई हेर्नु भएन, जिल्लालाई हेर्नु भएन । वहाँहरुले मात्रै काठमाण्डौमा बसेर राजनीति गर्नु भयो । तर हामी जनताको माझमा हुन्छौ, जहिले पनि जनताको सुखदुःखमा हुन्छौ । त्यसले गर्दा मलाई लाग्छ वहाँहरुले बिश्वास गर्नु हुन्छ । वहाँहरुले पत्याई सक्नु भएको छ, वहाँ निर्वाचित भए हाम्रो विकास हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?